विकासन्युज

साताभरि मौसममा सामान्य बदली हुने

काठमाडौं । साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रही साताको सुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै साताको सुरू तथा मध्यतिर प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको पनि सम्भावनासमेत छ । विभागका अनुसार देशका अधिकांश भू–भागमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ भने हिमाली भेगको तापक्रममा उल्लेखनीय परिवर्तन नहुने बताइएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव नौ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ । रासस

सङ्खुवासभामा पहिरोबाट विस्थापितलाई ६९ रोपनी जग्गा हस्तान्तरण

किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ । गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्तरूपमा विस्थापित ५५ परिवारलाई गोलाप्रथा गरेर जग्गा बाँडफाँट गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । पहिराबाट विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए । खाँदबारीका उपप्रमुखको संयोजकत्वमा गठन भएको जग्गा व्यवस्थापन समितिले निःशुल्क तथा सःशुल्क जग्गा दिन चाहनेबाट विवरण सङ्कलन गरी सबैभन्दा राम्रो मानिएको खाँदबारी–७ भैरेडाँडाको जग्गा छनोट गरेको थियो । समितिले खाँदबारी नगरपालिका–७ भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरेको हो । भूगर्वविद् तथा प्राविधिकको प्रतिवेदनपछि जिल्ला विपद् व्यवस्थापन समितिले जग्गा खरिद गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ । जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणका लागि कित्ताकाट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो । जग्गा बाँडफाँटसँगै पहिलो चरणमा अस्थायी टहरा बनाउन ५० हजार र घर बनाउन तीन किस्तामा पाँच लाख दिने व्यवस्था कार्यविधिमा रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । पहिरो विस्थापित २५ परिवारलाई सिलिचोङ गाउँपालिकाको चित्रेगाउँमा र चेप्चेवाका १२ परिवारलाई बखल्टुममा स्थानान्तरण गरिएको छ । चित्रेमा ५१ दशमलव पाँच रोपनी ७० लाख र बखल्टुममा १७ दशमलव पाँच रोपनी ३४ लाखमा खरिद गरी पहिरो विस्थापितका नाममा पास गरिएको छ । उक्त जग्गा चाँडै बाँडफाँट गरिने सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया अगाडि बढेको थियो । सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरेको हो । पहिरो विस्थापितलाई मनसुनजन्य विपद् प्रभावितलाई पुनःस्थापना गर्नेसम्बन्धी कार्यविधिअनुसार बजेटको व्यवस्थापन गरी जग्गा खरिद तथा घर निर्माण गर्न लागिएको हो । सो कार्यविधिअनुसार सङ्घीय सरकारले ६०, प्रदेशले ३० र स्थानीय सरकार सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेको छ । घर निर्माणका लागि सिलिचोङ गाउँपालिकाले आफ्नो दायित्वमा परेको १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषको खातामा जम्मा गरिसकेको जनाएको छ । सङ्घ तथा प्रदेश सरकारमा बजेट माग भएको प्रजिअ खतिवडाले बताउनुभयो । पहिरो गएकै स्थानमा दुई वर्षसम्म जोखिम मोलेर बस्दै आएका पीडित जग्गा पाएपछि खुसी छन् । पहिरोले सिङ्गो गाउँ नै बगाएपछि बेसिन्दा र चेप्चेवाका बासिन्दा विस्थापित भएका थिए । उक्त पहिरोमा परी ११ जना अझै बेपत्ता छन् । रासस

कर्णाली प्रदेश : ९ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएनन्

कर्णाली । निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दासमेत कर्णालीका नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार आठ सय ४७ मध्ये नौ हजार चार सय छ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचन प्रचार–प्रसार खर्चसम्बन्धी व्यवस्था छ । उक्त ऐनमा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने उल्लेख छ । तर कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहमा मनोनयन दर्ता गराई निर्वाचन प्रतिस्पर्धामा भाग लिएका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् । कर्णालीमा हालसम्म तीन हजार चार सय ४१ जनाले मात्रै खर्च विवरण बुझाएका छन् । स्थानीय तहमा उम्मेदवार बनेका सुर्खेतका दुई हजार ४८ जनामध्ये पाँच सय ८६, दैलेखका एक हजार सात सय ६५ मध्ये नौ सय ४१, जाजरकोटका एक हजार दुई सय तीनमध्ये पाँच सय ५३ र कालिकोटका एक हजार आठ सय ४६ मध्ये एक सय ४८ र रुकुमपश्चिमका नौ सय दुईमध्ये छ सय २३ जनाले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेको बताइएको छ । त्यस्तै सल्यानका एक हजार चार सय ८० जनामध्ये तीन सय ९१, डोल्पाका सात सय ९१ मध्ये ६१, जुम्लाका एक हजार दुई सय ९१ मध्ये तीन सय दुई, मुगुका सात सय नौमध्ये एक सय एक र हुम्लाका सात सय ७६ मध्ये ७८ जनाले मात्र खर्च विवरण पेश गरेका हुन । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार निर्वाचन आयोगले यही असार ३१ गते सातदिने सूचना जारी गर्दै उम्मेदवारलाई खर्च विवरण पेश नगर्नुको कारणसहित जवाफ मागेको थियो । ‘ऐनमा तोकिएको अवधिमा खर्च विवरण पेश नगर्नेमा निर्वाचित उम्मेदवार पनि छन्, ३० दिनको म्याद सकिएपछि आयोगको निर्देशनबमोजिम खर्च विवरण नबुझाउनेलाई स्पष्टीकरण सोधेका थियौँ’, प्रदेश निर्वाचन अधिकारी चालिसेले भने, ‘हाल प्राप्त स्पष्टीकरणमाथि अध्ययन गर्दैछौँ, यसबीचमा कतिपयले खर्च विवरण पनि बुझाएका छन् ।’ निर्वाचन आयोग ऐनमा छ महिनासम्म खर्च विवरण नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने प्रावधान छ । सोही ऐनमा यस्तो निर्णय गर्नुअघि आयोगले सम्बन्धित राजनीतिक दल वा व्यक्तिलाई आफ्नो सफाइ पेस गर्ने मनासिव मौका दिनुपर्नेछ । खर्च विवरण पेश नगर्ने व्यक्ति निर्वाचित भएको खण्डमा निजको निर्वाचन स्वतः बदर हुने व्यवस्था छ । रासस

बीमा समितिले खुलायो लघुबीमाको लाइसेन्स, बढीमा ७ वटाले पाउने, ७५ करोडको पुँजी हुनै पर्ने

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नको लागि लाइसेन्स खुला गरेको छ । बीमा क्षेत्रको नियामक निकाय समितिले भदौ १० गते एक सूचना जारी गर्दै बढीमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । समितिका अनुसार इच्छुकले सूचना जारी भएको ३५ दिनभित्रमा बीमा समितिमा प्रस्ताव लगिसक्नु पर्ने छ । तोकिएको अन्तिम दिन पनि दिनको १२ बजेभित्रमा प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरी समितिमा दर्ता हुनेपर्ने उक्त सूचनामा उल्लेख छ । समितिले बीमाको विकास तथा विस्तार गर्नको लागि चालु आर्थिक वर्षको बजेट वक्तव्य अनुसार लघुबीमा कम्पनीको स्थापना गर्ने भएको हो । त्यस्तै, प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न नपाउने समितिले जनाएको छ । तर जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले निर्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । बीमा कम्पनीका क्रस होल्डरले लघु बीमामा लगानी गर्न नपाउने, सर्वसाधारणलाई ३० प्रतिशत सेयर

विकासन्युजले बैंक र बीमा कम्पनीबीच फुटसल आयोजना गर्दै, गोल्ड मेडलिष्टदेखि राष्ट्रिय खेलाडीहरु सहभागी

काठमाडौं । विकासन्युज डटकमले बैंक र बीमा कम्पनीहरुमा कार्यरत महिलाहरुबीच मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गर्ने भएको छ । विकास मिडिया प्रालिद्वारा सञ्चालित विकासन्युज डटकमले हरितालिका तीजको अवसरमा शुक्रबार बैंक र बीमा कम्पनीहरुबीच मैत्रिपूर्ण फुटसल खेलको आयोजना गर्न लागेको हो । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा काठमाडौंको लैनचौर मैदानमा दिउसाे ३:३० बजेदेखि फुटसल खेल सुरु हुनेछ । महिलाहरूकाे महान पर्व हरितालिका तीजको अवसरमा उनीहरुसँग भएको फरक किसिमको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यले फुटसल आयोजना गर्न लागिएकाे विकास मिडियाले जनाएकाे छ । कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रसँगै निजी क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुनेछ । फुटसलमा बैंक र बीमाको दुई वटा टीम हुनेछन् । बैंकिङ क्षेत्रबाट १४ वटा वाणिज्य बैंकका महिला कर्मचारीहरुले सहभागिता रहेकाे छ भने बीमा कम्पनीहरुबाट १४ जना खेलाडीले सहभागिता जनाएका छन् । मैत्रीपूर्ण खेलमा सबैभन्दा बढी गाेल गर्ने खेलाडीलाई २५ हजार रुपैयाँको पुरस्कारको पनि व्यवस्था गरिएको छ । महिला बैंकर्स र बीमकबीच हुने राेमाञ्चक खेल हेर्न प्रवेश निःशुल्क गरिएकाे छ । बैंकिङ समूहका खेलाडी विजया लक्ष्मी जोशी जोशी कृषि विकास बैंकमा कार्यरत छिन् । धनगढी घर भएकी उनीसँग २१ वर्षको बैंकिङ अनुभव छ । २०५८ सालदेखि कृषि विकास बैंकमा आवद्ध उनी वरिष्ठ शाखा अधिकृतमा कार्यरत छिन् । वि.स २०४० सालदेखि फुटबल खेल्दै आएकी उनी नेपालको पहिलो महिला फुटबल टीमको खेलाडी पनि हुन् । उनले काठमाडौंको दशरथ रंगशालासँगै सुदूरपश्चिमको विभिन्न ठाउँहरुम पुगेर पनि फुटबल खेलिसकेकी छिन् । पत्रपत्रिकाहरु पढ्नु, खेलकुदमा भाग लिनु उनको रुची हो । उनले फुटबलसँगै ब्याडमिन्टन, भलिबल, क्रिकेट लगायतका खेल खेलिसकेकी छन् । श्रीती श्रेष्ठ श्रीती श्रेष्ठ माछापुच्छ्रे बैंकमा कार्यरत छिन् । काठमाडौंको साँखुमा घर भएकी उनी बैंकको केन्द्रिय कार्यालयमा काम गर्छिन् । केन्द्रिय कार्यालयमा सर्भिस डिपार्टमेन्टमा काम गरिरहेकी उनीसँग ८ वर्षको बैंकिङ्ग अनुभव छ । विद्यालयस्तरी खेलकुदमा भाग लिने उनी कहिले काँही बैंकले गरेका कार्यक्रममा पनि सहभागी हुन्छिन् । खेलकुदका लागि समय नभएपनि कतैबाट प्रस्ताव आयो भने सहभागी हुने गरेको उनी सुनाउँछिन् । लामो यात्रा गर्न रुची राख्ने उनको खेलकुदमा समेत रुची छ । उनले मलेशियाको एशिया प्यासिफिक यूनिभर्सिटीबाट एमबीए गरेकी छिन् । सरिना श्रेष्ठ सिद्धार्थ बैंकको कीर्तिपुुर शाखाको शाखा म्यानेजर पदमा कार्यरत श्रेष्ठ२०१३ सालदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत छिन् । साढे १० वर्षको बैंकिङ्ग क्षेत्रको अनुभव रहेको उनले क्लिन इनर्जी बैंकबाट बैंकिङ्ग करियर सुरु गरेकी हुन् । बैंकहरुमा हुने प्रतिस्पर्धामा सहभागी हुने उनी धेरै दौडिन सक्थिन् । काठमाडौंको न्यूरोडमा घर भएकी हुन् ट्राभलिङमा पनि रुची राख्छिन् । स्पोर्ट पनि मन पराउने भएकाले उनले ब्याडमिन्टन पनि खेल्छिन् । उनले स्वीमिङमा पनि रुची राख्छिन् । एमबीए सम्मको शैक्षिक योग्यता हासिल गरेकी उनीसँग नेपाल समाचार पत्रमा समेत काम गरेको अनुभव छ । शिला कुँवर शिला कुँवर एनआईसी एसिया बैंकको कानुन शाखामा कार्यरत छिन् । नेशनल ल कलेजबाट इन्टरनेशनल ल र कमर्सियल लमा मास्टर्स गरिरहेकी उनी नेपाल ल क्याम्पसबाट बिएएलएलबी उतिर्ण गरेकी हुन् । बैंकिङ्ग क्षेत्रमा डेढ वर्षदेखि काम गर्दै आएकी उनी विद्यालय स्तरमासक्रिय रुपमा खेलकुदमा भाग लिन्थिन् । विद्यालयमा पढ्दा एथ्लेटिक्समा सर्टफुटमा भक्तपुरबाट प्रथम भएकी थिइन् । यात्रा गर्न रुचाउने उनी खेलकुदमा पनि रुची राख्छिन् । उनी स्वीमिङ र फुटसल पनि खेल्दै आएकी छिन् । उनले क्रिकेट पनि हेर्छिन् । सरिना महर्जन १३ वर्षको बैंकिङ्ग क्षेत्रको अनुभव संगालेकी महर्जन नेपाल बैंकमा ८ वर्षदेखि काम गर्दै आएकी छिन् । हात्तिगौंडा शाखामा शाखा प्रबन्धक भएर काम गरिरहेकी उनी काठमाडौंको महाराजगञ्जमा बस्छिन् । विद्यालयमा पढ्दा उस्सु खेलाडी रहेकी उनी इन्टर्सको किक्स बक्सिङमा गोल्डमेडिलिस्ट हुन् । नेपाल बैंकले २ वर्ष अघि गरेको फुटसलमा प्रथम समेत भएकी थिइन् । साहित्य पढ्न, यात्रा गर्न, पियानो बजाउन रुची राख्ने महर्जन साइकोलोजिकल काउन्सलर पनि हुन् । एमबीएससम्मको अध्ययन गरेकी उनले परामर्श मनोविज्ञानमा पोस्ट ग्रेजुएट डिप्लोमा गरेकी छिन् । निशा श्रेष्ठ माछापुच्छ्रे बैंकमा ५ वर्षदेखि असिस्टेण्ट पदमा काम गर्दै आएकी श्रेष्ठ एडभेन्चर गर्न रुची राख्छिन् । अहिलेसम्म कुनै पनि प्रतियोगितामा सहभागी नभएकी उनी पहिलो पटक विकासन्युजले आयोजना गरेको मैत्रिपूर्ण फुटसल कार्यक्रममा भाग लिँदै छिन् । उनी टोखा ग्रीनल्याण्डमा बस्छिन् । चन्द्रिका भट्ट ग्लोबल आईएमई बैंकमा ५ वर्षदेखि कार्यरत भट्ट फुटसल, ब्याडमिन्टन, बास्केटबल, टेनिस टेबल खेल खेल्छिन् । एमबीएसम्मको अध्ययन गरेकी उनी असिस्टेन्ट पदमा रहेर काम गर्दै आएकी छिन् । कञ्चनपुरको महेन्द्रनगरमा घर भइ हाल काठमाडौंमा बस्दै आएकी उनी फुटसल खेल्न धेरै मन पराउँछिन् । रोश्नी राणा राणा ५ वर्षदेखि सानिमा बैंकको सिनियर असिस्टेन्ट पदमा कार्यरत छिन् । ललितपुर घर भएकी राणा पहिलेदेखि नै फुटबल खेल्दै आएकी छिन् । कलेज पढ्दा खेल्ने उनी महिला प्रिमियर लिग समेत खेलेकी छिन् । पछिल्लो समय कोरोना महामारीले गर्दा लिग खेल्न नपाए पनि फुटसल खेलिरहेकी छिन् । सयम भएको बेलामा उनलाई यात्रा गर्न रहर लाग्छ । अनु अधिकारी नुवाकोटकी अनु अधिकारी हिमालयन बैंकमा २ वर्षदेखि जुनियर अफिसर पदमा कार्यरत छिन् । कराँतेमा सक्रिय रहेकी उनी फुटबल खेल्न र यात्रा गर्न रुचाउँछिन् । जन्मस्थल नुवाकोट भएपनि उनी हाल बालाजुमा बस्छिन् । उर्मिला अधिकारी राष्ट्रिय वाणिज्य बैंकको आईटी विभागको बरिष्ठ सहायक पदमा कार्यरत अधिकारी ब्याडमिन्टन, फुटसल खेल्छिन् । दुईचोटी अन्तरसंस्थान प्रतियोगितामा समेत उनले भाग लिएकी छिन् । यात्रा गर्न रुचाउने उनी चन्द्रागिरीमा बस्छिन् । सुस्मिता श्रेष्ठ एनसीसी बैंकको अफिसर लेभलमा कार्यरत श्रेष्ठ ८ वर्ष बढी समयदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध छिन् । स्नातकोत्तर पुरा गरेकी श्रेष्ठसँग माछापुच्छ्रे बैंकमा समेत काम गरेको अनुभव छ । तेक्वान्दाे र फुटसल खेल्ने उनी काठमाडाैंमा बस्छिन् । खेलकुदमा रुची राख्ने श्रेष्ठ गीत गाउन, नाच्न र यात्रा गर्न पनि रुची राख्छिन् । समिक्षा खड्का सिभिल बैंकमा चार वर्षदेखि कार्यरत खड्का अप्रेशन असिस्टेन्ट पदमा छिन् । कलेज पढ्दा फुटसल खेलेकी उनले बैंकले आयोजना गरेको प्रतियोगीतामा समेत सहभागी भएकी थिइन् । बानेश्वरमा बस्ने उनीसँग स्नातक तहसम्मको योग्यता छ । उनलाई किताब पढ्ने र यात्रामा निस्किने रुची छ । अमिता श्रेष्ठ एनसीसी बैंकमा कार्यरत श्रेष्ठसँग २६ वर्षको बैंकिङ्ग अनुभव छ । यस अवधिमा विभिन्न विभाग हुँदै विगत ३ वर्षदेखि चिफ मार्केटिङ्ग ह्याण्डेल गरिरहेकी छिन् । उनीसँग विद्यालय लेभलमा मात्रै खेलकुद खेलेको अनुभव छ । गीत गाउन, नाच्न, आफन्त परिवारसँग घुमघाम गर्न उनी रुचाउँछिन् । स्नातक तहसम्मको अध्ययन गरेकी उनले स्नातकोत्तर पढ्दापढ्दै बैंकमा जागिर खाएकी थिइन् । उनी ललितपुरको जावलाखेलमा बस्छिन् । लक्ष्मी पौडेल ९ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध पौडेल मेगा बैंकको सिनियर अफिसर पदमा कार्यरत छिन् । इण्डियाको हैद्रावादबाट एमबीएसम्मको अध्ययन गरेकी उनको रुची खेलकुदमा छ । यसअघि बैंकले आयोजना गरेको फुटसल मात्रै खेलेको अनुभव उनीसँग छ । यात्रा गर्ने, घुमघाम गर्ने, नयाँ नयाँ ठाउँ भिजिट गर्ने उनको रुची छ । उनी धापासी काठमाडौंमा बस्छिन् । बीमा समूहका खेलाडी कल्पना बुढाथोकी आईएमई लाइफ इन्स्योरेन्स ललितपुरको शाखा प्रमुख हुन् कल्पना बुढाथोकी । बीमा क्षेत्रमा मात्रै ९ वर्षको लामो अनुभव बटुलिसकेकी उनले विगत एक वर्षदेखि नै आईएमई लाइफको ललितपुर शाखामा प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन् । बीमा बजार मन पराउने उनी कलाकारितासँगै समाजसेवामा विशेष रुची राख्छिन् । सानैदेखि भलिबल लगायत फुटबल खेल्ने उनी विभिन्न खेल खेल्न मन पराउँछिन् । प्रितमी सुवेदी सुवेदी विगत ३ वर्षदेखि युनाइटेड इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । धनगढी घर भएकी उनीसँग ९ वर्षको बीमा क्षेत्रको अनुभव छ । नेपाल इन्स्योरेन्सबाट जब करियर शुरु गरेकी उनी हाल यूनाइटेड इन्स्योरेन्समा सिनियर असिस्टेन्टको रुपमा कार्यरत छिन् । विभिन्न खेल खेल्न, नयाँ ठाउँ घुम्नमा रुची राख्ने उनले यसअघि फुटबल खेलिसकेकी छिन् । रिता डंगोल डंगोल पनि यूनाइटेड इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । विगत दुई वर्षदेखि यस कम्पनीमा आवद्ध उनले हाल कम्पनीको प्रदेश १, बागमती र लुम्बिनी प्रदेशको अपरेशन डिपार्टमेन्ट सम्हाल्दै आएकी छिन् । यसअघि सानिमा जनरल इन्स्योरेन्समा काम गरेकी उनले बीमा क्षेत्रको मात्रै ४ वर्षको अनुभव बटुलिसकेकी छिन् । खाली समयमा गीत संगीत सुन्न मन पराउने भक्तपुर संलाघारीकी डंगोल खेल खेल्नमा पनि रुचाउँछिन् । जब करियर शुरु गर्नुअघि उनले विभिन्न खेल प्रतियोगितामा भाग लिने गरेकी थिइन् । आशा थापा थापा अजोड इन्स्योरेन्समा अफिसरको रुपमा कार्यरत छिन् । ग्लोबल आइएमई बैंकपछि राष्ट्रिय बीमा संस्थानबाट इन्टर्न गरेकी उनी यूनाइटेड इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स हुँदै अजोडमा आवद्ध भएकी हुन् । अजोडमा ४ वर्ष काम गरिसकेकी उनले बीमा क्षेत्रमा मात्रै करिब ८ वर्षको अनुभव बटुलिसकेकी छिन् । बुटवलकी थापाको रुची घुमघाम गर्ने र खेल खेल्ने छ । उनी स्वीमिङ गर्न पनि मन पराउँछन् भने फुटबल, क्रिकेट लगायतका खेल खेल्न पनि रुचाउँछिन् । आस्मा सिग्देल सिग्देल हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । नेपाल लाइफबाटै करियर शुरु गरेकी उनले बीमा क्षेत्रमा साढे ४ वर्षको अनुभव बटुलिसकेकी छिन् । हाल उनी कम्पनीमा सिनियर असिस्टेन्टको रुपमा कार्यरत छिन् । कीर्तिपुरकी सिग्देल डेकोरेट गर्न, घुमघाम गर्न बढी रुची राख्छिन् । उनले फुटबल लगायतका विभिन्न खेलहरु पनि खेल्ने गरेकी छिन् । प्रशंसा बस्नेत बस्नेत पनि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । विगत साढे ४ वर्षदेखि नेपाल लाइफमा आवद्ध उनी हाल सिनियर असिस्टेन्टको रुपमा कार्यरत छिन् । बल्खु घर भएकी उनी घुमफिरसँगै फुटबल खेल्नमा बढी रुचाउँछिन् । उनी हाल पनि कार्यालयका साथीभाईसँग विभिन्न टुर्नामेन्टमा फुटबल खेल्दै आएकी छिन् । प्रिम्शा चन्द चन्द मेटलाइफ (एलिको) मा एसिस्टेन्टको रुपमा कार्यरत छिन् । आफ्नो जब करियर मेटलाइफबाट शुरु गरेकी उनले बीमा क्षेत्रमा विगत ४ वर्ष बढीकाे अनुभव बटुलिसकेकी छिन् । कञ्चनपुरकी चन्द घुम्न बढी रुचाउँछिन् । सानैदेखि खेलमा रुची राख्ने चन्दले हाल बेला मौकामा फुटसल पनि खेल्ने गरेकी छिन् । रोशना खनाल ज्योति लाइफमा कार्यरत खनालले हाल सिनियर एसिस्टेन्टको जिम्मेवारी सम्हालिरहेकी छिन् । मुलपानी घर भएकी उनले एनआईबीएल क्यापिटलबाट आफ्नो जब करियर शुरु गरेकी हुन् । उनीसँग बीमा क्षेत्रमा मात्रै साढे ४ वर्षको अनुभव छ । निन्ना तामाङ तामाङ नेको इन्स्योरेन्समा कार्यरत छिन् । २०७८ पुसमा नेकोमा आवद्ध उनी हाल रिसेप्सनमा कार्यरत छिन् । काभ्रे घर भएकी तामाङले आफ्नो जब करियर एभरेष्ट इनोभेटिभ कलेज (ईआईसी)बाट शुरु गरेकी हुन् । नृत्य गर्ने, पुस्तक पढ्नेसँगै खेल खेल्नमा उनको रुची छ । फुटबल र ब्याडमिन्टन खेल्न उनलाई धेरै मन पर्छ । प्रतिभा ढकाल ढकाल नेशनल लाइफ इन्स्योरेन्समा कार्यरत छिन् । विगत डेढ वर्षदेखि नेशनल लाइफमा आवद्ध उनी हाल ट्रेनि असिस्टेन्टको रुपमा कार्यरत छिन् । सामाखुसी घर भएकी ढकालको विशेष रुची फुटबलमा छ । झरना कार्की कार्की हाल अजोड इन्स्योरेन्समा जुनियर असिस्टेन्टको रुपमा कार्यरत छिन् । आफ्नो जब करियर नै बीमा क्षेत्रबाट शुरु गरेकी उनीसँग २ वर्षको अनुभव छ । उनको विभिन्न किताबहरु पढ्ने, घुमफीर गर्ने र खेल खेल्ने रुची छ । सबिना श्रेष्ठ श्रेष्ठ राष्ट्रिय बीमा संस्थानमा कार्यरत छिन् । विगत ४ वर्षदेखि नै कम्पनीमा आवद्ध भएकी उनी हाल कम्प्युटर अपरेटरको रुपमा कार्यरत छिन् । भक्तपुरको सूर्यविनायककी उनको विभिन्न खेल खेल्ने रुची छ । सुमना कार्की कार्की ज्योती लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । विगत २ वर्षदेखि ज्योति लाइफमा आवद्ध उनी हाल कम्पनीको एडमिन डिपार्टमेन्टमा छिन् । सानैदेखि खेलमा रुची राख्ने कार्की २०६१ को राष्ट्रिय खेलाडी पनि हुन् ।

नवौँ राष्ट्रिय खेलको लागि ६० करोड बजेट

काठमाडौं । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताए । उनले उक्त रकम तीन पटक गरेर लिनेसमेत जानकारी दिए । पहिलो चरणमा १० करोड, दोस्रो चरणमा २३ करोड र तेस्रो चरणमा २७ करोड लिने बताए । सरकारले पहिलो चरणको लागि १० करोड रकम भने विनियोजन गरिसकेको छ । उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीको लागि पठाइसकेको सदस्य सचिव घिसिङले जानकारी दिए । राखेपले उक्त प्रतियोगिताको काउन्टडाउनसमेत सुरु गरिसकेको छ । अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ । प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा तीन सय ९३ स्वर्ण तीन सय ९३ रजत र छ सय कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुङ्गो लाग्ने राखेप सदस्य सचिव घिसिङले बताए ।

मेयर हुँ भन्दैमा अधिकारको दुरुपयोग गर्नुहुँदैन : उद्योग वाणिज्य संघ

काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरुको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे । उनले महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारीको दुरुपयोग गर्न नहुने बताए । अध्यक्ष श्रेष्ठले घरधनी र महानगर बीचको विवादको बीचमा व्यापारीलाई पारेर व्यवसायीलाई मेयरले पसलमा नै गएर धम्क्याउने काम गलत भएको बताए । ‘आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार हुने भन्दै महानगरले व्यवसायीहरुको सम्पत्तिको रक्षा गर्नुको सट्टा तत्काल व्यवसाय बन्द गर्न लगाउनु न्याय संगत छैन, दशैँको मुखमा व्यवसायीमाथि अन्याय भएको छ,’ उनले भने । अध्यक्ष श्रेष्ठले महानगरले क्षती पु¥याएका व्यवसायीहरुलाई तत्काल क्षतीपूर्ति दिन माग गरे ।उनले पार्किङको लागि नक्शापास भएपनि व्यवसायीसँग कर उठाउने र कर उठाएको पैसा बैंकमा राखेर ब्याज खाएको आरोप लगाए । उनले काठमाडौं महानगरपालिकाले व्यवसायीहरुबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती दिएका छन् ।

सानिमा बैंकका ग्राहकलाई बुवाको मुख हेर्ने दिनमा विशेष छुट

काठमाडाैं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । यस अनुसार बैंकले ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् । सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्युआर कोड बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना भदाै ११ गते मात्र लागू हुने बैंकले जनाएकाे छ । सानिमा बैंकले देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।