जनार्दन शर्मालाई अर्थसचिव मरासिनीको ‘इग्नोर’, गरेनन् स्वागत

<p>काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई अर्थसचिव मधुकुमार मरासिनीले वेवास्ता गरेका छन् । नवनियुक्त अर्थमन्त्री शर्मालाई वेवास्त गर्दै स्वागत कार्यक्रममा उनी अनुपस्थित भएका हुन् । सचिव मरासिनी स्वागत कार्यक्रममा अनुपस्थित भएपछि राजश्व सचिव कृष्णहरि पुष्करले उनलाई स्वागत गरे । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई पुष्करले स्वागत गरेका हुन् । यसअघि पनि मरासिनीले शर्माले [&hellip;]</p>

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई अर्थसचिव मधुकुमार मरासिनीले वेवास्ता गरेका छन् । नवनियुक्त अर्थमन्त्री शर्मालाई वेवास्त गर्दै स्वागत कार्यक्रममा उनी अनुपस्थित भएका हुन् ।

सचिव मरासिनी स्वागत कार्यक्रममा अनुपस्थित भएपछि राजश्व सचिव कृष्णहरि पुष्करले उनलाई स्वागत गरे । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई पुष्करले स्वागत गरेका हुन् ।

यसअघि पनि मरासिनीले शर्माले राजीनामा नदिएसम्म काममा नआउने भन्दै विदामा बसेका थिए । आज पनि उपस्थित नहुनुले अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीचको ‘इगो’ बढेको बुझ्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, धितोपत्र बार्डका अध्यक्ष रमेशकुमार हमाल लगायत स्वागत कार्यक्रममा पुग्दा अर्थसचिव भने अनुपस्थित देखिएका हुन् ।

नव नियुक्त मन्त्रीलाई सोही मन्त्रालयको सचिवले स्वागत गर्ने अभ्यास छ ।

Share News