काठमाडौं । भोजपुरमा निर्माणाधीन तल्लो एर्खुवा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम सकिएको छ । निर्माणाधीन १४.१५ मेगावाटको जलविद्युत क्षमताको उक्त जलविद्युत् आयोजनाको काम तीव्र गति भइरहेको हो ।
पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको जलविद्युत् आयोजनाका प्रबन्धक निर्देशक विशेश्वर सुवेदीले बताए । सो आयोजनाको काम नेशनल हाइड्रो पावर कम्पनीले गर्दै आएको छ ।
परियोजनाका प्रबन्धक निर्देशक सुवेदीका अनुसार डेढ वर्ष भित्रीमा उक्त जलविद्युत आयोजना काम सम्पन्न गर्ने लक्ष्य तयारी कम्पनीको छ । निर्माण कम्पनीले सो आयोजनाको काम २०७७ सालदेखि सुरु गरेको थियो । तर, निर्माण सुरु गरेको ५ वर्ष अगाडि नै कम्पनीले लाइसेन लिएको थियो ।
आयोजनाको सम्पूर्ण संरचनाहरू षडानन्द नगरपालिका वडा नं. १ मा बन्नेछन् । ‘आयोजनाको काम अहिले पनि भइरहेको छ, परियोजनाको काम तोकिएको समय सीमाभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने हुन्छ, कम्पनीले पनि द्रुत गतिमा काम गरिएको छ, अहिलेका खर्च अनुसार उपलब्धि पनि राम्रो नै देखिन्छ,’ उनले भने ।
हाल आयोजनाको ड्याम, हेडवर्कक्स, इन्टेक, पावर हाउस, ड्याम लगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ । सो परियोजनाको कुल लागत २ अर्ब ४८ करोड रुपैयाँ अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाट १७३६ करोड ऋण र ७४ करोड ४० लाख इक्विटीबाट ७० प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
‘अहिले बर्खाको समय छ, हाइड्रोपावर चाहिने समाग्री तथा उपकरणहरू सडक खराब भएको कारण बिराटनगरमा आएर बसेको छ, अहिले अरथिङ गरेर पावर हाउसको बनाउने काम सुरु भएको छ,’ उनले भने ।
उक्त जलविद्युत आयोजना निर्माणको लागि २४ सय मिटर सुरुमको निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये १७ सय मिटर सुरुमको निर्माण भइसकेको पनि सुवेदीले बताए । उनका अनुसार बाँकी ७ सय मिटर सुरुम हिउदोको समयमा खन्ने तयारी कम्पनीको छ ।
स्थानीयलाई १० प्रतिशत सेयर दिने
तल्लो एर्खुवा जलविद्युत आयोजनाले प्राविधिक स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको पनि छ । कम्पनी जारी गरेको आईपीओ मध्ये १० प्रशित सेयर प्रभावित स्थानीयवासीलाई दिने प्रबन्धक निर्देशक सुवेदीले जानकारी दिए ।
‘अहिले हामीले ८० करोड रुपैयाँको क्यापिटल बनाएका छौं, यसलाई १ अर्ब रुपैयाँको बनाएर आईपीओ जारी गर्छौं, २० प्रतिशत शेयर पब्लिकको हुन्छ भने १० प्रतिशत सेयर प्रभावित क्षेत्रको लागि हुन्छ,’ उनले भने ।
लामो समयसम्म नेपाल धितोपत्र बोर्डका अध्यक्ष नहुँदा आईपीओको विषय रोकिएको भएपनि अब तयारी भइरहेको उनको भनाइ छ ।‘पदाधिकारीहरु नभएका कारण बोर्डले स्वीकृत गर्न ठिला भयो, अब पदाधिकारीहरु पनि नियुक्ति भएरआइ सकेको अवस्थामा हामीले पनि आईपीआ जारी गर्ने तयारीमा जुटेका छौं,’ उनले भने ।
कम्पनीले १ अर्बको क्यापिटल बनाएरमात्र आईपीआ जारी गर्ने छ । यसका प्रभावित भोजपुर जिल्लाका सम्पुर्णबासीहरु आयोजना बन्ने छन् ।