एसबिआई बैंकले दियो भरपर्दो बैंकिङ्ग सेवा, पायो होलसेल बैंकिङ अवार्ड
काठमाडौं । नेपाल एसबिआई बैंकले होलसेल बैंकिङ अवार्ड २०२२ पाएको छ । सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्सले बैंकलाई उक्त अवार्ड अन्तर्गत ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेशन बैंक अफ द एयर’ तथा ‘नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द एयर’अवार्ड प्रदान गरेको हो । एसबिआई बैंकले उत्कृष्ट एवम् भरपर्दो बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरेको भन्दै उक्त फाइनान्सले सो अवार्ड प्रदान गरेको हो । सो फाइनान्सले यसअघि पनि उत्कृष्ट बैंकिङ्ग सेवा दिने बैंकहरुलाई अवार्ड मार्फत सम्मान गर्दै आएको थियो । हाल बैंकले ५१ जिल्लामा रहेका १२९ वटा आउटलेहरुमार्फत सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
सीईओहरूलाई समितिले भन्यो : नाफामा केन्द्रीत नहुनु, ‘फ्रड’ गर्नेलाई तत्काल कारवाही हुन्छ
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई नाफामा मात्र ध्यान नदिन निर्देशन दिएको छ । आइतबार जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई समितिमा बोलाएर आक्रामक बिजनेस गरेर नाफामा मात्र केन्द्रीत नभएर गुणस्तरीय सेवामा पनि प्राथमिकता दिन मौखिक निर्देशन दिएको हो । ‘पछिल्लो समय बीमा कम्पनीहरु बिजनेश बढाउने चक्करमा छन्, जसले अन्डरराइटिङ्ग, सरेन्डर लगायतका विषयहरु बढिरहेका छन्, यस्ता केशहरु न्यूनिकरण गर्न हामी सबैको उत्तरदायित्व हो, कम्पनीहरुले नाफामा मात्र केन्द्रित हुनुभन्दा गुणस्तिरीय सेवामा पनि फोकस गर्नुपर्छ,’ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई उदृत गर्दै एक जीवन बीमा कम्पनीका सीईओले विकासन्युजसँग भने । पछिल्लो समय बीमा क्षेत्रमा फ्रडहरु बढ्दै गएको जानकारी समितिले कम्पनीका सीईओहरुलाई गराएको थियो । शुक्रबार मात्रै एक बीमा कम्पनीले गरेको अण्डराइटिङमा ठूलो त्रुटी गरेको घटना बाहिरिसकेकोको उल्लेख गर्दै अबका दिनमा यस्तो हुन नदिन समेत बीमा समितिले आग्रह गरेको बताइएको छ । बारम्बार यस्ता खालका गल्तीहरु दोहोरिएमा समिति तत्काल एक्सनमा उत्रिने बताएको श्रोतको भनाइ छ । यससँगै, अब यस विषयमा जीवन बीमक संघले सबै इन्स्योरेन्सका सीईओहरुसँग थप छलफल गर्नेछ । र, मार्गनिर्देशन तयार पारेर अघि बढ्ने श्रोतले जनाएको छ । बीमा समितिले आइतबार ३ बजे सबै जीवन बीमा कम्पनीका सीईओहरुलाई छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा केही कम्पनीहरुका सीईओहरु मात्र उपस्थित थिए । अधिकांश कम्पनीका सीईओहरु उपत्यका बाहिर भएको र बीमा समितिले अचानक बोलाएको कारणले छलफलमा उपस्थित हुन नसकेको बुझिएको छ । सम्बन्धित सामाग्री अण्डरराइटिङमा एकपछि अर्को कमजोरी बाहिरिएपछि समितिले सबै सीईओलाई बोलायो
सयपत्री हाइड्रोको आईपीओमा १ अर्ब संकलन, कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओमा आइतबारसम्म १५.६९ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आइतबारसम्म ५ बजेसम्ममा ९ लाख १४ हजार ७७६ जना आवेदकले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लगानीकर्ताले १ करोड ५ लाख २३ हजार ४० कित्ता सेयर खरिदका लागि १ अर्ब ५ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ । कम्पनीको आईपीओमा छिटोमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हिमालयन र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति, कुनको कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) दुई बैंकलाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । बैंकले आइतबार हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति दिएसँगै अब दुबै बैंकले छिट्टै ऋणपत्र निष्काशन गर्नेछन् । हिमालयन बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न सेबोनबाट अनुमति पाएको हो । बैंकले ‘वार्षिक १०.५ प्रतिशत हिमालयन बैंक बन्ड २०८६’ ऋणपत्र निष्काशन गर्ने छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित मूल्यका दरले २५ लाख कित्ता इकाई ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । जसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि र बाँकी १५ लाख इकाई ऋणपत्र व्यक्तिगतका लागि छुट्याएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै, बैंक अफ काठमाण्डूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि बोर्डले अनुमति दिएको छ । बैंकले ‘वार्षिक १०.५ प्रतिशत बीओके डिबेञ्चर २०८६’ नामक ऋणपत्र निष्काशन गर्नेछ । बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित मूल्य दरका ११ लाख इकाई ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र ६ लाख ६० हजार कित्ता व्यक्तिगतका लागि छुट्याएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
जनार्दन शर्मालाई अर्थसचिव मरासिनीको ‘इग्नोर’, गरेनन् स्वागत
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई अर्थसचिव मधुकुमार मरासिनीले वेवास्ता गरेका छन् । नवनियुक्त अर्थमन्त्री शर्मालाई वेवास्त गर्दै स्वागत कार्यक्रममा उनी अनुपस्थित भएका हुन् । सचिव मरासिनी स्वागत कार्यक्रममा अनुपस्थित भएपछि राजश्व सचिव कृष्णहरि पुष्करले उनलाई स्वागत गरे । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई पुष्करले स्वागत गरेका हुन् । यसअघि पनि मरासिनीले शर्माले राजीनामा नदिएसम्म काममा नआउने भन्दै विदामा बसेका थिए । आज पनि उपस्थित नहुनुले अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीचको ‘इगो’ बढेको बुझ्न सकिन्छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, धितोपत्र बार्डका अध्यक्ष रमेशकुमार हमाल लगायत स्वागत कार्यक्रममा पुग्दा अर्थसचिव भने अनुपस्थित देखिएका हुन् । नव नियुक्त मन्त्रीलाई सोही मन्त्रालयको सचिवले स्वागत गर्ने अभ्यास छ ।
निक्षेप बीमाको सीमा ५ लाख पुर्याइने अर्थमन्त्रीको पहिलो निर्णय
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् । आइतबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन् । उनले आइतबार साँझ साढे ६ बजे अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री शर्माले अघि भने बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए ? कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागि पर्ने छौं बताए । राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यान्वयनका लागि आएको र मन्त्रालयले उनलाई सहयोग गर्ने बताए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थसचिव अनुपस्थित नवनियुक्त अर्थमन्त्री शर्मालाई अर्थसचिव मधुकुमार मरासिनीले भने वेवास्ता गरेका छन् । नवनियुक्त अर्थमन्त्री शर्मालाई वेवास्त गर्दै स्वागत कार्यक्रममा उनी अनुपस्थित भएका हुन् । सचिव मरासिनी स्वागत कार्यक्रममा अनुपस्थित भएपछि राजश्व सचिव कृष्णहरि पुष्करले उनलाई स्वागत गरे । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई पुष्करले स्वागत गरेका हुन् । यसअघि पनि मरासिनीले शर्माले राजीनामा नदिएसम्म काममा नआउने भन्दै विदामा बसेका थिए । आज पनि उपस्थित नहुनुले अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीचको ‘इगो’ बढेको बुझ्न सकिन्छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, धितोपत्र बार्डका अध्यक्ष रमेशकुमार हमाल लगायत स्वागत कार्यक्रममा पुग्दा अर्थसचिव भने अनुपस्थित देखिएका हुन् । नव नियुक्त मन्त्रीलाई सोही मन्त्रालयको सचिवले स्वागत गर्ने अभ्यास छ ।
बचतकर्ताको रकम फिर्ता नगर्ने गौतमश्री सहकारीका सञ्चालकको बैंक खाता रोक्का हुने
काठमाडौं । सहकारी विभागले काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहउद्देश्यीय सहकारी संस्थाका सञ्चाचलक तथा व्यवस्थापकको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई छ । सो सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता नगरेको भन्दै विभागमा उजुरी दिएको आधारमा विभागले बैंक खाता रोक्का लागि राष्ट्र बैंकलाई पत्र पठाएको हो । १०७५ जना पीडित बचतकर्ताहरुबाट प्राप्त उजुरी निवेदन अनुरुप उक्त संस्थाका सञ्चालक तथाव्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंक मार्फत् सबै बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध गरी पठाइएको उल्लेख गरिएको छ । कुलेश्वरमा रहेको केन्द्रीय कार्यालय रहेको सो सहकारीको विभिन्न स्थानमा रहेका सेवा केन्द्रहरु, डिपार्टमेन्टल स्टोर्स तथा गोदामहरुमा रहेका सम्पूर्ण चल, अचल सम्पत्ति यस विभागको अनुमति विना खोल्न, चलाउन र सरसामान बिक्री वितरण गर्न नपाउने गरी आवश्यक सुरक्षा प्रदान गर्न तथा शिलबन्दी लाहाछाप गरी सो को जानकारी सहकारी विभागमा पठाईदिन र संचालक एवं कर्मचारीहरुलाई बिभागमा उपस्थित गराइदिन पनि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्सालमा पत्र पठाएको विभागको भनाइ छ । पीडित बचतकर्ताहरुबाट प्राप्त उजुरी, निवेदनका आधारमा विभागले थप आवश्यक कारवाहीका लागि ३ दिनभित्र सम्बन्धित निकायमा सिफारिस गरी पठाइने विज्ञप्तिमा उल्लेख छ ।
युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन् । आईतबार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताएका हुन् । उनले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको जानकारी दिए । ‘सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको छ, त्यसपछि नेपाल कालोसूचीबाट हट्छ,’ उनले भने उनले भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गर्नका लागि नयाँ विमानहरुलाई आकर्षित गर्ने र सुविधाहरु दिइने बताए । त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरु बढाएर पूर्ण रुपमा सञ्चालन गरिने उनले जानकारी दिए ।