३५ वर्षदेखि अड्केको विद्युत आपूर्तिको समस्या समाधान, पिलुवा ३३ केभिको अण्डरग्राउण्ड जडान अनुमति

<p>काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा र बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले झण्डै ३ दशकभन्दा लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान गरेका छन् । समय-समयमा विद्युत अवरुद्ध हुने, ट्रीपीङ्ग हुने, भोल्टेज कम हुने, अघोषित रुपमा लोडसेडिंग हुने जस्ता समस्याहरुबाट सास्ती खेपीरहेका उद्योगीहरुले अब राहत पाउने भएका हुन् । मन्त्री यादवले [&hellip;]</p>

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा र बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले झण्डै ३ दशकभन्दा लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान गरेका छन् । समय-समयमा विद्युत अवरुद्ध हुने, ट्रीपीङ्ग हुने, भोल्टेज कम हुने, अघोषित रुपमा लोडसेडिंग हुने जस्ता समस्याहरुबाट सास्ती खेपीरहेका उद्योगीहरुले अब राहत पाउने भएका हुन् ।

मन्त्री यादवले लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ के.भि. क्षमताको अण्डरग्राउण्ड (भूमिगत) विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले मागेको अनुमति बुधवार मन्त्री यादवले स्विकृत गरेका हुन् ।

मन्त्री प्रदीप यादवले वन मन्त्रालयबाट अनुमति नपाएर रोकिएका सबै निर्माणका कामहरु तिव्र गतिमा अघि बढ्ने प्रतिबद्धता गरेअनुरुप विद्युत प्रसारण लाईन जडानको काम अघि बढ्ने भएको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्म करिब ४ हजार ८३० मीटर लम्बाईको ३३ केभि क्षमताको अण्डरग्राउण्ड विद्युत प्रसारण लाईन निर्माण हुने भएपछि बारा पर्साका उद्योगीहरुको माग पनि पूरा भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बताए ।

Share News