शनिबारसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । ‘प्रदेश न १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, उनले भनिन् । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान को आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव पाँच डग्री र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस
उद्योग संगठन मोरङले स्टार्टअप व्यवसायको लागि खोल्यो आवेदन, एक वर्ष तालिम दिने
काठमाडौं । उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत पहिलो व्याचलाई बिदाइ गरी दोस्रो ब्याचको लागि आवेदन खुलाएको छ । संगठनले दोस्रो ब्याचको लागि पनि २० वटा स्टार्टअपकाे लागि आवेदन खुलाएको हाे । यस कार्यक्रम अन्तर्गत संगठनले नविन व्यवसायिक सोच विचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवा र वित्तिय एवं अन्य लगानीको पहुँचका लागि सहजिकरण तथा समन्वय गर्दछ । संगठनले यस कार्यक्रमको पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्क रुपमा आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना गरेको थियो । संगठनको अनुसार १२ महिना अवधी रहने दोश्रो चरणको कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका ९२ वर्ष अघिदेखि सञ्चालनमा रहेका) शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन । भदौ १० गतेसम्म इच्छुकले यसमा आवेदन दिन सक्ने संगठनले जानकारी दिएको छ । कार्यक्रम कार्यान्वयनका लागि संगठनले प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रा।ली, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसंगको सहकार्य गरेको छ ।
चलायमान हुन थाल्यो होटल व्यवसाय, एक वर्षमा ४६ अर्बको लगानी, साढे १९ अर्ब विदेशीको
काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना महामारीको कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो पर्यटन । पर्यटनमा पनि होटल व्यवसाय ठप्प प्राय: नै थियो । कोरोनाकै कारण लामो समय देशमा लकडाउन भयो । होटलका बन्द नै रहे । ग्राहकहरु आउन छाेडेपछि होटलका कामदारहरू कामविहिन भए । परिणाम स्वरूप हजारौंले रोजगारी पनि गुमाए । विश्वभर नै यस्तै हाल भएपछि पर्यटन व्यवसायीले पनि चित्त बुझाए । एकदिन अवश्य यो संकट टारिन्छ भन्ने मनोवलका साथ उनीहरु अडिग रहे । उनीहरू धर्मराएनन् । फलस्वरूप अहिले कोरोनाको संकट कम भएपछि पुनः होटल व्यवसाय चलायमान हुन थालेको छ । होटलमा ग्राहकको आगमन पनि बढ्दै गएकाे व्यवसायीहरू बताउँछन् । ताल्चा लागेका रेस्टुराँ अहिले खुल्न थालेका छन् । काठमाडौंमा पनि मानिसहरुको आवागमन बढेर ट्राफिक जाम पनि बढ्न थालेकाे छ। विदेशी पर्यटकहरू आउने क्रम पनि बढ्दाे । पर्यटकसँगै विदेशी लगानी पनि होटल व्यवसायमा बढ्न थालेकाे तथ्यांकले देखाउँछ । नेपाली लगानीकर्ताहरुले पनि होटल क्षेत्रमा लगानी बढाउन थालेका छन् । उद्योग विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार होटलमा लगानी थपिन थालेको हो । एक वर्षको अवधिमा होटल क्षेत्रमा मात्रै स्वदेशी तथा विदेशी लगानी गरी ४६ अर्ब बढी लगानीको प्रतिवद्धता आएको छ । १८२ होटलका लागि ४६ अर्ब ११ करोेड ६४ लाख ७६ हजार रूपैयाँ बढीको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । एक वर्षको अवधिमा विभागमा विदेशी लगानीको होटलको संख्या धेरै भएतापनि स्वदेशी लगानीका होटलमा धेरै लगानी रहने उल्लेख गरिएको छ । ५८ वटा स्वदेशी लगानीमा २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार रुपैयाँ लगानी रहने गरी होटलमा लगानी थपिएको हो । विदेशी लगानीमा १२४ वटा होटलमा लगानी प्रतिवद्धता आएतापनि लगानी रकम भने स्वदेशी नै धेरै रहेको पाइएको छ । गत आर्थिक वर्षमात्रै विदेशी लगानीका १२४ होटलमा १९ अर्ब ६० करोड १५ लाख रुपैयाँ बराबर लगानी प्रतिवद्धता आएको हो । पर्यटन व्यवसायी पछिल्लो समय होटलमा लगानी बढेसँगै कोरोनाले थपिएको पर्यटन क्षेत्रमा आशा थपिएको बताउँछन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण तीन वर्षदेखि नेपालको पर्यटन क्षेत्र सुस्त बनेको थियो । कोरोना महामारी कम भएसँगै नेपाल भित्रने विदेशी पर्यटकको संख्यासँगै होटलमा लगानी थपिँदा आशा थपिएको होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव साजन शाक्य बताउँछन् । उनले कोरोना महामारीमा कमी आएसँगै होटल क्षेत्र चलायमान हुन थालेको बताए । ‘कोरोना महामारी कम भएसँगै नेपालको पर्यटन क्षेत्रले पुरानौ स्वरुप लिनेमा हामी आशावादी छौँ, पर्यटकको संख्या थपिएसँगै लगानी बढ्नु स्वभाविक हो’, उनले भने, ‘अहिले हामीले दैनिक १ लाखभन्दा बढी पर्यटक राख्नसक्ने गरी पूर्वाधार तयार बनाइसकेका छौँ, कोरोना महामारीपछि होटलमा लगानी थपिएका छन्, लगानी थपिएपनि संरचना तयार हुन समय लाग्छ ।’ उनले होटलमा लगानी थपिनु पर्यटक क्षेत्रका लागि ठूलो उपलब्धी भएको भन्दै पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्कने बताए । उनले होटलमा लगानीसँगै भैरहवामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र पोखरामा समेत सञ्चालनको क्रममा रहेको भन्दै हवाई मागबाट नेपाल आउने विदेशी पर्यटकलाई सहज हुने अपेक्षा व्यक्त गरे ।
एकैदिन तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । बिहीबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार उक्त सुनको तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनलामा तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँबाट बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ । महासंघको अनुसार चाँदीको मूल्य बढेर तोलाको १ हजार १८५ रुपैयाँ भएको छ ।
अधिकांश वाणिज्य बैंकको ईपीएस बढ्यो, कुनको कति ? (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्षमा अधिकांश वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । १२ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार अधिकांश बैंकको ईपीएस बढेको पाइएको हो । आर्थिक वर्ष २०७७/७८ को तुलनामा १२ वटा बैंकमध्ये ९ वटाको ईपीएस बढेको छ भने ३ वटाको घटेको छ । समीक्षा अवधिमा सानिमा, सिटिजन्स र लक्ष्मी बैंक बाहेक अन्य बैंकहरुको ईपीएस बढेको छ । ईपीएस बढाउने बैंकहरुमा एनआईसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, सनराइज, माछापुच्छ्रे, प्रभु र एनसीसी रहेका छन् । यी मध्ये सबैभन्दा बढी इपीएस एनआईसी एशिया बैंकको छ । अघिल्लो आर्थिक वर्षमा २८.१८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा ३९.१३ रुपैयाँ पुगेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश खुवाएको छैन । त्यस्तै, बढी ईपीएस हुनेको दोश्रोमा एभरेष्ट रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.९१ रुपैयाँबाट बढेर २७.०१ रुपैयाँ पुगेको छ । त्यसैगरी, २० रुपैयाँभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, सनराइज, माछापुच्छ्रे र सानिमा बैंक रहेको छ । प्रभुको १९.५२, एनसीसीको १८.१५, सिटिजन्सको १५.८५ र लक्ष्मीको प्रतिसेयर आम्दानी १३.८८ रुपैयाँ रहेको छ । कुन बैंकको कति ? के हो ईपीएस ? प्रतिसेयर आम्दानी (ईपीएस) लगानीकर्तालाई प्रतिफल दिने आधार हो । लगानीकर्ताले कम्पनीको ईपीएसकै आधारमा पनि लगानी गर्ने गरेका छन् । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल नै प्रति सेयर आम्दानी हो । प्रति सेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पूँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय विवरणमा राख्छ । कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ भन्ने आधारमा लगानी गर्ने अभ्यास छ । तर, ईपीएस नै लगानीका लागि सबैथोक हुन सक्दैन । कतिपय थोरै ईपीएस भएका कम्पनीको सेयर मूल्य धेरै पनि छ ।
एभरेष्ट बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, निष्कृय कर्जा ०.२४ प्रतिशतमा सीमित
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४३.८४ प्रतिशत बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको असार मसान्तसम्मको विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको हो । जुन आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७७ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ५४ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी पनि ३ अर्ब ९५ करोडबाट बढेर ५ अर्ब ४२ करोड रुपैयाँ नाघेको छ । नाफाबढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १९.९१ रुपैयाँ रहेको यस्तो आम्दानी गत वर्ष २७.०१ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन ७.५ प्रतिशतले वृद्धि गरी १ खर्ब ७२ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा लगानी १४.१७ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सीडी रेसियो ८६.०४ प्रतिशित रहेको छ भने निष्कृय कर्जा ०.२४ प्रतिशत रहेको छ ।
साढे २ अर्बमा निर्माण भइरहेको तल्लो एर्खुवा खोला जलविद्युत आयोजना द्रुत गतिमा, आईपीओ निकाल्दै
काठमाडौं । भोजपुरमा निर्माणाधीन तल्लो एर्खुवा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम सकिएको छ । निर्माणाधीन १४.१५ मेगावाटको जलविद्युत क्षमताको उक्त जलविद्युत् आयोजनाको काम तीव्र गति भइरहेको हो । पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको जलविद्युत् आयोजनाका प्रबन्धक निर्देशक विशेश्वर सुवेदीले बताए । सो आयोजनाको काम नेशनल हाइड्रो पावर कम्पनीले गर्दै आएको छ । परियोजनाका प्रबन्धक निर्देशक सुवेदीका अनुसार डेढ वर्ष भित्रीमा उक्त जलविद्युत आयोजना काम सम्पन्न गर्ने लक्ष्य तयारी कम्पनीको छ । निर्माण कम्पनीले सो आयोजनाको काम २०७७ सालदेखि सुरु गरेको थियो । तर, निर्माण सुरु गरेको ५ वर्ष अगाडि नै कम्पनीले लाइसेन लिएको थियो । आयोजनाको सम्पूर्ण संरचनाहरू षडानन्द नगरपालिका वडा नं. १ मा बन्नेछन् । ‘आयोजनाको काम अहिले पनि भइरहेको छ, परियोजनाको काम तोकिएको समय सीमाभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने हुन्छ, कम्पनीले पनि द्रुत गतिमा काम गरिएको छ, अहिलेका खर्च अनुसार उपलब्धि पनि राम्रो नै देखिन्छ,’ उनले भने । हाल आयोजनाको ड्याम, हेडवर्कक्स, इन्टेक, पावर हाउस, ड्याम लगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ । सो परियोजनाको कुल लागत २ अर्ब ४८ करोड रुपैयाँ अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाट १७३६ करोड ऋण र ७४ करोड ४० लाख इक्विटीबाट ७० प्रतिशत खर्च हुने अनुमान गरिएको छ । ‘अहिले बर्खाको समय छ, हाइड्रोपावर चाहिने समाग्री तथा उपकरणहरू सडक खराब भएको कारण बिराटनगरमा आएर बसेको छ, अहिले अरथिङ गरेर पावर हाउसको बनाउने काम सुरु भएको छ,’ उनले भने । उक्त जलविद्युत आयोजना निर्माणको लागि २४ सय मिटर सुरुमको निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये १७ सय मिटर सुरुमको निर्माण भइसकेको पनि सुवेदीले बताए । उनका अनुसार बाँकी ७ सय मिटर सुरुम हिउदोको समयमा खन्ने तयारी कम्पनीको छ । स्थानीयलाई १० प्रतिशत सेयर दिने तल्लो एर्खुवा जलविद्युत आयोजनाले प्राविधिक स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको पनि छ । कम्पनी जारी गरेको आईपीओ मध्ये १० प्रशित सेयर प्रभावित स्थानीयवासीलाई दिने प्रबन्धक निर्देशक सुवेदीले जानकारी दिए । ‘अहिले हामीले ८० करोड रुपैयाँको क्यापिटल बनाएका छौं, यसलाई १ अर्ब रुपैयाँको बनाएर आईपीओ जारी गर्छौं, २० प्रतिशत शेयर पब्लिकको हुन्छ भने १० प्रतिशत सेयर प्रभावित क्षेत्रको लागि हुन्छ,’ उनले भने । लामो समयसम्म नेपाल धितोपत्र बोर्डका अध्यक्ष नहुँदा आईपीओको विषय रोकिएको भएपनि अब तयारी भइरहेको उनको भनाइ छ ।‘पदाधिकारीहरु नभएका कारण बोर्डले स्वीकृत गर्न ठिला भयो, अब पदाधिकारीहरु पनि नियुक्ति भएरआइ सकेको अवस्थामा हामीले पनि आईपीआ जारी गर्ने तयारीमा जुटेका छौं,’ उनले भने । कम्पनीले १ अर्बको क्यापिटल बनाएरमात्र आईपीआ जारी गर्ने छ । यसका प्रभावित भोजपुर जिल्लाका सम्पुर्णबासीहरु आयोजना बन्ने छन् ।
टीभीएसको नयाँ शोरूम नमो बुद्धमा
काठमाडौं । नेपालमा टिभिएस व्हिलर्सको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नमो बुद्धस्थित भकुन्डेबेसीमा नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले ‘नमो बुद्ध अटो पार्ट्स’ नयाँ शोरुम उक्त स्थानमा खोलेको हो । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र त्ख्क्का प्रतिनिधिहरु बीच भकुन्डेबेसीमा नयाँ शोरुम सुरु गरेको जनाएको छ । जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।