विकासन्युज

महोत्तरीको गौशाला नगरपालिका कार्यालय प्रमुखमाथि नै १२ करोडमाथि बेरुजु

महोत्तरी । महोत्तरी स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनी माथि सो बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७६/७७ को प्रारम्भदेखि उनी सो नगरपालिकामा कार्यरत छन् । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७/७८ सम्म १२ करोड बेरुजु नाघेको हो । उनीमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने छ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने ७७ लाख ९० हजार र पेश्की दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८/७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ । कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७/७८ सम्ममा नगरपालिकाको गत वर्ष (२०७६/७७) को ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो । पछिल्लो आव २०७७/७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ । रासस

पुँजीकोषमा वाणिज्य बैंकभन्दा सहकारी बैंक बलियो छ, लाभांश पनि १५ प्रतिशत पुर्याइसक्यौं : बद्री गुरागाईं

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद गुरागाईंले राष्ट्रिय सहकारी बैंक मजबुद र बलियो बन्दै गएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसमा आफ्नो धारणा राख्दै उनले सदस्यहरुको सहजता, उत्पादन क्षेत्रको विकाससँगै उत्कृष्ट वित्तीय सेवा दिनमा सहकारी बैंक एक अब्बल संस्थाका रुपमा देखिएको बताएका हुन् । हुन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम पुँजी कोष ८ प्रतिशत तोकेको बताउँदै उनले सहकारी बैंकको १३ प्रतिशतभन्दा बढी रहेको बताए । उनका अनुसार राष्ट्रिय सहकारी बैंकले कर्जा लगानी पनि संयमित भएर गरिरहेको छ । यस्तै, उनले बैंकले सेयरधनीलाई लाभांश पनि बढाउँदै लगेको धारणा राखे । ‘हामी विभिन्न सूचकमा बलियो बन्दै गएका छौं, २० वर्षको यात्रा आफैमा गौरवमय क्षण हो, हामीले सदस्यहरुको क्षमता अभिवृद्धसँगै वित्तीय सेवामा मजबुद बन्दै गएका छौं, लाभांश पनि १५ प्रतिशत वितरण गर्न सक्षम भइसकेका छौं,’ उनले भने । यस्तै, उनले बैंकले बैशाखसम्म ५० अर्ब ६८ करोड बचत गरेकोमा कुल ३७ अर्ब उत्पादन क्षेत्रमा मात्रै कर्जा प्रवाह गरेको बताए । उनले १९.४९ प्रतिशत कर्जा कृषिमै लगानी भएको बताए । अन्तर्राष्ट्रिय सहकारीसँग पनि सहकार्य भइरहेको बताउँदै उनले सदस्यलाई तालिम शिक्षा, सहकारीको स्तर मापनसँगै सहकारीमा प्रविधिको विकास र प्रयोगका लागि बैंकले महत्वपूर्ण काम गरिरहेको र अझै गर्दै जाने धारणा राखे । ‘हामी नविनतम् सूचना प्रविधिमा आधारित एटीएम कार्ड वितरण गर्दैछौ, अब सो कार्डमार्फत् रियल टाइममा पनि पैसा निकाल्न सकिन्छ, दुर्गम ठाउँमा बसेको सहकारीले इ–बैंकिङ सर्भिस लियो भने पैसा राख्न र झिक्न सक्ने योजना पनि बनाइरहेका छौं, अब सहकारीका सेवा प्रविधिमैत्री हुनु पर्छ भन्ने हाम्रो अवधारणा हो,यसका लागि काम गरिरहेका छौं,’ उनले भने । यस्तै, उनले भेन्डरहरुसँग सहकार्य गरेर क्यूआरकोड वितरण गर्ने बताए । नेपाल सरकारले लागू गरेको कोपोमिसमा पनि सहकारीहरुको आवद्धतता बढाउनका लागि बैंकले पनि भूमीका खेलिरहेको उनको भनाइ छ ।

सिरहामा एक हजार आठ सय ६५ नयाँ उद्योग दर्ता

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र ‘लोडसेडिङ’ले समेत खासै असर नपर्ने भएपछि जिल्लामा त्यस्ता उद्योग दर्ता गराउने क्रम बढेको हो । आर्थिक वर्ष २०७८/७९ मा एक हजार आठ सय ६५ नयाँ उद्योग दत्र्ता हुदाँ त्यसमा एक हजार २४३ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । दर्ता भएको नयाँ कृषिजन्य उद्योगमा कृषि, पशुपक्षी र माछापालनसम्बन्धी एक हजार एक सय २०, पशुपालनसम्बन्धी ७१, माछापालनसम्बन्धी १२, दुग्धजन्य उद्योग १४ वटा दर्ता भएको कार्यालय प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए । यस्तै आव २०७८/७९ मा सेवामूलक उद्योग चार सय ७७, उत्पादनमूलक उद्योग एक सय ४५ वटा दर्ता भएको प्रमुख यादवले बताए । यससँगै सिरहामा कृषि तथा वनजन्य उद्योग चार हजार १३, उत्पादन उद्योग एक हजार सात सय ५७ र सेवा उद्योग चार हजार सात १५ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या १० हजार तीन सय १५ पुगेको प्रमुख यादवले जानकारी दिए । यस्तै आव २०७८/७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट एक करोड ८१ लाख ३३ हजार दुई सय ९८ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव २०७७/७८ मा एक हजार नौ सय १३ नयाँ उद्योग दर्ता भएको थियो । अघिल्लो आव २०७७/७८ मा पनि सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय २२, सेवा उद्योगतर्फ छ सय पाँच र उत्पादन उद्योगतर्फ एक सय ८६ उद्योग दर्ता भएको थियो । अघिल्लो आव २०७७/७८ मा कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरापालनका १७ वटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । जिल्लास्थित बैंक तथा वित्तीय संस्थाबाट कृषिजन्य उद्योगमा ऋण लगानी हुन थालेको र अन्य उद्योगभन्दा कृषिजन्य उद्योगलाई बढ्दो लोडसेडिङले खासै असर नपार्ने भएकाले कृषिजन्य उद्योगतर्फ स्थानीयवासी आकर्षित भएको प्रमुख यादवको भनाइ छ । रासस

पहिराले अवरुद्ध थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालन

दमौली । पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो । म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने उनले बताए ।

श्रीएअरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताए । ‘काठमाठौंबाट इञ्जिनीयरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ’चौधरीले भने । विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फूल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक चाँच सुरू भएको बताइएको छ । जाने सडक कालोपत्र गरिएको छ । प्रदेश समपूरक कोषबाट ३४ लाख लागतमा दुई सय ४० मिटर सडक कालोपत्र भएको हो ।

सिटिजन्स बैंकका ग्राहकलाई रुपन्देहीको राजी क्लिनिकम विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले  रुपन्देहीस्थित रा।जी। क्लिनिकसाग सम्झौता गरेको छ । बैंकका ग्राहकला२ विभिन्न उपचार सेवामाछुट दिन बैंकले उक्त सम्झौता गरेको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा।जी। क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् भने ६५ वर्ष भन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशत सम्म छुट दिइनेछ । यसका साथै, बैंकका ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् । दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नुको साथै गद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास रहेको बैंकले जनाएको छ ।

गुल्मीमा एक वर्षमा मात्र १० किलोमिटर सडक कालोपत्र

तम्घास । गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दैआएका छन् । मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्र नै भएको छैन । बाँकी तीन कार्यालयबाट थोरै–थोरै मात्रामा सडक कालोपत्र भएको छ । कालोपत्र गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तर्गतका ठेक्काबाट ८.५ किलोमिटर छ । तम्घास–रेसुङ्गा सडकअन्तर्गत गड्जुरादेखि माथिल्लो भागको तीन किलोमिटर सडक पक्की गरिएको छ । आशिष रामेछाप जेभीले भ्याटबाहेक कूल १५ करोड १९ लाखमा ६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । कालोपत्र नभएको बाँकी तीन किलोमिटरमा ग्राभेलिङदेखि नाली निर्माणसम्मको काम सकिएको छ । हालसम्म कम्पनीको नाममा ११ करोड ९६ लाख ८० हजार भुक्तान भइसकेको छ । तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी–नेटाखर्क– डुवा छिर्ने–पटौती–प्युठान सडकअन्तर्गत तीन किलोमिटर सडक पक्की भएको छ । सडकको खाम्सेपानी–चेक्मी खण्डमा रु चार करोडभन्दा बढीको लागतमा सडक कालोपत्र भएको हो । विसं २०७४ असार ३० गते पूर्वाधार विकास कार्यालयसँग बज्रगुरु कन्ट्रक्सन प्रालीले पूर्वाधार विकास कार्यालयसँग कामको सम्झौता गरेको थियो । कालोपत्रको काम पूर्णरुपमा नसकिए पनि ९५ भन्दा बढी काम सकिएकाले कार्यालयले पक्की सडकको सूचिमा राखेको छ । खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाँडा–सेउघाअन्तर्गतको २.५ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०७४ असार ३० गते मोतिदान राजेश्वरी सुनिल समिर जेभीले भौतिक पूर्वाधार कार्यालयसँग सम्झौता गरेको थियो । कूल ४.५ किलोमिटर सडक कालोपत्रका लागि कम्पनीले भ्याटबाहेक नौ करोड ४६ लाख ७३ हजारमा सम्झौता गरेको थियो । अहिलेसम्म कम्पनीको नाममा चार करोड भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले जानकारी दिए । सङ्घीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत एक सय १२ मिटर सडक कालोपत्र गरिएको छ । रेसुङ्गा नगरपालिकाको पुनारो बजारदेखि हाटबजारसम्मको सडक कालोपत्र गरिएको हो । कूल रु ८५ लाखमा सडक कालोपत्र, तीन सय दुई मिटर कालोपत्रमा थप, वडा नम्बर २ मा नाली निर्माण र रेसुङ्गा–७ मा कभर्ड हल निर्माण गरेको कार्यालयका सव–इन्जिनियर नारायण बुढामगरले जानकारी दिए । रुद्रवेणी–वामीटक्सार सडकअन्तर्गतको वामी बजारको दुई किलोमिटर सडक कालोपत्र गरिएको छ । सिद्धार्थ श्रेष्ठ जेभीले आर्थिक वर्ष २०७६/७७ मा सडक डिभिजन पाल्पासँग सम्झौता गरेको हो । सडकको वेस पहिले नै तयार भइसकेको कार्यालयका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए । गत आवमा रेसुङ्गा नगरपालिका–७ भेटेनरी कार्यालय जाने सडक कालोपत्र गरिएको छ । प्रदेश समपूरक कोषबाट ३४ लाख लागतमा दुई सय ४० मिटर सडक कालोपत्र भएको हो । रासस

१ खर्ब बढी पुग्यो मुक्तिनाथ विकास बैंकको निक्षेप, नाफा १८.४७ प्रतिशत बढ्दा ईपीएस कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकको निक्षेप संकलन १ खर्ब भन्दा बढी पुगेको छ । विकास बैंकहरुमा १ खर्ब भन्दाबढि निक्षेप पुर्याउने मुक्तिना विकास पहिलो बैंक हो । गत वर्ष असार मसान्तसम्ममा बैंकको निक्षेप संकलन १ खर्ब ४ अर्ब ६५ करोड ५३ लाख ७० हजार रुपैयाँ पुगेको हो । जुन अघिल्लो वर्षको तुलनामा २०.४३ प्रतिशत बढी हो । यसअघि अघिल्लो वर्ष बैंकको निक्षेप ८६ अर्ब ९० करोड २९ लाख १४ हजार रुपैयाँ थियो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १८.४७ प्रतिशत खुद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष बढेर बैंकले १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि १८ पैसा बढेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २२ पैसा पुगेको छ । अघिल्लो वर्ष २४.०३ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै, गत वर्ष बैंकको खुद ब्याज आम्दानी पनि २१.०८ प्रतिशत बढेर ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ८६ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष असार मसान्तसम्म वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८१ प्रतिशत घटेको हो । बैंकको खुद फि तथा कमिसन आम्दानी २२.२२ प्रतिशत घटेर ४४ करोड ५६ लाख ५६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ४१ लाख ८२ हजार रुपैयाँ र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढेर ३ अर्ब ७९ करोड ३१ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेर ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ, जगेडा कोष २१.०१ प्रतिशत बढेर २ अर्ब ४४ करोड ४३ लाख ३८ हजार रुपैयाँ र कर्जा १९.१८ प्रतिशत बढेर ८६ अर्ब ९० करोड १९ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।