नेपालमा टाटा नेक्सन ईभीको एक वर्ष पुरा, हरेक ग्राहकको घरमा चार्जर जडान गर्ने तयारी
काठमाडाैं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ गरेकाे एक वर्ष पुरा गरेकाे छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले गरेकाे हाे । एक वर्षको छोटो अवधिमै देशकाे विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको कम्पनीकाे दावी छ । आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता, द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु यस इभीकाे विशेषता हाे । यस गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप ‘इजी एप’ मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढीले गरिरहेका छन् । दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ । यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।
५६४ जनामा देखियो कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमित ४ हजार नाघे
काठमाडौं। नेपालमा कोरोना थप ५ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनाको परिक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा २०२ जना सङ्क्रमणमुक्त भने भएका छन् । देशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७६ पुगेको छ । यहि अवधिमा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
जनरल इन्स्योरेन्सका बीमितले लुम्बिनी हस्पिटलमा शुल्क तिर्नु नपर्ने
काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटलकाे तर्फबाट भिम प्रसाद तुलाचनले उक्त सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।
नबिल उद्यमशिलताको लागि आवेदन खुल्ला, व्यवसाय संचालन गर्न ६ महिना तालिम दिइने
काठमाडौं । ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । बैंकले याे कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा संचालन गरेकाे हाे । कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायतका क्षेत्रमा नविनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरुले यसमा आवेदन दिन सक्नेछन् । सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै, हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि बैंकले सहयोग गर्नेछ । आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो । सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । बैंकले यसकाे लागि अन्तिम आवेदन भदौ २० सम्म दिन सकिने जनाएकाे छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले साधारण सेयर (आईपीओ) सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक प्रभु क्यापिटल र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा ओम मेगाश्री फर्मास्यूटिकल्सको तर्फबाट अध्यक्ष अर्जुन कुमार श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् । गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा ईयू फर्मा टेक्निकलको सपोर्ट रहेको कम्पनीको औषधि उत्पादन गरिरहेको छ । कम्पनीले भरतपुर २९, चितवनमा रहेको युरोपियन गुड म्यानुफ्याक्चरिङ्ग प्र्याक्टिस स्ट्याण्डर्ड अनुसार औषधी उत्पादन गरिरहेको छ । कम्पनीले नेपाल सरकार औषधी व्यवस्था विभागमा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती पाइसकेको छ । बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको कम्पनीले जनाएको छ । साथै फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको हो । यस कम्पनीले आईपीओ निष्काशन गरेपश्चात् अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।
नेपाल बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा शुल्क नलाग्ने
काठमाडौं । नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक डाटा शुल्क नलाग्ने भएको छ । मंगलबार बैंक र एनसेल एक्सीयाटाबीच सम्झौता भएसँगै बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग प्रयोग गर्दा डाटा शुल्क नलाग्ने भएको हो । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुशार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ । नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुविधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन । डिजिटल बैकिङ्गलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । नेपाल बैंकले नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।
बिन्ध्यबासिनी हाइड्रोको आईपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ) सूचीकृच भएको छ । बुधबार नेप्सेमा कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ लाख कित्ता सेयर गरी १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता न्युनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ २ पैसासम्म ओपनिङ्ग रेन्ज निर्धारण गरेको छ । सोही आधारमा कम्पनीको सेयर कारोबार बिहीबारदेखि दोस्रो बजारमा हुनेछ । कम्पनीको शेयरलाई नेप्सले बीएचडीसी (द्यज्म्ऋ) कारोबार संकेत प्रदान गरेको छ ।
एसईईको नतिजा सार्वजनिक, ९ हजार ६३३ जनाले ल्याए ४ जीपीए
फाइल फाेटाे काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार दिउँसो बसेको बेठकले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । यस वर्षकाे परीक्षामा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएकोमा नौ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीएसम्म ल्याएका छन् । परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार यस वर्षकाेे परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको थिए । एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ । एसईईको रिजल्ट तीन माध्यमबाट हेर्न सकिने नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो । एसईईको रिजल्ट तीन माध्यमबाट हेर्न सकिने