बाथकोको शोरुम धनुषाको ढल्केवरमा

<p>काठमाडौं । बाथवेयर तथा सेनिटेरीवेयरका उत्पादक &#8216;बाथको&#8217;ले धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केवरमा आफ्नो नयाँ डिलर शोरुमको उद्घाटन गरेको छ । ढल्केवरमा सञ्चालित जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्सले बाथको प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन प्रबन्ध निर्देशक विकास कमार झाले गरेका थिए । ढल्केवरमा शोरुमको उद्घाटन गर्दै झाले मधेस प्रदेशमा जय अम्बे हार्डवेयर [&hellip;]</p>

काठमाडौं । बाथवेयर तथा सेनिटेरीवेयरका उत्पादक ‘बाथको’ले धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केवरमा आफ्नो नयाँ डिलर शोरुमको उद्घाटन गरेको छ ।

ढल्केवरमा सञ्चालित जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्सले बाथको प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन प्रबन्ध निर्देशक विकास कमार झाले गरेका थिए ।

ढल्केवरमा शोरुमको उद्घाटन गर्दै झाले मधेस प्रदेशमा जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्स बाथको नेपालको दोस्रो आधिकारिक विक्रेता रहेको जानकारी दिए । उनले यसअघि यो प्रदेशमा पहिलो पटक बाराको कलैयामा ‘बाथको’ को डिलर्स सञ्चालनमा ल्याइएको बताए ।

विगत ९ महिनादेखि बाथको नेपाल कम्पनीले उक्त ब्राण्डका सामाग्रीहरु भारतबाट नेपाल नियांत गर्दै आइरहेको छ र नेपालमा एक गुणस्तरीय, मल्टिनेशनल ब्राण्डका रुपमा आफ्नो पहिचान बनाउँदै आएको छ ।

प्रबन्ध निर्देशक भाका अनुसार हाल काठमाडौं, पोखरा, धरान, विराटनगर, विर्तामोड लगायतको प्रमुख शहरहरुमा बाथकोको आधिकारिक विक्रेता तोकिएको छ ।

ग्राहकहरुलाई सुविधा दिन दुई ठाउँ बाट वितरण गर्ने लक्ष्यका साथ कम्पनीको डिपो वीरगंज र काठमाडौंमा राखिएको छ । बाथकोले उत्पादन गर्दै आएको ब्रासबाट निर्मित सेनिटरी वेयर, बाथ फिटिङ्स, बाथ एक्सोसेरिजसहितका सामाग्रीहरुको ११ वर्षको वारेण्टी रहेको झाको छ ।

Share News