औद्योगिक क्षेत्रका समस्याले उद्योगी चिन्तित, ७ सय प्रतिशत भाडा वृद्धिले समस्यामा उद्योग

<p>काठमाडौं । देशभर सञ्चालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी) बीच छलफल भएको छ । औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरिरहेका जमिनको अप्रत्याशित भाडा वृद्धि, विद्युत डिमान्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र बृहद् औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।  औद्योगिक [&hellip;]</p>

काठमाडौं । देशभर सञ्चालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी) बीच छलफल भएको छ । औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरिरहेका जमिनको अप्रत्याशित भाडा वृद्धि, विद्युत डिमान्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र बृहद् औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको गत असार २२ को निर्णयबाट ४ वर्ष अघिदेखि लागू गर्ने भनी ७ सय प्रतिशत भाडा वृद्धि गरि बिल औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि समस्यामा परेको महासंघले बताएको छ । लिमिटेड अन्तर्गतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालाहरूको परामर्श बिना नै भाडा वृद्धि गरि पत्र पठाएको फिनीले बतायो । 

त्यस्तै, पछिल्लो परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा रहेका उद्योगहरूलाई आपसी सहमतिबाट भाडा वृद्धि गर्नुपर्नेमा एकतर्फी भाडा वृद्धिले प्रतिकुल असर पर्ने उद्योगीहरूले बताएका छन् । उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएकोमा उद्योगीहरूले चिन्ता व्यक्त गरे । 

त्यसैगरी औद्योगिक क्षेत्र भित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमान्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनर्निर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएको गुनासा फिनीले राखेको थियो । 

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका मुद्दाहरू जायज रहेको बताए । सङ्कटमा परेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिने वातावरण हुनुपर्नेमा उल्टै हतोत्साहित बनाएको प्रति अध्यक्ष गोल्छाले चिन्ता व्यक्त गरे । भाडा वृद्धिको निर्णय समेत गलत रहेको बताउँदै उनले जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्ति नै सही नभएको बताए । 

जायज माग पुरा गराउन एफएनसीसीआईको साथ रहने बताएका उनले आन्तरिक तयारी गरेर बृहद् औद्योगिक सम्मेलन आयोजना गर्ने बताए । 

Share News