लघुवित्तहरुले शतप्रतिशत ऋणपत्र जारी गर्न पाउने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले शतप्रतिशत ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनलाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि थोक कारोबार गर्ने लघुवित्तहरुले मात्रै सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो । तर राष्ट्र बैंकको संशोधित निर्देशिकाले अब सबै लघवित्तहरुले उक्त ऋणपत्र जारी गर्न बाटो खुला भएको हो । यो नयाँ व्यवस्थासँगै नाफामा रहेका लघुवित्तहरुले प्राथमिक पुँजीको शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने छन् । यसअघि थोक कारोबार गर्ने लघुवित्तले चुक्ता पुँजीको बढीमा २५ प्रतिशत मात्रै ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो ।
बाथकोको शोरुम धनुषाको ढल्केवरमा
काठमाडौं । बाथवेयर तथा सेनिटेरीवेयरका उत्पादक ‘बाथको’ले धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केवरमा आफ्नो नयाँ डिलर शोरुमको उद्घाटन गरेको छ । ढल्केवरमा सञ्चालित जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्सले बाथको प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन प्रबन्ध निर्देशक विकास कमार झाले गरेका थिए । ढल्केवरमा शोरुमको उद्घाटन गर्दै झाले मधेस प्रदेशमा जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्स बाथको नेपालको दोस्रो आधिकारिक विक्रेता रहेको जानकारी दिए । उनले यसअघि यो प्रदेशमा पहिलो पटक बाराको कलैयामा ‘बाथको’ को डिलर्स सञ्चालनमा ल्याइएको बताए । विगत ९ महिनादेखि बाथको नेपाल कम्पनीले उक्त ब्राण्डका सामाग्रीहरु भारतबाट नेपाल नियांत गर्दै आइरहेको छ र नेपालमा एक गुणस्तरीय, मल्टिनेशनल ब्राण्डका रुपमा आफ्नो पहिचान बनाउँदै आएको छ । प्रबन्ध निर्देशक भाका अनुसार हाल काठमाडौं, पोखरा, धरान, विराटनगर, विर्तामोड लगायतको प्रमुख शहरहरुमा बाथकोको आधिकारिक विक्रेता तोकिएको छ । ग्राहकहरुलाई सुविधा दिन दुई ठाउँ बाट वितरण गर्ने लक्ष्यका साथ कम्पनीको डिपो वीरगंज र काठमाडौंमा राखिएको छ । बाथकोले उत्पादन गर्दै आएको ब्रासबाट निर्मित सेनिटरी वेयर, बाथ फिटिङ्स, बाथ एक्सोसेरिजसहितका सामाग्रीहरुको ११ वर्षको वारेण्टी रहेको झाको छ ।
लाभांश वितरणमा राष्ट्र बैंकको खुकुलो नीति, अब बैंकहरुले नगद लाभांश मनलाग्दी वितरण गर्न पाउने
काठमाडाैं । नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा बैंक तथा वित्तीय संस्थालाई खुला छोडेको छ । यसअघि केही नीतिगत व्यवस्था भएपनि राष्ट्र बैंकले अब भने खुला नै छोडेको हो । राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि एकिकृत निर्देशन जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था भएकोमा अब सो व्यवस्था हटेको हो । यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी नहुने व्यवस्था थियो । खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था भएकोमो अब सो व्यवस्था हटेको हो ।
हिमालयन बैंकको नाफा १७.२२ प्रतिशत घटेसँगै ईपीएस पनि ८.९३ रुपैयाँ घट्यो
काठमाडौं । हिमालयन बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १७.२२ प्रतिशत घटेर २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेर ५ अर्ब १२ करोड ४१ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७८ करोड ८७ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्मा बैंकको खुद फि तथा कमिसन आम्दानी ३१.०५ प्रतिशत बढेर ९१ करोड ४९ लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत घटेर ६ अर्ब ७५ करोड ९० लाख ६२ हजार रुपैयाँ, सञ्चालन मुनाफा १७.८१ प्रतिशत घटेर ३ अर्ब ५४ करोड ५ लाख ७० हजार रुपैयाँ र वितरण योग्य मुनाफा २२.६६ प्रतिशत बढेर २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेर १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ३.२३ प्रतिशत घटेर ९ अर्ब १४ करोड ३४ लाख ५० हजार रुपैयाँ, निक्षेप १९.४३ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ४१ करोड ९४ लाख ८६ हजार रुपैयाँ र कर्जा १७.४१ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ९९ करोड ३९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपैयाँ १४ पैसामा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८.०७ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा रहेको छ ।
१० लाख डिपोजिट गर्दा एक करोड पाइने, कुन बैंकमा पैसा राख्दा बढी फाइदा ?
काठमाडाैं । पछिल्लो समय बैंकहरुबीच मुद्दती बचत योजनामा प्रतिस्पर्धा चलेको छ । बैंकहरुले आकर्षक योजना ल्याएर निक्षेपकर्तालाई आकर्षित बनाइरहेका छन् । यसअघि आधा दर्जन वाणिज्य र विकास बैंकहरुले मुद्दति योजना ल्याएकोमा अझै थप वाणिज्य बैंकहरुले पनि मुद्दति योजना ल्याएका हुन् । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेको बेला वाणिज्य र विकास बैंकहरुले आकर्षक बचत खाता योजना सार्वजनिक गरेका छन् । सर्वसाधारणबाट निक्षेप तान्नकै लागि बैंकहरुले उच्च ब्याज तथा आकर्षक योजनासहित बचत खाता योजना सार्वजनिक गरिरहेका हुन् । बैंकहरुले १० गुणासम्म निक्षेप बढ्ने योजना ल्याएका हुन् । यदि अहिले तपाईंले कुनै बैंकमा १० लाख रुपैयाँ निक्षेप राख्नु भयो धने बैंकहले तोकिएको वर्षपछि १ करोड हुनेछ । त्यसमा कर्जाको पनि सुविधा बैंकहरुले ल्याएका छन् । कुन बैंकको कस्ता योजना ? ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने योजना सार्वजनिक गरेको हो । सो मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकको चाहना बमोजिम त्योभन्दा अझ बढी हुने बैंकले जनाएको छ । बैंकको योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागु हुने बैंकले जनाएको छ । तर उक्त मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ । बैंकले समयानुकूल उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्ष रुपमा लावान्भित हुने खालका योजना ल्याउने गरेको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, यस अन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निस्शुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ । प्राइम कमर्सियल बैंक प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि (संस्थागत) मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि लक्षित गरि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी रकम पाउनेछन् । प्राइम धनवृद्धि मुद्दती खाता र प्राइम धनवृद्धि रेमिट मुद्दती खाताका निक्षेपकर्ताहरुले १८ घातक रोगकाविरुद्ध बीमा १० लाख, दुर्घटना बीमामा १० लाख र १ लाखसम्मको स्वास्थ्य बीमाप्राप्त गर्न सक्नेछन । यस्तै, ग्राहकले आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । एनआईसी एसिया बैंक एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई निरन्तरता दिएको छ । बैंकले यही आषाढ १२ गतेदेखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरू लक्षित गरेर ल्याइएको सो योजनामा देश एवं विदेशमा बस्ने ग्राहकको सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई २०७९ श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो । उक्त योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस्तै, आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकले जनाएकोे छ । यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो । कुमारी बैंक कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएको छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएको हो । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई लक्षित गरेर ल्याइएको बैंकले जनाएको छ । सो निक्षेप योजना अनुसार व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत् अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ । नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम ब्याजदर दिने मध्येमा यी योजनाहरु पर्ने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धति खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बताइएको छ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजारमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ । एनएमबि बैंक एनएमबि बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरी दुई योजना सार्वजनिक गरेको हो । जसमध्ये ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी, ‘एनएमबि जन्मभूमि डबल मुद्दती योजना’ मा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ । सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ । सेञ्चुरी बैंक सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुनणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिंङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै, यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिनेछ । बैंक अफ काठमाण्डू बैंक अफ काठमाण्डूले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंक अफ काठमाण्डूले बिओके सुपर बचत खातामा बचत रकमको २ गुणादेखि अधिकतम ४ गुणासम्म प्रतिफल दिन्छ । ‘बिओके सुपर मुद्दतीमा लगानी, भविष्यको लागि सुरक्षित आम्दानी’ नारासहित बैंकले ६ वर्ष ५ महिनामा निक्षेपको २ गुण देखी १३ वर्षमा निक्षेपको चार गुणासम्मको प्रतिफल योजना ल्याएको हो । यस्तो प्रतिफल प्रतिशतमा नभएर अब कुल निक्षेपको चार गुणा पाइने बैंकले जनाएको छ । खासगरी बिओके सुपर मुद्दती खातामा तीन किसिमको योजना ल्याएको बैंकले ६ वर्ष ५ महिनामा दुई गुणा, १० वर्ष ३ महिनामा तीन गुणा र १३ वर्षको मुद्दती निक्षेपमा अधिकतम चार गुणासम्म प्रतिफल दिने जनाएको छ । यद्यपि, यस्तो निक्षेपका लागि निक्षेपकर्ताले न्यूनतम ५० हजार रुपैयाँ खातामा राख्नुपर्नेछ । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले धनवृद्धि योजना अन्तर्गत आकर्षक मुद्धती खाता संचालनमा ल्याएको छ । बैंकले यस योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणाभन्दा बढी प्रतिफल दिने मुद्धती खाता संचालनमा ल्याएको हो । बैंकका अनुसार उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सक्ने जानकारी दिएको छ । यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुई गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जनाएको छ । सिद्धार्थ बैंकले आफ्ना ग्राहकको लागि निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । सिद्धार्थ बैंक बैंकको अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ । यस मुद्दती खातामा ग्राहले बैंकले तोकेको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । सानिमा बैंक सानिमा बैंकले बैंकले न्युनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्धति खाता ल्याएको छ । बैंकको यस योजना अन्तर्गत ३ वटा मुद्धति खातास् रेमिट्यान्स धमाका मुद्धति खाता, सानिमा धमाका मुद्धति खाता र सानीमा कर्पोरेट धमाका खाता रहेको छ । बैंकले सानिमा रेमिट्यान्स धमाका मुद्धति खाता अन्तर्गत ५।७९ वर्षमा दुई गुणा, ९.१८ वर्षमा तीन गुणा, ११.५८ वर्षमा ४ गुणा र १३.४५ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम मौजदात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । बैंकले सानिमा धमाका मुद्धति खाता अन्तर्गत ६.३२ वर्षमा दुई गुणा, १०.०१ वर्षमा तीन गुणा, १२.३ वर्षमा ४ गुणा र १४.६६ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम मौजदात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । यस्तै, बैंकले सानिमा कर्पोरेट खाता अन्तर्गत ६.९४ वर्षमा दुई गुणा, ११ वर्षमा तीन गुणा, १३.८८ वर्षमा ४ गुणा र १६.१२ वर्षमा ५ गुणा रकम दिने जनाएको छ । बैंकले यसको न्युनतम मौजदात १० लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । साथै, बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा ब्याज प्रदान गर्ने भएको छ । बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गर्दै नेपाली तथा विदेशी मुद्रा खातामा यस्तो सुविधा दिन लागेका जनाएको छ । बैंकको अनुसार यो योजना बचत खाता, कल खाता तथा सम्पर्ण खाताहरुमा लागु हुनेछ । नेपाल बैंक नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी, रेमिट्यान्सबाट प्राप्त रकम यस मुद्दती खातामा लगानी गर्दा छ वर्ष ११ महिना २ दिनमा रकम दुईगुणा हुनेछ । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । ज्योति विकास बैंक ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ । यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ । साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ । महालक्ष्मी विकास बैंक महालक्ष्मी विकास बैंकलृ नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । बैंकले एक हजारमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा साँवामा गाभि एकमुष्ट रुपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । मुक्तिनाथ विकास बैंक मुक्तिनाथ विकास बैंकले ग्राहकलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई व्यक्तिगत मुद्दती खातामा १२ प्रतिशतको वार्षिक ब्याजदर प्रदान गरेको छ । यस योजना अन्तर्गत बैंकमा न्यूनतम पाँच हजारको मुद्धती खाता खोल्न सकिनेछ र त्सयमा अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्षसम्म ग्राहकले रोज्न सक्नेछन् । यस खाताबाट बचत गर्न चाहाने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
कुमारी बैंकको नाफा ४३.८७ प्रतिशत बढ्यो, ईपीएस कति पुग्यो ?
काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४३.८७ प्रतिशत बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेर ६ र्अ ३८ करोड ७ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७ करोड ७५ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेर ८१ करोड ८८ लाख २ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४९ लाख ६० हजार रुपैयाँ, सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेर ३ अर्ब ९८ करोड ८१ लाख ५८ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ६२ प्रतिशत बढेर १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेर १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष २९.१४ प्रतिशत बढेर ६ अर्ब ४७ करोड ४९ लाख ९४ हजार रुपैयाँ, निक्षेप २१.२१ प्रतिशत बढेर १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र कर्जा ११.२२ प्रतिशत बढेर १ खर्ब ५३ अर्ब ३६ करोड ९८ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ २७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.२० रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिका कार्यालयमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा खुलेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए । उक्त एक्सटेन्सन काउन्टरमार्फत वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनको अनुसार सो शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
सिद्धार्थ बैंक चम्किँदा ३ अर्ब २१ करोड रुपैयाँ नाफा, निक्षेप संकलन २ खर्ब रुपैयाँ
काठमाडौं । सिद्धार्थ बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १२.७८ प्रतिशत बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशत बढेर ७ अर्ब ३ करोड ८१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५१ करोड २ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेर ४ अर्ब ७१ करोड ५० लाख ४२ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ७.२८ प्रतिशत बढेर १ अर्ब २१ करोड ५० लाख ५६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.०५ प्रतिशत बढेर ९ अर्ब २२ करोड ८५ लाख ९६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ७३.०२ प्रतिशत बढेर २ अर्ब १० करोड ६८ लाख १० हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ, जगेडा कोष ०.५१ प्रतिशत घटेर ९ अर्ब २९ करोड १० लाख ४६ हजार रुपैयाँ, निक्षेप ५.८७ प्रतिशत बढेर १ खर्ब ९१ अर्ब ५५ करोड ६ लाख ४३ हजार रुपैयाँ र कर्जा १२.७२ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ७५ करोड ४३ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६.०४ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।