९ वर्षे यात्रामा राष्ट्रिय बीमा संस्थान : आधा दर्जन बैंकमा लगानी, आफ्नै भवन, तीन ठाउँमा जग्गा
देशमा बीमा व्यवसाय स्थापना गरी पुँजी निर्माण गर्न नेपाल सरकारको लगानीमा वि.सं. २०२४ र साल पुस १ गते राष्ट्रिय बीमा संस्थान (प्रा.लि.) को स्थापना भई सोही सालको फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार सुरु भएको थियो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन लागू भएपछि राष्ट्रिय बीमा संस्थानमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको थियो । बीमा व्यवसाय व्यवस्थित तथा नियमित गर्न बनेको बीमा ऐन, २०४९ को दफा १२ मा ‘जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका बीमकले समितिले तोकेको मितिदेखि तोकिए बमोजिम जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने अलग-अलग संस्थाका रूपमा कार्य गर्नुपर्नेछ ।’ भन्ने व्यवस्था बमोजिम कम्पनी ऐन २०६३ अन्तर्गत रही वि.सं. २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई असार २७ गते बीमा समितिबाट निर्जीवन बीमकको इजाजत पत्र प्राप्त गरी साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । कम्पनीले कारोबार सुरु गरेको आज आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेकाे छ । राष्ट्रिय बीमा कम्पनी नेपाल सरकारको स्वामित्व प्राप्त एक मात्र निर्जीवन बीमा कम्पनी हो । आन्तरिक स्रोत र साधनहरूको परिचालन मार्फत् अर्थतन्त्र गतिशील बनाउने, बीमा सेवाको माध्यमबाट आर्थिक जोखिम व्यवस्थापन गर्ने र विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्य अनुसार कम्पनीले विगत ५५ वर्षदेखि नेपाल सरकारका विभिन्न मन्त्रालय र अन्तर्गतका निकायहरू, सार्वजनिक संस्थानहरू, निजी व्यावसायिक प्रतिष्ठानहरू र सर्वसाधारण जनतालाई विभिन्न बीमा सेवा प्रदान गर्दै आइरहेको छ । फलस्वरूप नेपाली बीमा बजारको विकास एवं विस्तारमा कम्पनीको नेतृत्वदायी भूमिका रहेको छ । सरकार, निजी क्षेत्रका प्रतिष्ठानहरू र सर्वसाधारण जनताको विश्वास एवं भरोसाले बीमा बजारमा प्रतिस्पर्धा हुँदाहुँदै पनि व्यावसायिक एवं ग्राहकमुखी कार्यशैली र बीमितहरूको चाहना एवं आकाङ्क्षा अनुरूप उच्च स्तरको सेवा प्रवाहका कारण व्यवसाय अभिवृद्धि गर्न सफल भएको छ । सरकारले आव २०७९/८० को बजेटमा लिएको ‘एक घर एक बीमा’ नीति सार्थक बनाउन सरकारको सहयोगीको भूमिका निर्वाह गर्दै राष्ट्रिय गौरवका आयोजना लगायत सरकारी र निजी सम्पत्ति, उद्योगधन्दा र व्यापार व्यवसायलाई बीमाको दायरामा ल्याई बीमा क्षेत्र विस्तार अभियानमा कम्पनी लागिपरेको छ । भौतिक पूर्वाधार निर्माण, सरकारी एवं निजी सम्पत्ति, कृषि एवं पशुपालन, जनस्वास्थ्य लगायतका क्षेत्रमा हुन सक्ने क्षति, दुर्घटना एवं प्राकृतिक विपत्तिबाट सिर्जना हुने सम्भावित आर्थिक जोखिममा बीमाको माध्यमबाट वित्तीय सुरक्षण प्रदान गर्दै आएको छ । सरकार, निजी क्षेत्र एवं सर्वसाधारण जनताको भौतिक सम्पत्तिको सुरक्षाका लागि सम्पत्ति बीमा, पूर्वाधारको विकास निर्माणमा इन्जिनियरिङ बीमा, प्राकृतिक विपत्तिबाट उत्पन्न हुने जोखिमको सुरक्षामा प्राकृतिक विपत् जोखिम सामूहिक दुर्घटना बीमा, जनस्वास्थ्यको सुरक्षामा स्वास्थ्य एवं औषधोपचार बीमा, कृषक एवं न्यून आय भएका जनताको सुरक्षा र कृषि क्षेत्र विस्तारमा थप टेवा प्रदान गर्न कृषि, पशुपालन एवं लघु बीमा, हवाई यात्री तथा विमानहरूको सुरक्षार्थ हवाई बीमा, अन्तरदेशीय वस्तु/सामान ओसारपसार सुरक्षाका लागि सामुद्रिक बीमा, मोटर दुर्घटनाबाट हुने क्षतिको जोखिम बहन गर्न मोटर बीमा सेवा प्रदान गर्न कम्पनी सदैव तत्पर रहेको छ । लामो समयदेखि थाती रहेको लेखापरीक्षण कार्यलाई उच्च प्राथमिकतामा राखी अघि बढाइएको छ । फलस्वरूप आर्थिक वर्ष २०७२/७३ सम्मको लेखापरीक्षण सम्पन्न गरी बीमा सामतिबाट स्वीकति प्राप्त भइसकेको छ । अन्य आर्थिक वर्षको लेखापरीक्षणको कार्य अन्तिम चरणमा पुगेको छ । पुँजी संरचना हाल राष्ट्रिय बीमा कम्पनीमा नेपाल सरकारको ४७.५० प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत र नेपाल बैंकको १०.९६ प्रतिशत गरी कूल ८०.४६ प्रतिशत संस्थापक सेयर रहेको छ । त्यस्तै, बाँकी रहेको १९.५४ प्रतिशत सेयर साधारण सेयर रहेको छ । आर्थिक वर्ष २०७०/७१ को साधारण सभा पश्चात कुल संस्थापक समूहको सेयर स्वामित्व घटेर ७० प्रतिशत कायम हुने छ । उक्त सभापछि नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत र नेपाल बैंकको ९.६० प्रतिशत हुने छ र साधारण सेयरको स्वामित्व बढेर ३० प्रतिशत पुग्ने छ । आर्थिक स्रोत र आधार कम्पनीको आफ्नो विभिन्न निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद बीमा शुल्क, पुनर्बीमा कमिसन, का र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल कम्पनीका आर्थिक स्रोतका आधार हुन् । आ.व. २०७८/७९ मा कुल रु. २६४.७१ करोड बीमाशुल्क आर्जन भएको छ । केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरू कम्पनीको काठमाडौँमा प्रधान कार्यालय सहित प्रदेश नम्बर १ मा बिर्तामोड, इटहरी र विराटनगर, मधेश प्रदेशमा वीरगञ्ज, लाहान र जनकपुरमा शाखा तथा वीरगञ्जमा उपशाखा, बागमती प्रदेशमा हेटौँडा, नारायणघाट, नुवाकोट र बनेपामा शाखा तथा भक्तपुरमा उपशाखा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा भैरहवा, दाङ र नेपालगञ्जमा शाखा तथा पाल्पामा उपशाखा, कर्णाली प्रदेशको सुर्खेतमा शाखा तथा जुम्लामा उपशाखा र सुदूरपश्चिम प्रदेशको धनगढीमा शाखा तथा बझाङ र डोटीमा उपशाखा कार्यालय गरी कुल २३ कार्यालय मार्फत कारोबार गरिरहेको छ । चालू आ.व.मा थप दुई वटा शाखा कार्यालय विस्तार गर्ने योजना रहेका छ । जनशक्ति निर्जीवन बीमा व्यवसायमा प्राविधिक ज्ञानका साथै व्यवसाय सम्बन्धी विषय वस्तुको ज्ञान र भौतिक वातावरण उच्च स्तरको हुनुपर्ने कुरालाई ध्यानमा राखी दक्ष जनशक्ति निर्माण कार्य अघि बढिरहेको छ । कम्पनीमा १४७ कर्मचारीको दरबन्दी रहेकोमा हाल ८६ जना स्थायी कर्मचारी कार्यरत रहेका छन् । रिक्त रहेका पदहरूमा लोक सेवा आयोगको कार्यतालिका अनुसार निरन्तर पदपूर्ति कार्य भइरहेको छ । अभिकर्ता तथा सर्भेयर बीमा व्यवसाय अभिवतिका लागि देशभर छरिएर रहेका २५० क्रियाशीलासक्रिय अभिकर्ताहरूका भूमिका महत्त्वपूर्ण रहेको छ । अभिकर्ताहरूको कारण सामान्य जनतामा बीमा चेतनाको विकास गरी बामा सेवालाई सर्वसाधारणसम्म पुयाउन महत्त्वपूर्ण योगदान पगेको छ । साथै आगामी दिनमा समेत बीमा अभिकर्ता तालिम सञ्चालन गरी योग्य र कर्मठ अभिकर्ता उत्पादन गरी व्यवसाय वृद्धिमा टेवा पुयाउने कम्पनीको एउटा प्रमुख लक्ष्य रहेको छ । त्यस्तै बीमाको विश्वसनीयता कम्पनीले लिएको दाबी भुक्तानी नीतिमा निर्भर रहने हुँदा दाबी भुक्तानी सहजीकरणका लागि दुर्घटनाबाट भएको क्षतिको मूल्याङ्कन गरी प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि १२६ जना सर्भेयर कम्पनीसँग आबद्ध भई क्रियाशील रहेका छन् । लगानी हालसम्म नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । दीर्घकालीन लगानीका रूपमा मुख्यतया यस कम्पनीको निम्नलिखित कम्पनीहरूमा सेयर लगानी रहेको छ । कम्पनीमा नबिल बैंकको १ करोड ७४ लाख १५ हजार १७९ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ७३ लाख १६ हजार ७४४ कित्ता र नेपाल पुनर्बीमा कम्पनीको २७ लाख ६९ हजार ५४९ कित्ता सेयर लगानी रहेको छ । कम्पनीको नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, सिभिल बैंक, नेपाल ल्युब आयल लगायतका संस्थामा समेत लगानी रहेको छ । साथै, कम्पनीको २०७९ आषाढ मसान्त सम्ममा वाणिज्य बैंक, विकास बैंक लगायतको मुद्दती निक्षेपमा ४९० करोड रुपैयाँको लगानी रहेको छ । पुनर्बीमा बजार कम्पनीको व्यवसाय सुचारु रूपले सञ्चालन गर्न तथा उचित बीमाङ्क रकमको जोखिम बहन गर्न सक्ने क्षमता अभिवृद्वि एवं जोखिम न्यूनीकरण गर्नका लागि पुनर्बीमा सम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्न कम्पनीले आफ्नो निर्जीवन बीमा व्यवसायको पुनर्बीमा विश्वका ख्याति प्राप्त पुनर्बीमकहरूसँग गर्दै आएको छ । साथै नेपाल सरकारको र स्वदेशी लगानीमा स्थापित नेपाल पूनर्बीमा कम्पनी र निजी लगानीमा स्थापित हिमालयन रि.सँग समेत पुनर्बीमाको व्यवसाय गरी विदेशी विनिमय सञ्चितिमा अनुकूल । प्रभाव पार्ने प्रयास गरिरहेको छ । बीमा बजारमा कम्पनीको स्थिति कम्पनीको प्राथमिकता, प्रारम्भदेखि नै सुशासन, ग्राहक सेवामा समर्पित रहने, आर्थिक अनुशासन र उच्च व्यावसायिक नैतिकताबाट अभिप्रेरित बीमकका रूपमा रहेको तथा सरकारी क्षेत्रको बीमकको समेत जिम्मेवारी कम्पनीले निर्वाह गरिरहेको छ । बीमा बजारमा बढ्दो अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न कम्पनीले महत्त्वपूर्ण भूमिका खेलिरहेको व्यहोरा सर्वविदितै छ । कम्पनीको प्रकाशित वित्तीय विवरण अनुसार मुनाफा, नेट वर्थ, प्रति शेयर आम्दानी जस्ता सूचकाङ्क उत्कृष्ट रहेका छन । साथै अधिकांश सूचकहरू बीमा उद्योगको औसतभन्दा माथि रहेका छन् । ग्राहक सेवा नेपाल सरकार, बीमा समिति, कम्पनीमा आबद्ध बीमित, सेयरधनी तथा सरोकारवाला तथा सङ्घ सस्थाहरू कम्पनीको मार्गदर्शक हुन् । समयसापक्ष सुधारका कार्य तीवर व्यावसायिक बीमा कम्पनीका रूपमा कम्पनीलाई स्थापित गर्ने प्रयास निरन्तर जारी समितिले जारी गरेको पशु तथा बाली बीमा गर्ने नीति बमोजिम कम्पनीले पनि-बीमा व्यवसाय गरी कृषि क्षेत्र विस्तारमा थप टेवा प्रदान गरिरहेको छ । अचल सम्पत्ति कम्पनीको आर्थिक स्थितिको लेखाजोखा यसको कारोबार, तरलता, विश्वसनीयता सम्पत्ति जस्ता वस्तुहरूले निर्दिष्ट गरेका मूल्याङ्कनका आधारमा हुन्छ । कम्पनी रूपमा भोगचलन गरिरहेको रामशाह पथस्थित १५ रोपनी जग्गा तथा भवन १,५०६ वर्गमिटर जग्गा, धनगढीमा ६ कठ्ठा र भैरहवामा ४ कठ्ठा १० धुर जगगा सँगै आफ्नै भवन रहेको छ । (गोरखापत्रबाट)
मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ
काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा शंकास्पद व्यक्ति रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो । त्रिभुवन विमानस्थल श्रोतको अनुसार दुई जनामा एकजना ऋण नतिरेर भागेको मान्छे र अर्को उनको आफन्त रहेका छन् । जहाज मुम्बई प्रस्थान गरिसकेको विमानस्थलले बताएको छ ।
१० लिटर भन्दै कम पेट्रोल बेच्ने पम्पलाई दुई लाख जरिवाना
काठमाडाैं । तपाइँले व्यापार–व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? ठगी गरेको भए कारबाही पर्नु होला । गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता ठगी गर्ने काभ्रेपलाञ्चोक भकुण्डेबेँसीको पशुपति आयल स्टोर्स, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, चन्द्रागिरि दहचोकमा रहेको शुभशोप एन्ड केमिकल उद्योग, बालाजुस्थित राजेश हार्डवेयर, काभ्रेपलाञ्चोकको चण्डेश्वरी डेरी फर्म रहेका छन् । यस्तै, भक्तपुरको सूर्यविनायकमा रहेको चम्पकेश्वर हार्डवेयर, कालीमाटीमा रहेको एचआर ट्रेड लिङ्क, काठमाडौंको मूलपानीस्थित जी एन्ड जी हार्डवेयर, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज र चारवटा ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी एवम् निरीक्षक निराजन पुडासैनी चालु आर्थिक वर्षमा २८ एकल अनुगमन तथा ९९ संयुक्त अनुगमनका क्रममा ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरिएको बताउँछन् । कुन कम्पनीलाई कस्तो जरिवाना माग ? गुणस्तर तथा नापतौल कार्यालयले काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीमा रहेको पशुपति आयल स्टोर्सले १० लिटर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दा दुई सय ५० मिलीलिटरसम्म घटी बेचेकाले कारबाही गरेको हो । उक्त आयल स्टोर्सलाई वाणिज्य विभागले दुई लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । नुवाकोटमा रहेको वनदेवी आयल स्टोर्सले डिजेल तथा पेट्रोल पम्पमा गुणस्तर तथा नापतौल कार्यालयले लगाएको सिल छिनाएर डिजेल तथा पेट्रोल बिक्रीवितरण गरेकाले नापतौल कार्यालयले तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी पुडासैनीले बताए । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा सञ्चालित शुभशोप एन्ड केमिकल उद्योगले नाङ्गो साबुन उत्पादन गरेर बिक्रीवितरण गर्दा उक्त साबुनको तौल तथा लेभल नराखेर बिक्रीवितरण गरेको भन्दै एक वर्ष कैद र १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । सो उद्योगले तराजुसमेत दर्ता नगरी सञ्चालन गरेको पाइएको नापतौल कार्यालयले जनाएको छ । बालाजुमा रहेको राजेश हार्डवेयरले बिक्रीवितरण गरेको फलाम (कृष्ण मेटल)मा बिलभन्दा कम तौल बिक्री गरेकाले नापतौल कार्यालयले कारबाहीस्वरुप अदालतमा मुद्दा दायर गरेको हो । उक्त हार्डवेयरलाई वाणिज्य विभागले समेत रु तीन लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । काभ्रेपलाञ्चोकमा सञ्चालित चण्डेश्वरी डेरी फर्मले उत्पादन गरेको घ्यूको बट्टामा उत्पादन मिति, तौल नराखी बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । सो डेरीले नापतौल यन्त्रसमेत दर्ता नगरी सञ्चालनमा ल्याएको सूचना अधिकारी पुडासैनीले बताए । उक्त डेरीले गरेको ठगी हेलो सरकारमार्फत नापतौल कार्यालयलाई उजुरी आएको थियो । उक्त डेरीलाई एक वर्ष कैद र १० हजारसम्म जरिवाना माग गरी काभ्रे जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको नापतौल कार्यालय काठमाडौंले जनाएको छ । भक्तपुरको सूर्यविनायकमा सञ्चालित चम्पकेश्वर हार्डवेयरले तराजु दर्ता नगरी हार्डवेयरका सामग्री बिक्रीवितरण गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ । उक्त हार्डवेयरलाई एक वर्ष कैद र १० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ । काठमाडौँको कालीमाटीमा सञ्चालित एचआर ट्रेड लिङ्कले तोकिएको तौलभन्दा कम तौल चामल बिक्रीवितरण गरी ठगी गरेकाले नापतौल कार्यालयले कारबाही गरेको हो । उक्त कम्पनीले तराजुसमेत दर्ता नगरेको फेला परेको छ । सो कम्पनीविरुद्ध नापतौल कार्यालयले एक वर्ष कैद र १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । काठमाडौंको मूलपानीमा सञ्चालित जी एन्ड जी हार्डवेयरले तराजु दर्ता नगरी सामान बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । उक्त हार्डवेयरलाई एक वर्ष कैद र १० हजारसम्म जरिवाना माग गरी नापतौल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ । वीरगञ्जमा सञ्चालित इन्टरनेशनल सिमेन्ट प्रालिले तौलभन्दा घटी सिमेन्ट बिक्रीवितरण गरी ठगी गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ । सो सिमेन्ट कम्पनीलाई नापतौल कार्यालयले एक वर्ष कैद र १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । यसबाहेक चारवटा ट्याक्सी चालकविरुद्ध पनि नापतौल कार्यालयले कारबाहीको माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले बा१ज १५०३, बा १ज४७४९, बा१ज १६६७ र बा१ज ८८८२ नंको ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी पुडासैनीले पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाएको, दिउँसै रातिको भाडा लिएर (डेडी हानेको), मिटर बिगारेर ट्याक्सी चलाएर उपभोक्ता ठगी गरेकाले अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो । उक्त ट्याक्सीविरुद्ध एक वर्षदेखि तीन वर्षसम्म कैद र रु १० हजारदेखि ३० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको नापतौल कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरेको बताउनुहुन्छ । “आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउछौँ,” उहाँ भन्नुहुन्छ । सो कार्यालयले आव २०७८÷७९ मा रु एक करोड ८५ लाख ५४ हजार तीन सय ७८ राजश्व सङ्कलन गरेको छ ।
यी हुन् राष्ट्र बैंकले हटाएका १५ व्यवस्था
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति काकर्यान्वयन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै विभिन्न व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशनमार्फत् पुराना विभिन्न व्यवस्थहरुलाई हटाएको पनि छ । राष्ट्र बैंकले कोभिड–१९ को कारणले विगतमा कायम गरिएको ग्रेस अवधि भित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न÷संचालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन/संचालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले एक पटकका लागि २०७७ असोज मसान्तसम्ममा देहायबमोजिम ग्रेस अवधि थप गर्न सक्नेछन् भन्ने व्यवस्थालाई हटाएको छ । यस्ता छन् राष्ट्र बैंकले हटाएका व्यवस्था : १. कोभिड–१९ को कारणले विगतमा कायम गरिएको ग्रेस अवधि भित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न/संचालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन/संचालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले एक पटकका लागि २०७७ असोज मसान्तसम्ममा देहायबमोजिम ग्रेस अवधि थप गर्न सक्नेछन् भन्ने व्यवस्थालाई हटाएकाे छ । -कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना तथा न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ६ महिनासम्मका लागि ग्रेस अवधि थप गर्न सकिनेछ । तर, सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ वर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिनेछ । -यसरी ग्रेस अवधि थप गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले कार्यविधि बनाई संचालक समितिबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ र ग्रेस अवधि थप गरिएका कर्जाहरुको मासिक विवरण राष्ट्र बैंकमा पेश गर्नु पर्नेछ । -यसरी थप भएको ग्रेस अवधिको ब्याजलाई पुँजीकरण नगरी ग्रेस अवधि भित्र कम्तीमा ३ किस्तामा भुक्तानी हुने गरी असुलीको व्यवस्था गर्नु पर्नेछ र तोकिएको तालिकाबमोजिम भुक्तानी गर्ने ऋणीसँग कुनै किसिमको पेनाल ब्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज लिन पाइने छैन । २. इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएका कर्जा मध्ये कोभिड–१९ बाट अति तथा मध्यम प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जाको हकमा ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्याङकन गरी ऋणीको लिखित कार्ययोजना अनुसार भविष्यमा उद्योग व्यवसाय सञ्चालनमा आई ऋण चुक्ता हुन सक्नेमा बैंक तथा वित्तीय संस्था आश्वस्त भएमा सम्बन्धित ऋणीको अनुरोधमा एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिने छ । -यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०७७ पुस मसान्त भित्र गरिसक्नु पर्नेछ । -यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा २०७६ पुस मसान्तमा सक्रिय कर्जाहरुको लागि न्यूनतम ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी असल वर्गमा वर्गीकरण गर्न सकिनेछ । -यसरी कर्जा पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनु पर्नेछ । -स्पष्ट आधार बिना पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको पाइएमा इ.प्रा. निर्देशन नं. २/०७६ को बुँदा नं. ९ को उपबुँदा ४(क) अनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । ३. २०७८ असार मसान्तभित्र पुनरसंरचना÷पुनरतालिकीकरण गर्न असमर्थ कोभिड–१९ बाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रका ऋणीहरुबाट माथि उल्लिखित शर्तहरुको अधिनमा रहि बुझाउनु पर्ने ब्याजको ५ प्रतिशत रकम असूल उपर गरी २०७८ पुस मसान्तभित्र कर्जाको पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सकिने छ । ४. कोभिड–१९ वाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीहरुलाई प्रदान गरिने कर्जा । ५. बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरु प्रति ग्राहक रू.५० लाखसम्म मात्र प्रवाह गर्न सक्नेछन् । घर/जग्गा धितो राखी यस्तो कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्याल्युबीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ । ६. कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्ने प्रयोजनको लागि ऋणीको आवश्यकता र उद्योग/व्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम कर्जाको सीमामा एक पटकको लागि चालु पुँजी कर्जा उपयोग गरेका ऋणीको हकमा चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र चालु पुँजी कर्जा उपयोग नगरेका ऋणीको हकमा आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिनेछ । -यस्तो थप कर्जा प्रदान गर्दा डेब्ट इक्वीटी रेसियो र एकल ग्राहक कर्जा सीमा कायम गर्न २०७८ असार मसान्तसम्म अनिवार्य हुने छैन । -यस्तो थप कर्जा उत्पादनलाई निरन्तरता दिने, कच्चा पदार्थ खरीद गर्ने, कर्मचारी/कामदारको पारिश्रमिक भुक्तानी गर्ने जस्ता कार्यको लागि मात्र प्रवाह गर्न सकिनेछ । यस्तो कर्जाबाट बैंक तथा वित्तीय संस्थाले बक्यौता साँवा तथा ब्याज असूल गर्न पाउने छैनन् । -यस्तो कर्जा ऋणीले अन्य प्रयोजनको लागि प्रयोग गर्न पाउने छैनन् । तर, कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको विजनेश प्रपोजल आदिको विश्लेषण गरी तोकिएको प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने अवस्था भएमा सो कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन । ७. कोभिड–१९ बाट अति प्रभावित सार्वजनिक यातायात व्यवसायीलाई सवारी साधन संचालन तथा मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन रू.२ लाखसम्म थप कर्जा प्रदान गर्न सक्ने छन् । यस्तो थप कर्जाका लागि डेब्ट टू इक्वीटी र एकल ग्राहक कर्जा सीमा कायम गर्न २०७९ असार मसान्तसम्म अनिवार्य हुने छैन । ८. कोभिड–१९ बाट न्यून प्रभावित, मध्यम प्रभावित तथा अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको साँवा तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल ब्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज नलिई देहाय अनुसार समय थप गर्न सकिनेछ । -न्यून प्रभावित कोभिड–१९ बाट न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न । -मध्यम प्रभावित कोभिड–१९ बाट मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न । -अति प्रभावित कोभिड–१९ वाट अति प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न । तर, कोभिड–१९ को कारण पुनस्र्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमको भुक्तानीका लागि २ वर्षसम्मको समय प्रदान गर्न यस व्यवस्थाले वाधा पुर्याएको मानिने छैन । -उपबुँदा नं.१ कोखण्ड (अ), (आ) र (इ) बमोजिम भुक्तानी अवधि थप गरिएका कर्जाको २०७७ असार मसान्तसम्मको भुक्तानी हुन बाँकी साँवा र ब्याज रकमलाई भुक्तानी अवधि थप भएको समयावधिभित्र समानुपातिकरुपमा कम्तिमा क्रमशः २ किस्ता, ३ किस्ता र ४ किस्तामा असुल गर्ने व्यवस्था मिलाउनु पर्नेछ । तोकिएको भुक्तानी तालिकाबमोजिम भुक्तानी गर्ने ऋणीबाट कुनै पनि किसिमको पेनाल ब्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज लिन पाइने छैन । ९. कोभिड १९ महामारीको समयमा पुनरुत्थानको लागि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएका थप कर्जा (चालुपुँजीको २० प्रतिशत र आवधिक कर्जाको १० प्रतिशत) निर्धारित अवधिमा भुक्तानी हुन नसकेको अवस्थामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी सो कर्जाको भुक्तानी अवधि बढीमा १ वर्ष सम्म थप गर्न सकिनेछ । -कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रबाह अबरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीलाई परेको कोभिड–१९ को असर मूल्याङ्कन गरी त्यस्ता ऋणीहरुले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गरी कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउनु पर्नेछ । -कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको कोभिड–१९ को असर मूल्याङ्कन गरी २०७९ असार मसान्त सम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउनु पर्नेछ । -कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञालाई मध्यनजर गरी ऋणीहरुले २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई÷इक्यूआई वा अन्य साँवा ब्याज निषेधाज्ञाको कारणले भुक्तानी गर्न नसकेको अवस्थामा ऋणीको वित्तीय स्थिति मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्नेछन् । १०. कोभिड–१९ प्रभावित व्यवसायको विजनेश मोडल वा विजनेश आइडीया परिवर्तन : -इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएका कर्जा मध्ये कोभिड–१९ बाट प्रभावित लघु, घरेलु, साना तथा मझौला व्यवसायीको कर्जाको हकमा ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्याङ्कन गरी ऋणीको लिखित विजनेश मोडलको आधारमा परियोजनाको प्रकृति, उद्देश्य, विजनेश मोडल वा विजनेश आइडीया परिवर्तन गरी फरक ढंगले व्यवसाय सञ्चालन गर्न चाहेमा भविष्यमा उद्योग व्यवसाय सञ्चालनमा आई ऋण चुक्ता हुन सक्नेमा बैंक तथा वित्तीय संस्था आश्वस्त भएमा सम्बन्धित ऋणीको अनुरोधमा एक पटकको लागि २०७८ चैतभित्र व्यवसाय परिवर्तन गर्न सकिनेछ । -यस किसिमको परिवर्तनलाई कर्जाको दुरुपयोग, पुनरसंरचना वा पुनरतालिकीकरण मानिने छैन । -यस किसिमको परिवर्तनको क्रममा ब्याज पुँजीकरण गर्न पाइने छैन । ११. कोभिड–१९ बाट प्रभावित ऋणीको हकमा इ.प्रा.निर्देशन नं. २१ को बुँदा ४७ अनुसार ६ महिना वा सो भन्दा कम अवधिको ब्याज बक्यौता रहेको अवस्थामा कालोसूचीमा समावेश गर्ने प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नु पर्नेछ । १२. कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने रू.१५ लाखसम्मको कर्जा । १३. लाभांस वितरण सम्बन्धी व्यवस्थाः इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउनेछन् । तर, यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन । -खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न पाउने छैनन् । १४. कोभिड–१९ बाट प्रभावित ऋणीको हकमा ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नु पर्नेछ । यस प्रयोजनका लागि, कोभिड– १९ बाट प्रभावित ऋणीले आफ्नाे उद्योग व्यवसाय तथा आयश्रोतबाट सम्पुर्ण किस्ता भुक्तान गर्न नसकि ब्याज बक्यौतामात्र चुक्ता गर्न चाहेमा सोको विवरण तथा विस्तृत जानकारी लिखित रुपमा माग गरी बैंक तथा वित्तीय संस्थाले किस्ताको ब्याज मात्र असूल उपर गर्ने व्यवस्था मिलाउनु पर्नेछ । १५. कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिको लागि विशेष व्यवस्था : -निषेधाज्ञा जारी भएका स्थानका संचालनमा पूर्ण रोक लगाइएका उद्योग, पेशा, व्यवसायको सम्बन्धमा निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असूलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न पाइने छैन । -निषेधाज्ञा अवधिमा म्याद समाप्त भएका मुद्दति निक्षेप, जमानत तथा प्रतीतपत्र र अन्य कर्जाको हकमा सम्बन्धित ग्राहकले अनुरोध गरेमा बैंक तथा वित्तीय संस्थाले आवश्यक प्रक्रिया पूरा गरी नवीकरण गर्न सक्नेछन् । -बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गरी विश्वसनीयता कायम गर्नसक्ने ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्नेछन् । सञ्चालक समितिले यस्तो छुटसम्बन्धी व्यवस्थाको निर्णय गरी वेबसाइटमा सार्वजनिक गरी पारदर्शी ढंगले लागू गर्नुपर्नेछ । उल्लेखित सबै व्यवस्थालाई राष्ट्र बैंकले हटाएकाे हाे ।
भदौ ८ गतेभित्र सेयर कर्जा १२ करोडमा झार्नै पर्ने, नत्र १०० प्रतिशत प्रोभिजन
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौं ८ गतेभित्र सेयर कर्जालाई सीमाभित्र ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार जारी एकिकृत निर्देशनमा मार्जिन प्रकृतिको कर्जा रू. १२ करोड भन्दा तल झर्न निर्देशन दिइएको हो । मौद्रिक नीतिमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १२ करोड तोकिएको थियो । ‘मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ’ राष्ट्र बैंकको एकिकृत निर्देशनमा भनिएको छ । कर्जा प्रवाह भएको मितिले एक वर्ष तोकिएकोले २०७९ भदौ ८ गतेभित्र सेयर कर्जा सीमामा ल्याउनु पर्ने वाध्यता बैंक तथा वित्तीय संस्थालाई आईपरेको हो । रु १२ करोड भन्दा बढी कर्जा लिने ऋणिको विवरण भने आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
भक्तपुर सुडालको कलमसीमा १०८ फिट अग्लो शिवमूर्ती बन्ने, शिलान्यास सम्पन्न
भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमूर्ती बन्ने भएको छ । मंगलवार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ती सिलान्यास गरिएको हो । देशकै अल्लो हुने दाबी गरिएको सो शिवमुर्तिको सिलान्यास पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुले संयुक्त रुपमा गरेका हुन् । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ८ र काभे्रको बनेपा नगरपालिकाको सिमानामा बन्न लागेको सो शिवमूर्तीले आन्तरिक तथा वाह्य पर्यटन आगमनमा ठुलो भुमिका खेल्ने विश्वास स्थानिय बताउँछन् । शिवमुर्ति सिलान्यासका लागि मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा लतिलपुरको बालकुमारीबाट ‘नाग राजा’को मुर्ति लिएर करिव ३५ वटा गाडीमा ५ सय भन्दा बढी भक्तजन बाजा–गाजा तथा झाँकी ज्ुलुस सहित मुर्ति निर्माण स्थल पुगेका थिए । सो अवसरमा नागपञ्चमीको विशेष पुजाआजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम गरेर शिवमुर्ति निर्माण कार्य थालनीको उद्घोष गरिएको थियो । मानव कल्याण अध्यामिक प्रतिष्ठानका संरक्षण शिव–तान्त्रिक बुद्धिकुमार गुरुले मुर्ति बनाउन साँढे ६ करोड रकम खर्चने बताए । उनले भने, ‘मैले यस ठाउँमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम जसरी पनि पुरा गर्ने अठोट लिएको छु । बरु एक छाक खाना किन छोड्नु नपरोस् तर पुरा गर्ने नै छु ।’ कार्यक्रममा बोल्दै ग्रनीसिटि हस्पिटलका अध्यक्ष तथा समाजसेवी लोकबहादुर टण्डनले गुरु शितान्त्रिकले अत्यन्तै प्रसंसनीय काम गरेको भन्दै मुर्ति निर्माणको लागि १ लाख ५१ हजार नगद सहयोग समेत आयोजकलाई हस्तान्तरण गरेका थिए ।
राष्ट्र बैंकको नयाँ व्यवस्था : नगद लाभांशमा खुकुलो, ब्याजदरमा कडाइदेखि सुविधा हटाउनेसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै विभिन्न व्यवस्थाहरु गरेको छ । राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशन जारी गर्दै संस्थागत निक्षेपकर्ताको ब्याजदरमा कडाइ गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम ब्याज दिनु पर्नेछ । यस्तै, नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा बैंक तथा वित्तीय संस्थालाई खुला छोडेको छ ।यसअघि केही नीतिगत व्यवस्था भएपछि राष्ट्र बैंकले अब भने खुला नै छोडेको हो । यस्ता छन् नयाँ व्यवस्था : नगद लाभांशमा खुकुलो राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाले नगद लाभांश वितरणमा खुकुलो नीति ल्याएको हो । इजाजतपत्र प्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी नहुने व्यवस्था थियो । खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था भएकोमो अब सो व्यवस्था हटेको हो । दुई प्रतिशत मात्रै प्रिमियम इजाजतपत्र प्राप्त संस्थाले २ करोड सम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवंम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ । २० लाखसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् र प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ । यस्तै, निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नु पर्नेछ । सेयर धितो कर्जामा १२ करोडको सीमा कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड कायम गरिएको छ । मिति २०७८ भदौ ८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नु पर्नेछ । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । यसअघि ४ करोडभन्दा बढी कर्जा प्रवाह गर्न नहुने व्यवस्था थियो । कर्मचारीलाई तालिम आवश्यक बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक र ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीलाई विशिष्टिकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तिमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ । (झ) बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शिर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नु पर्नेछ । सीआरआर ४ प्रतिशत राख्नु पर्ने अब बैंकहरुले अनिवार्य नगद मौज्दात अन्तर्गत कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातवापत यस बैंकमा राख्नु पर्नेछ । यस व्यवस्था बमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रुपमा यस बैंकमा राख्नु पर्नेछ । एसएलआर १२ प्रतिशत कायम बैंकहरुले वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्था २०७९ पुस मसान्तदेखि इजाजतपत्र प्राप्त “क” वर्गका बैंकले कुल स्वदेशी निक्षेपको १२ प्रतिशत, “ख” वर्गका विकास बैंक र “ग” वर्गका वित्त कम्पनीले १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नु पर्नेछ । पोलिसी रेट परिवर्तन भएमा ब्याज परिवर्तन सकिने निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिनेछ । आगामी महिनाको लागि निक्षेपमा (स्वदेशी तथा विदेशी मुद्रा) लागु हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने छ । तर, नेपाल राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिनेछ । ब्याजमा ०.५ प्रतिशत घटबढ गर्न पाइने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्नेछ,’ एकिकृत निर्देशनमा भनिएको छ । बैंकदर ८.५ प्रतिशत कायम यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ८.५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ८.५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ५.५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ७.० प्रतिशत कायम गरिएको छ । मर्जरको सुविधा पुससम्म वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न यस बैंकको स्वीकृति लिनुपर्ने छैन । २०७९ पुस मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा पर्ने छैन । वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम्संस्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गरिनेछ । वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा यस बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गरिनेछ । जरिवाना छुट बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्नेछ । सुविधा हटे कोभिड–१९ बाट प्रभावित ऋणीको हकमा ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नु पर्ने व्यवस्था हटेको छ । यस प्रयोजनका लागि, कोभिड– १९ बाट प्रभावित ऋणीले आफ्नाे उद्योग व्यवसाय तथा आयश्रोतबाट सम्पुर्ण किस्ता भुक्तान गर्न नसकि ब्याज बक्यौतामात्र चुक्ता गर्न चाहेमा सोको विवरण तथा विस्तृत जानकारी लिखित रुपमा माग गरी बैंक तथा वित्तीय संस्थाले किस्ताको ब्याज मात्र असूल उपर गर्ने व्यवस्था यसअघि रहेकोमा अब यो व्यवस्था पनि हटेको छ । निषेधाज्ञा जारी भएका स्थानका संचालनमा पूर्ण रोक लगाइएका उद्योग, पेशा, व्यवसायको सम्बन्धमा निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असूलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाइने व्यवस्था भएकोमा अब यो व्यवस्था पनि राष्ट्र बैंकले हटाएको छ । बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गरी विश्वसनीयता कायम गर्नसक्ने ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था पनि अब हटेको छ ।
मर्जरमा जाने बैंकले ६५ वर्षको व्यक्तिलाई सीईओ राख्न पाउने, यस्ता छन् अन्य सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनमा जाने बैंकहरुले ६५ वर्षको व्यक्तिलाई सीईओ राख्न पाउने भएका छन् । बुधबार बैंकहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा जाने बैंकहरुलाई उक्त सुविधा दिने व्यवस्था गरेको हो । ‘२०७९ पुस मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा पर्ने छैन,’ निर्देशनमा उल्लेख छ । यो बाहेक २०७९ पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने वाणिज्य बैंकहरुले विभिन्न ४ छुट पाउने भएका छन् । सो अवधिमा एकीकृत कारोबार गरेमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन । त्यस्तै, काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन । साथै, राष्ट्र बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम्संस्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गरिने छ । र, केन्द्रिय बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप भएको छ ।