काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा शंकास्पद व्यक्ति रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।
त्रिभुवन विमानस्थल श्रोतको अनुसार दुई जनामा एकजना ऋण नतिरेर भागेको मान्छे र अर्को उनको आफन्त रहेका छन् । जहाज मुम्बई प्रस्थान गरिसकेको विमानस्थलले बताएको छ ।