विकासन्युज

आईपे रेमिटकाे गीतमा टिकटक बनाई जिताैं २० हजार

काठमाडौं । तिजलाई लक्षित गर्दै आईपे रेमिटले ‘तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ । यस योजना अन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना विजेताले हरेक दिन मोबाइल टपअपमा ५०० रुपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले १५ हजार र बम्पर पुरस्कारमा १ जान विजेताले २० हजार प्राप्त गर्नेछन् । यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगाएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरैभन्दा धेरै कारोवार गरि योजनालाई सफल वनाइदिन कम्पनीले आग्रह गरेको छ । नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २० हजारभन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ । यस योजना भदौ १० गतेदखि असोज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

ताइवानले १४.९ प्रतिशतले बढायाे रक्षा बजेट

काठमाडौं । ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि सो प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाब बढेको छ। प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुन्द्री तथा हवाई उडानलगायतका कार्यक्रमका लागि एनटीडी १०८.३ समावेश गरिएको छ । प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक युद्ध जेटका लागि एनटीडी १०८.३ र समुद्री तथा हवाई लडाई क्षमता बढाउनका सो लागि कार्यक्रम समावेश गरिएको छ। अर्को विशेष कोष समावेश भएमा कुल बजेट एनटीडी ५८६.३ अर्ब पुग्ने निक्की एशियाले रिपोर्ट गरेको छ। बजेट अब विधायिका युआनमा अनुमोदनको लागि पठाइनेछ जुन अर्को महिनादेखि शुरु हुँदैछ। पछिल्लो समय ताइवान बढ्दो चिनियाँ आक्रामकतासँग जुधिरहेको बताइएको छ । बेइजिङले यस महिनाको शुरुमा आफ्नो ताइवान वरिपरि आफ्नो सबैभन्दा ठूलो सैन्य अभ्यास सञ्चालन गरेपछि आफ्नो सुरक्षा गर्ने क्षमतामा ताइवानलाई थप चिन्ता बढेको प्रतिवेदनहरूले उल्लेख गरेका छन् । सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि पिपुल्स लिबरेसन आर्मीले ताइवान र यसको बाहिरी टापुहरू वरपर विमान, ड्रोन, क्षेप्यास्त्र र युद्धपोतहरूको तैनाथी बढाएको छ । रासस

बालेन भन्छन् : नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिगारेँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अल्फाबिटा कम्लेक्समा डोजर चलाएर आफुले केही गल्ति गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत् उनले अल्फाबिटा कम्लेक्समा डोजर चलाएर केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ, अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला, नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनु होला ।’

महालक्ष्मी विकास बैंकले ल्यायो ९ प्रतिशत ब्याज दिने खाता, मासिक भुक्तानी गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान गरिने बैंकले जनाएको छ । बैंककाे अनुसार न्यूनतम मौज्दात ५०० रुपैयाँमै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुने छ । बैंकले देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने जनाएको छ । बैंकले ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

अल्फाबिटाका सञ्चालक मेयर बालेन विरुद्ध अदालत जाने

काठमाडौं । काठमाडौं बानेस्वरस्थित अल्फाबिटा कम्पलेक्सका सञ्चालक बालेनको कदमविरुद्धमा कानूनी उपचारको लागि अदालत जाने भएका छन् । बिहीबार काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो भवनको संरचना भत्काएपछि विकासन्युजसँग प्रतिक्रिया दिँदै कम्पलेक्सका सञ्चालक द्वीराज राज शर्माले सो कुरा बताएका हुन् । सञ्चालक शर्माले आफुहरुको कुरा सुन्ने अवसर नदिइकन नै मेयर बालेन एक्सनमा आएकाले आफुहरुले सचेत मानिसहरुको कुरा सुनेर अदालत जाने बताएका छन् । कम्पलेक्सका सञ्चालका शर्माले मेयर बालेनले आफ्नो भवनको विषयमा यथार्थता नै नबुझीकन एक्सन लिएको उनको भनाइ छ । ‘मेयर बालेन हाम्रो भवनको विषयमा सबै कुराहरु थाहा भएन, उहाँले नक्सा हेरेको भरमा संरचना भत्काउने निर्देशन दिनुभयो’, उनले भने, ‘यसको विषयमा वास्तविकता र कागजी कामको विषययमा सबै कुरा मलाई थाहा छ, तर, हाम्रो तर्फबाट सबै कुरा स्पष्ट पार्ने समय नदिइकिन उहाँ एक्सनमा जानुभो, अब यसको सत्यतथ्य राखेर हामी कानूनी उपचारमा जान्छौं ।’ महागरपालिकाले निकालेको ३५ दिने सूचना आँफुहरुले थाहा नपाएको सञ्चालक शर्माको भनाइ छ । ‘यो बीचमा म कामको शिलशिलामा धेरै ठाउँमा पुगेँ मलाई थाहा नै भएन’, उनले भने । आफुहरुले गैरकानूनी काम नगरेको र भवनको अन्डरग्राउन्ड क्षेत्रलाई व्यवसायिक प्रयोजन गर्नको लागि नगरपालिकामा जरिवाना समेत तिरेको उनले बताए । ‘हाम्रो गैरकानूनी काम केही पनि छैन, अन्डरग्राउन्डमा हामीले पार्किङ प्रयोग नगर्ने भनेर व्यवसायिक प्रयोजनका लागि कर तिरेर त्यसलाई मिलाएका छौं’, उनले भने, ‘किनभने अगाडि बाटो बढ्ने वित्तिकै हामीलाई पार्किङको लागि उपयोग गर्ने स्थिति भएन, त्यसपछि वडा र नगरपालिकाले त्यसलाई कमर्सियलकै हिसाबले हुनेगरी हामीसँगबाट जरिवाना सहित पैसा लिइसकेको छ’, उनले भने । आफुहरुले जरिवाना समेत तिरेर पार्किङ क्षेत्रलाई व्यवसायिक ढंगले प्रयोग गरेको कुरा नबुझिकन मेयरले एक्सन लिएको सञ्चालकले गुनासो व्यक्त गरेका छन् । ‘हामीले झण्डै ३ रोपनी जति पार्किङको लागि महिनाको २ लाख रुपैयाँ तिरेर प्रयोग गरिरहेका छौं, अरु बैकल्पिक पार्किङको व्यवस्था मिलाएका छौं’, उनले भने, ‘पहिले पार्किङको व्यवस्था थियो, सडक विस्तारको कारणले गर्दा त्यो उपयोगी हुन सकेन, त्यसले गर्दा सो क्षेत्रलाई कमर्सियल रुपमा नै प्रयोग गर्नको लागि जरिवाना तिरेर प्रयोग गर्यौं । तर, त्यो विषयमा मेयरले थाहा नपाइकन उहाँले एक्सन लिनुभो ।’

सिजी इलेक्ट्रोनिक्सले ल्यायो दशैं तिहार अफर, ४६ हजारसम्मको क्यासब्याक पाइने

काठमाडाैं । सिजी इलेक्ट्राेनिक्सले दशैं-तिहार उपहार योजना बजारमा ल्याएकाे छ । कम्पनीले दशैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको हाे । यस योजना अन्तर्गत ग्राहकले ४६ हजारसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने सक्नेछन् । कम्पनीकाे अनुसार ग्राहकहरुले सिजी ब्राण्डका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक पाउन सक्नेछन् । साथै, ग्राहकले सिजीका ४३ इन्चसम्मका टेलिभिजनहरुको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्चभन्दा माथिका टेलिभिजनहरुमा २.१ स्पिकर उपहार पाउन सकिनेछ । त्यसैगरी, सिजी डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एलजी. किङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ केजी एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ केजी एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा एसीको खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् । यो योजना कम्पनीले भदाै ९ गतेदेखि देशभरमा सिमित अवधिका लागि लागु गर्ने जनाएकाे छ ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी

काठमाडाै‌ ।  भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बुधबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९४ हजार चार सय ४७ जना रहेका छन् । गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ८८ भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा १३ हजार ८४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ४ सय ५७ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब दश करोड ८२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ३९ लाख १६ हजार सात सय २३ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । यसैबीच दक्षिण कोरियामा बुधबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख १३ हजार तीन सय ७१ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २७ लाख एक हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् । यो घात सङ्क्रमणबाट सोमबार एक सय ८ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २६ हजार तीन सय ३२ पुगेको छ । रासस

नेप्सेको सीइओलाई लगानीकर्ताले बुझाए पत्र : शु्क्रबारको कारोबार बन्द गरौं

काठमाडौं । शुक्रबारको कारोबार बन्द गराउन माग राख्दै लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ४ जना लगानीकर्ताहरुले मिलेर  सीइओ कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने बताउँदै लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गराउन अनुरोध गरेका छन् । नेपाल सरकारले आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिने निर्णय भएसँगै सेयर बजार पनि आइतबार बन्द गरी शुक्रबार खुलाइएको थियो । तर पछि सरकारले आइतबार बिदा दिने निर्णय फिर्ता लिएसँगै सोही बमोजिम सेयर बजार पनि आइतबार संचालनमा आएको थियो । साथसाथै, नेप्सेले प्रत्येक शुक्रबार २ घण्टा कारोबार संचालन गरिरहेको छ ।