३५ वर्षदेखि अड्केको विद्युत आपूर्तिको समस्या समाधान, पिलुवा ३३ केभिको अण्डरग्राउण्ड जडान अनुमति
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा र बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले झण्डै ३ दशकभन्दा लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान गरेका छन् । समय-समयमा विद्युत अवरुद्ध हुने, ट्रीपीङ्ग हुने, भोल्टेज कम हुने, अघोषित रुपमा लोडसेडिंग हुने जस्ता समस्याहरुबाट सास्ती खेपीरहेका उद्योगीहरुले अब राहत पाउने भएका हुन् । मन्त्री यादवले लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ के.भि. क्षमताको अण्डरग्राउण्ड (भूमिगत) विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका हुन् । नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले मागेको अनुमति बुधवार मन्त्री यादवले स्विकृत गरेका हुन् । मन्त्री प्रदीप यादवले वन मन्त्रालयबाट अनुमति नपाएर रोकिएका सबै निर्माणका कामहरु तिव्र गतिमा अघि बढ्ने प्रतिबद्धता गरेअनुरुप विद्युत प्रसारण लाईन जडानको काम अघि बढ्ने भएको हो । पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्म करिब ४ हजार ८३० मीटर लम्बाईको ३३ केभि क्षमताको अण्डरग्राउण्ड विद्युत प्रसारण लाईन निर्माण हुने भएपछि बारा पर्साका उद्योगीहरुको माग पनि पूरा भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बताए ।
वर्षाका कारण देशभरका ५ सडक पूर्ण र १३ आंसिक अवरुद्ध
तस्बिर स्रोत: चिराक कुलको फेसबुकबाट काठमाडौं । वर्षाका कारण बाढीपहिराले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेको छ । मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ । रारा राजमार्गमा निरन्तर पहिराका कारण अवरुद्ध भएकामा अहिले एउटा निजी स्काभेटर भाडामा लिएर सडक खुलाउने प्रयास भइरहेको छ । साँफेबगर–मार्तडी–कोल्टे सडकमा वर्षा र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउन सकिने र अहिलेका लागि वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको विभागले जनाएको छ । शहीद मार्ग खुलाउनका लागि स्काभेटर परिचालनको तयारी भइरहे पनि अरु स्थानमा पहिरो गएकाले सो खण्डमा पुग्न कठीन भएको छ । मौरी पुलमा वर्षाका कारण अझै धेरै टुक्राटुक्री जम्मा भए पनि हटाउनका लागि सो स्थानमा उपकरण परिचालन गरिएको छ । हाल १३ सडक एकातर्फी रुपमा मात्रै सञ्चालनमा रहेका छन् । कोसी राजमार्गको सम्माटार, पृथ्वी राजमार्गको बाँसबारी, त्रिभुवन राजपथको छत्तीस खोला, डुम्रे–बेँसीशहर–चामे सडकको उदिपुर, म्यार्दी भीरमा सडक अवरुद्ध रहेको छ । कोसी राजमार्गको फक्सिन्डा दोभानबाट बरुण खोलासम्मको सडक, अरनिको राजमार्गको कोदारी र बसेरी, पुष्पलाल राजमार्गको खहरे र दोबिल्ला, कर्णाली राजमार्गको जारकोटको सडक पनि एकातर्फबाट मात्रै खुलाइएको छ । विसं २०७९ यता हालसम्म १९ राजमार्गको १०९ स्थानमा अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमध्ये ८९ सडक खुलिसकेको छ ।
पैसा नभएको भन्दै रोकियो काठमाडौं भ्यूटावरको काम, भेटवाललाई बैंकले पनि पत्याएन
काठमाडौं । निर्माणाधीन ‘काठमाडौं भ्यूटावर’को काम रोकिएको छ । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यूटावर’ निर्माणको काम विगत एक महिनादेखि रोकिएको हो । पैसाको अभाव भएपछि भ्यू्टावर निर्माणको काम रोकिएको बताइएको छ । भवन निर्माणको लागि कुनै पनि बैंकले निर्माण कम्पनीलाई कर्जा नदिएपछि निर्माण कार्य रोकिएको बताइएको हो । महानगरका अनुसार भ्यूटावर निर्माणको काम करिब ८० प्रतिशत सकिएको छ । काठमाडौं महानगरसँग निर्माण कम्पनीले सम्झौता गरेपछि २०७२ कार्तिकबाट उक्त भ्यूटावर निर्माणको काम सुरु भएको थियो । सो भ्यूटावर निर्माणको अनुमानित लागत ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ । काठमाडौं महानगरपालिकाले २०६८ सालमा पुरानो बसपार्क हटाएर सार्वजनिक– निजी साझेदारी मोडलमा बहुपयोगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो । सो कम्पनीले भाडामा लिएको जग्गामा व्यावसायिक कम्प्लेक्स निर्माण गरी ३० वर्षसम्म प्रयोग गर्ने र त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । टावरको निर्माण सुरुभए देखिनै भ्यूटावरको कामले गति लिन सकेको छैन । कोभिडका कारण पनि भ्यूटावर निर्माणको काम केही ढिला भएको काठमाडौं महानगरपालिकाका निर्देशक नुरनिधि न्यौपानेले बताए । ‘निर्माण कम्पनीले धेरै समय लगायो भने उसैलाई घाटा हो, ३० वर्षपछि त्यो भवन महानगरलाई नै हस्तान्तरण गर्नुपर्छ, निर्माण कम्पनले १५ वर्ष नै भवन निर्माण गर्न लगाए पनि महानगरलाई कुनै समस्या छैन,’ उनले भने । निर्देशक न्यौपानेका अनुसार टावर निर्माणमा महानगरको लगानी छैन । ‘मान्छेहरूले काठमाडौं महानगरपालिकाले सो टावरमा अर्बाैं रुपैयाँ खर्च गर्यो भन्छन्, तर महानगरले एक रुपैयाँ पनि खर्च गरेको छैन, सम्पूर्ण खर्च निर्माण कम्पनीले नै गरेको छ, उनले भने । काठमाडौं महानगरपालिकालाई घाटा हुने प्रोजेक्ट नभएको र महानगरले रेभिन्यु (राजश्व) मात्र उठाउने प्रोजेक्ट रहेको पनि न्यौपानेले बताए । भवन निर्माणको लागि छिटो निर्माण गरे निर्माण कम्पनीलाई नै फाइदा हुने महानगरपालिकाको भनाइ छ । निर्माण कम्पनीले भवन निर्माण सुरु गरेको गरेदेखि नै महानगरपालिकालाई राजश्व बुझाउँदै आएको छ । ‘भवन निर्माण गर्ने जिम्मा ठेकेदार कम्पनीको हो, राजश्व समयमा कलेक्सन महानगरले गर्छ, हालसम्म समयमा नै रेभिन्यू उठिरहेको छ, उसको कति रकम खर्च भयो, कँहाबाट पैसा ल्याएर महानगरपालिकालाई बुझाउँछ, कति बैंकमा ऋण छ, त्यो हाम्रो विषय हैन,’ उनले भने । निर्माण कम्पनीले काठमाडौं महानगरलाई वार्षिक एक करोड ७५ लाख रुपैयाँ वार्षिक रेभिन्यु बुझाउँदै आएको छ । सो भवन निर्माण जति ढिला गर्याे त्यति महानगरपालिकालाई फाइदा छ, यसमा महानगरपालिकाले ताकेता लगाउने जरुरी नरहेको पनि न्यौपानेले बताए । सो भवन निर्माण गर्दा करिब ४ अर्ब रुपैयाँ खर्च भइसकेको अनुमान काठमाडौं महानगरपालिकाले गरेको छ । ‘टावर निर्माण ढिला गरे निर्माण कम्पनीलाई नै घाटा हुन्छ, बैंकको ब्याज बढ्छ, छिटो निर्माण गरे निर्माण निर्माण कम्पनीलाई नै फाइदा हुन्छ,’ उनले भने । ‘लगानी डुबोस् भन्ने महानगरको चाहना होइन, उसको लगानी चाँडो भन्दा चाँडो रिटर्न होस् महानगरपालिकाले पनि कल्पना गरेको छ, तर भवन निर्माण सुरु भएको ७ वर्ष हुन लाग्यो, भवन निर्माणको काम नै अझै सक्न बाँकी छ, निर्माण कम्पनीले पनि लगानी छिटो उठाउनको लागि टावरको निर्माण सुरु गर्नु पर्ने हो, पछिल्लो समय हेर्दा उसैले चासो नदेखाएको देखिन्छ, निर्माणको काम ढिला भएको कारण अप्ठ्यारोमा ठेक्दा कम्पनी परेको छ,’ उनले भने । सम्झौतामा ५ वर्ष भित्र भवन निर्माणको काम सक्ने भन्ने उल्लेख छ । तर, ७ वर्ष हुँदा समेत भवन निर्माणले गति लिन सकेको छैन । १२ तलको भवन हो १० तल्लाको काम भइसकेको छ । महानगरका अनुसार सो भवनको ८० प्रतिशत काम भइसकेको छ । भवनको फिनिसिङ गर्ने काम बाँकी रहेका छ । निर्माण कम्पनीले भने महानगरपालिकालाई टावको काम भइ रहेको बताउँदै आएको छ । भेटवालले नबनाए सर्ने महानगर सर्ने महानगर स्रोतका अनुसार काठमाडौं भ्यूटावरको काम ठेकेदार मनोज कुमार भेटवालले बनाउन नसके आफै बनाएर सर्ने तयारीमा महानगर छ । ठेकेदारले बनाउन नसके महानगरले भवनको फिनिसिङ गरेर महानगरको कार्यालय सराउने योजना महानगरको छ । ‘महानगरको नाममा जग्गा छ, आफ्नो क्षेत्रमा गएर बस्नु महानगरको लागि ठूलो कुरा हैन, ठेकेदार कम्पनीले नै भवन निर्माण गरेर बसेको राम्रो हो, हैन अब भवन निर्माण गरेर हामी बस्न सक्दैनौं भनेर निर्माण कम्पनीले छाड्यो भने महानगरको सम्पत्ति भएकाले महानगरको अफिस त्यहाँ बस्छ,’ महानगर स्रोतले भन्यो । महानगरपालिकाको कार्यालय अहिले ९ ठाउँमा छन् । महानगरको आफ्नै भवन नहुँदा करोडौं रूपमा भाडा तिरेर महानगर विभिन्न ठाउँमा बसको छ । उसले छाड्यो भने महानगरको भवन त्यहाँ बस्ने स्रोतको भनाइ छ । महानगरपालिकाले यस प्रोजेक्टलाई भाले प्रोजेक्टको रूपमा लिएको छ । भेटवालले सो भवन निर्माण गर्न सक्दिन भने महानगर गएर बस्ने योजना बनाएको हो । निर्माण कम्पनीको टावर निर्माण धेरै लगानी फसेको छ । सो भवन अब नबनाएर त्यतिकै छाडि दिए महानगरपालिकालाई फाइदा हुने महानगरको भनाइ छ । भ्यूटावर १२ तलाको हुने काठमाडौं महानगरपालिका अनुसार काठमाडौं भ्यूटावर १२ तल्लाको मात्र निर्माण हुनेछ । काठमाडौं महानगरपालिकासँगको सम्झौतामा २९ तले भ्यूटावर निर्माण गरिने उल्लेख गरिएको थियो । २९ तले टावर निर्माण गर्ने भनिए पनि हाललाई १२ तल्लाको मात्रै नक्सा पास भएको छ । भूकम्पपछि १२ तल्लाभन्दा अग्ला भवन निर्माण गर्न रोक लगाइएको छ । २९ तले भ्यूटावर भनिए पनि सुरुमा १२ तले बनाउने र पछि थप्दै जाने निर्माण कम्पनीको योजना छ । १२ तलामध्ये दुई तले भूमिगत पार्किङ रहनेछन् । १२ तलामध्ये हाल ११औं तलाको काम भइरहेको छ । ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको थियो । नेपाली कला र संस्कृति झल्काउने गरी भ्यूटावर बनाउने भनिएको छ । ६ महिना भित्र टर्मिनल बस सञ्चालनमा आउने निर्माण कम्पनीले काठमाडौं महानगरपालिकालाई ६ महिनाभित्र बस टर्मिनल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ठेकेदार भेटवालको बिचको भेट वार्तामा सो कुरा भएको हो । मेयर बालेन निर्वाचित भएको केही महिना पश्चात् नै बालेनको भेट भेटवालसँग भएको थियो । अन्डर ग्राउन्डको २ तलामा बस टर्मिनल हुनेछ । बस टर्मिनल सञ्चालनमा आएपछि माथिका तलाको जिम्मा भेटवालको हुन्छ । सो भवन बन्दै गर्दा खुल्ला मञ्चमा बसपार्क बनाइएको थियो । त्यहाँ विरोध भएपछि बासपार्क हटेको थियो । सो ठाउँमा अहिले बसपार्क छैन ।
सप्तरीमा एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए
सप्तरी । लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन् । करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको सो कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारीदिनुभयो । उनका अनुसार घटनामा १२ महिला, आठ पुरुष र छ बालक घाइते भए । ज्यान गुमाउनुको मुख्य कारण मानवीय लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ । बुधबार मात्र जिल्लाको कञ्चनरुपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भन्ने सौदानन्द सरदारको समेत मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरआँगनमा रहेको ट्युबेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्यचौकी कञ्चनरुप लगिएको थियो । स्वास्थ्यचौकीमा परीक्षण गर्दा चिकित्सकले दुवै जनाको मृत्यु भएको घोषणा गरेका थिए । यसैगरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुःखी साहको छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी
खार्तुम । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो । यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले यहाँको अवस्था नाजुक बन्दै गएकोले यहाँका नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । यहाँ जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ । हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ । आगामी दिनमा यदि अहिलेजस्तै सङ्कट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ । रासस/सिन्हवा
नबिल बैंकले माग्यो कृषि सल्लाहकार
काठमाडौं । नबिल बैंकले कृषि सल्लाकार मागेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशन गर्दै पहिलो तहको कृषि सल्लाकारको लागि १ जना कर्मचारी मागेको हो । बैंकका अनुसार पहिलो तहको सल्लाकारका लागि कृषि क्षेत्रमा ब्याचलर पास भएको र बैंक तथा वित्तिय संस्थामा ५ वर्षको काम गरेको हुनुपर्नेछ । साथै, सो व्यक्तिको प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हनुपर्नेछ । इच्छुकले आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर साउन २५ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
शुभलक्ष्मी कोषले ५१ प्रतिशतसम्मको प्रतिफल दिने
काठमाडौं । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष योजना बिक्री खुला गरेको छ । यसअघि नै दुई वटा म्युचुअल फण्ड जारी गरिसकेको क्यापिटलले बिहीबार तेस्रो फण्ड जारी गरेको हो । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने शुभ लक्ष्मी कोष योजना खुलामुखी म्युचुअल फण्डको अवधि नरहेको क्यापिटलले जनाएको छ । कोष प्रवद्र्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको शुभ लक्ष्मी कोष योजनाको आकार ५० करोड रुपैयाँ छ । क्यापिटलको उक्त योजना खरिद गर्नका लागि १ सय इकाईदेखि ५० लाख इकाईसम्म सकिन्छ । फण्डको इकाईमा छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँका दरका ५ करोड इकाईमध्ये ७५ लाख वा १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई, ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गरेको हो । कोष प्रवद्र्धकमा लक्ष्मी बैंक योजना व्यवस्थापक कम्पनी लक्ष्मी क्यापिटलमा बैंकको सत प्रतिशत लगानी छ । बैंकमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीहरुको र ४९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको छ । यस्तै, शुभलक्ष्मी कोष म्युचुअल फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल धितोपत्र व्यवसायी मर्चेन्ट बैंकरको रूपमा २०७० साउन ४ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको संस्था हो । कम्पनीले आफ्नो सेवालाई विविधीकरण गर्दै सेयर प्रत्याभूती सेवा, सेयर रजिष्ट्रार सेवा, लगानी व्यवस्थापनको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले बोर्डबाट २४ जेठ २०६९ मा निक्षेप सदस्य र २७ साउन २०७० मा योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य अनुमति पाएको हो । क्यापिटलको अध्यक्षमा बैंक तथा वित्तीय क्षेत्रमा २२ वर्ष बढिको अनुभव संगालेका सुमेद भट्टराई छन् । उनी लक्ष्मी बैंकमा उप-प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव सापकोटा कार्यरत छन् । सीईओ सापकोटासँग बैंक तथा वित्तीय क्षेत्रमा २१ बर्ष भन्दा बढिको अनुभव छ । साथै लक्ष्मी बैंकमा प्रमुख संस्थागत बैकिङ्ग तथा व्यवसाय विकासको रुपमा कार्यरत छन् । योजनाको उद्देश्य योजनाले इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बजारमा लगानी गरी दक्ष लगानी सेवाद्धारा योजनाका लगानीकर्तालाई उचित प्रतिफल दिने साथै खुलामुखी सामुहिक लगानी योजनाको बारेमा लगानीकर्ताहरुमा जनचेतना अभिवृद्धि गराई उनीहरुको बचत रकम इकाई बिक्रीको माध्यमबाट पुँजी बजारमा परिचालन गरी दोश्रो बजारको दिगो विकासमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाका इकाईहरु निष्काशन गरिएको जनाएको छ । कहाँ लगानी गर्छ ? योजनाबाट उठेको रकमलाई नेपाल धितोपत्र बोर्डमा दर्ता भएका वा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका सेयर, डिवेन्चर तथा अन्य धितोपत्रहरु, बैंक तथा वित्तीय संस्थामा निक्षेप र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई लगानी गरिने क्षेत्रहरुमा लगानी गर्नेछ । यीमध्ये जुन क्षेत्रमा मनग्य वा राम्रो प्रतिफल आउँछ सोही क्षेत्रमा फण्डबाट संकलन रकमलाई लगानी गर्ने योजना क्यापिटलको छ । कति देला प्रतिफल ? क्यापिटलले यसअघि लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको लक्ष्मी भ्यालु फण्ड-१ (बन्दमुखी योजना) परिपक्व भईसकेको छ । त्यस्तै, लक्ष्मी इक्विटी फण्ड (बन्दमुखी योजना) र लक्ष्मी उन्नती कोष (बन्दमुखी योजना) संचालन गरी नेप्सेमा कारोबार समेत भइरहेको छ । क्यापिटलले लक्ष्मी भ्यालु फण्ड-१ का इकाईधनीहरुलाई जम्मा ६५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । यस्तै, क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई ४४.२५ प्रतिशत लाभांश वितरण गरेको छ भने लक्ष्मी उन्नती कोषका इकाईधनीहरुलाई २० प्रतिशत प्रतिफल वितरण गरेको छ । यसअघिका म्युचुअल फण्डले राम्रो प्रतिफल वितरण गरेकाले शुभलक्ष्मी कोषले पनि इकाईधनीहरुलाई राम्रो प्रतिफल दिनसक्ने अनुमान गरिएको छ । क्यापिटलको शुभलक्ष्मी कोष योजनाको रकमलाई विभिन्न क्षेत्रमा लगानी गरिनेछ । सोही क्षेत्रमा गरेको लगानीबाट उठेको आम्दानीलाई सबै छट्याएर इकाईधनीहरुलाई प्रतिफल दिनेछ । जसमा कम्पनीले ५ वर्षको प्रतिफल प्रक्षेपण गरेको छ । योजनाले पहिलो वर्ष ३७ प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत, तेस्रो वर्ष ४३ प्रतिशत, चौथो वर्ष ४७ प्रतिशत र पाचौं वर्ष ५१ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ । रेटिङ पनि राम्रो लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत जारी गर्न लागेको शुभलक्ष्मी कोष योजनाको क्यापिटललाई इक्रा नेपाल इक्रा एनपी एमसी क्वालिटी थ्रीप्लस एमसी थ्रीप्लस प्रदान गरेको छ । जसले व्यवस्थापनको गुणस्तरमा राम्रो दख्खलता भन्ने जनाउँदछ ।
नाफामा एनएमबि, प्राइम र सिद्धार्थ बैंकबीच टक्कर, करोडबाट अर्ब क्लबमा नेपाल एसबिआई
काठमाडौं । १९ वटा वाणिज्य बैंहकहरुले गत वर्ष असार मसान्तसम्ममा साढे ५३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष ४३ अर्ब ९२ करोड ४६ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकहरुले गत वर्ष ५३ अर्ब ६३ करोड ८३ लाख २८ हजार रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.११ प्रतिशत बढी हो । गत आर्थिक वर्षको वित्तीय विवरण १९ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका हुन् भने ७ वटा वाणिज्य बैंकले सार्वजनिक गर्न बाँकी रहेको छ । १९ वटा बैंकमध्ये ३ वटा बैंकको नाफामा गिरावट आएको छ भने अन्य बैंकको बढेको छ । नाफा आर्जनमा एनएमबि बैंक आक्रामक देखिएको छ । अघिल्लो वर्ष प्राइम कमर्सियल बैंकको भन्दा कम नाफा कमाएको बैंकले यसपटक उसैलाई पछाडि पारेको छ । १९ बैंकमा एनएमबि तेस्रो स्थानमा छ भने प्राइम चौथोमा झरेको छ । यी दुइ बैंकबीच नाफा आर्जनमा रोचक प्रतिस्पर्धा देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब क्लमा रहेका कृषि विकास र सानिमा बैंकको नाफा घटेर २ अर्ब क्लबमा सिमित भएका छन् । यता हिमालयन बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्ष झण्डै ३ अर्ब क्लब नजिक रहेको हिमालयनको १७.२२ प्रतिशत नाफा घटेको हो । एक नम्बरको ताज भिरिरहेको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेर टपमा छ । ग्लोबल आइएमई बैंकलाई एनआईसी एशिया बैंकले पछ्याइरहेको छ, एनआईसी एशिया बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले । ग्लोबल र एनआईसी बैंकबीच पहिलो बन्न प्रतिस्पर्धा भइरहेको छ भने नेपाल इन्भेष्टमेन्टको दुबै बैंकसँग प्रतिस्पर्धा छ । एनएमबि, प्राइम र सिद्धार्थ बैंक ३ अर्ब क्लबमा प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै, कुमारी, प्रभु, एभरेष्ट, हिमालयन, कृषि विकास, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटजन्स, माछापुच्छ्रे, सनराइज र एनसीसी बैंकले २ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । अघिल्लो वष लक्ष्मी बैंकको भन्दा कम नाफा आर्जन गरेको नेपाल एसबिआईले यसपटक भने ७० प्रतिशत छलाङ मार्दै लक्ष्मीलाई पछि पारेको छ ।