काठमाडाैं । सिजी इलेक्ट्राेनिक्सले दशैं-तिहार उपहार योजना बजारमा ल्याएकाे छ । कम्पनीले दशैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको हाे ।
यस योजना अन्तर्गत ग्राहकले ४६ हजारसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने सक्नेछन् । कम्पनीकाे अनुसार ग्राहकहरुले सिजी ब्राण्डका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक पाउन सक्नेछन् ।
साथै, ग्राहकले सिजीका ४३ इन्चसम्मका टेलिभिजनहरुको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्चभन्दा माथिका टेलिभिजनहरुमा २.१ स्पिकर उपहार पाउन सकिनेछ । त्यसैगरी, सिजी डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एलजी. किङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ केजी एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ केजी एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा एसीको खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
यो योजना कम्पनीले भदाै ९ गतेदेखि देशभरमा सिमित अवधिका लागि लागु गर्ने जनाएकाे छ ।