विकासन्युज

पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

रामपुर । बिहीबारदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा भासिएको सडक मर्मतपश्चात् अहिले एकतर्फी रूपमा सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा बिहीबार दिउँसोदेखि सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माणपश्चात् केही समय एकतर्फी चलेको सडक अविरल वर्षाका कारण पुनः अवरुद्ध भएको थियो । आज अपराह्नदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिउँदेखोला क्षेत्रमा करिब ४० मिटर जमिनसहित सडक भासिएर बिहीबारदेखि नै राजमार्ग ठप्प बनेको हो । पहिरो खसिरहेकाले यस क्षेत्रमा जोखिम बढेको छ । सडक खुल्न थालेपछि बीच बाटोमै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । यही सडक भएर बुटवल, भैरहवा, पोखरा, गुल्मी, स्याङ्जा, पाल्पालगायत जिल्लामा सवारी साधन गुड्ने गर्दछन् ।

फोर्स मोटर्सको गाडी किन्दा नगद छुटदेखि वासिङ मेसिनसम्म पाइने

काठमाडौं । फोर्स मोटर्सको कुनै पनि गाडीको खरीद गर्दा पक्का उपहार पाइने भएको छ । फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा यस्तो अफर ल्याएको हो । यस अन्तर्गत ग्राहकले कुनै पनि फोर्स मोटर्सको गाडी किन्दा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोन लगायतका उपहारहरु पाउनेछन् । यो अफर भदौ १६ गते शुक्रबारदेखि देखि कात्तिक १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । बिगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा।ली मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आईरहेको छ । आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरिधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको बिर्तामोड, ललितपुरको बागडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्स का गाडीहरु बिक्री वितरण गरिरहेको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, ५१.९ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको छ । जस अनुसार १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डले यसवर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने व्यवस्था लागू गरेको हाे । यसवर्ष चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए ।  

फोनपे ‘एक्सिलेक्स इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस भिसाको ‘एक्सिलेक्स इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स् इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो । राष्ट्रबैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिती रहेको उक्त कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरुलाई सम्मान गरिएको थियो । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ७ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

राष्ट्र बैंकको कर्जासम्बन्धी मार्गदर्शनले व्यवसाय बिग्रने भयो : परिसंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकको जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनको प्रावधानले व्यवसायको वातावरण बिग्रन सक्ने नेपाल उद्योग परिसंघले बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरले कर्जासम्बन्धी मार्गदर्शनको प्रावधानले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण नबन्ने बताएको हो । उक्त मार्गदर्शनले नेपाल सरकार समेतको स्वामित्व रहेका स्वदेशी तथा मेक इन नेपाल जस्ता  अभियानलाई समेत प्रतिकूल असर गर्ने उनीहरुले बताएका छन् । ‘कोभिड तथा अन्य कारणले अर्थतन्त्र सिथिल बनेको समयमा औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा नै घट्ने गरि आएको यस नीतिले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले यस अघि तय गरेको औद्योगिक वातावरण निर्माण गर्ने नीतिलाई नै प्रतिकूल असर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । राष्ट्र बैंकबाट साना व्यवसाय तथा व्यापारलाई सहज देखिने तथा ठूला एवं मझौला उद्योगलाई प्रभाव पार्ने गरी मार्गदर्शन आएको परिसंघ बताउँछ । यस मार्गदर्शनले ठुला तथा मझौला उद्योगहरूलाई सहयोग नगर्दा उत्पादन तथा आपूर्ति श्रृंखलाको सुरु तथा अन्त्यमा रहने साना उद्योग व्यवसायलाई समेत नकारात्मक असर पुग्ने बताउँदै परिसंघले मार्गदर्शनलाई सच्याउन अनुरोध गरेको छ । गत आर्थिक वर्षको पहिलो छ महिनामा मासिक औसत ८२ अर्ब भन्दा बढीले विस्तार भएको निजी क्षेत्रको कर्जा गत आर्थिक वर्षको पछिल्लो छ महिनामा मासिक औसत ७.३ अर्बले मात्र विस्तार भएकाे बताउँदै परिसंघले कर्जा ग्राह्य क्षमता नै घट्ने गरी आएको मार्गदर्शनले अर्थतन्त्रलाई थप संकुचित पार्ने बताएको छ ।

एनटीसीलाई बनाइँदै सेयर बजारमा खेल्ने अस्त्र

काठमाडौं । दोस्रो बजारमा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयरलाई खेल्ने अस्त्रका रुपमा प्रयोग गरिरहेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । कम्पनीको सेयर प्रत्येक दिन धेरै कारोबार भइरहँदा चलखेल भएको आंशका समेत लगानीकर्ताले गरेका हुन् । एउटै ब्रोकरबाट कम्पनीको सेयर धेरै खरिद बिक्री भइरहेको छ । कम्पनीको सेयर कुनै एक ब्रोकरबाट धेरै खरिदबिक्री हुँदा सेयरमा चलखेल गर्न खोजिएको आरोप एक लगानीकर्ताले लगाए । कम्पनीको एक साताको अवधिमा साढे ६ लाख कित्ता खरिदबिक्री हुँदा ५८ करोड रुपैयाँ बढी कारोबार भएको छ । भदौ १२ गतेदेखि भदौ १७ गतेसम्म एक साताको अवधिमा एनटीसीको ६ लाख ५० हजार ६६५ कित्ता सेयर ३ हजार २३५ पटक खरिद बिक्री हुँदा ५८ करोड ८७ लाख ५० हजार ६७५ रुपैयाँ बराबरको कारोबार भएको हो । शुक्रबार मात्रै धेरै कारोबार र धेरै कित्ता खरिद बिक्री हुने कम्पनीमा एनटीसी नै अग्रस्थानमा छ । शुक्रबार कम्पनीको १ लाख ११ हजार ७०४ कित्ता सेयर ४१५ पटक किनबेच हुँदा १० करोड ४ लाख ९८ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ०.३३ प्रतिशत घटेर ९१२ रुपैयाँ कायम भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ५२ हप्ताको अवधिमा कम्पनीको अधिकतम सेयर मूल्य १७९९.९० रुपैयाँ र न्यूनतम सेयर मूल्य ८२८.५० रुपैयाँ थियो । शुक्रबारको सेयर कारोबारका आधारमा कम्पनीको बजार पूँजीकरण १ खर्ब ६४ अर्ब १६ करोड रुपैयाँ बराबर रहेको छ । एक साताकाे तथ्याङ्क हेर्दा एनटीसीको सेयर खरिद बिक्री ब्रोकर नम्बर ५८ मार्फत् धेरै भइरहेकाे छ । कम्पनीको सेयर सर्कुलर ट्रेडिङ भएको पनि बुझ्न सकिने एक लगानीकर्ताले बताए । ब्रोकर नम्बर ५८ बाट अर्काे ब्रोकरमा पास गर्ने, अर्काे ब्रोकरबाट अर्काे ब्रोकरमा पास गर्ने र अर्काे ब्रोकरबाट पुनः ब्रोकर नम्बर ५८ मा आएको हुन सक्ने लगानीकर्ताको बुझाइ छ । ‘मार्केट अप्रेटरले एनटीसीलाई ९ सय रुपैयाँको रेञ्जमा राख्न खोजे जस्तो देखिन्छ, केही दिनदेखि एनटीसीको सेयर मूल्य ९ सयभन्दा तल जान नदिएको देखिन्छ, यदि ९ सय भन्दा कम भयो भने पम्प गरेर माथि पुर्याउने क्रियाकलाप एनटीसीमा भएको छ,’ ती लगानीकर्ताले भने, ‘पहिला एनटीसी बिक्री गरिरहेको देखिन्छ तर सर्कुलर ट्रेडिङ भएको जस्तो देखिन्छ ।’ यस्तै, अर्का लगानीकर्ताले एनटीसीलाई कहिले उचाल्ने कहिले पाछार्ने काम भइरहेको धारणा राखे । एनटीसीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि पुर्याउन खोजिरहेको उनको बुझाइ छ । कम्पनीकाे सेयर नबढ्दा बजार नबढेको भन्दै मूल्य बढाउन खोजिएको उनकाे तर्क छ । ‘एनटीसीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि पुर्याउन खोजिरहेका छन्,  कम्पनीकाे सेयरमूल्य नबढ्दा सेयर बजार बढ्न सकेन, अहिलेको मार्केटको टार्गेट एनटीसी बढाउने हो, केही लगानीकर्ताले एनटीसीकाे सेयर मूल्य बढ्यो भने फाइनान्स बढ्छ भन्ने आश गरेका छन,’ उनले भने, ‘एनटीसीमा चलखेल भएको हो, अझैं चलखेल गर्न खोजिरहेका छन्, सेयर मूल्य ९५० रुपैयाँ बढी पुगेको स्टक घटाएर ९ सय भन्दा तल झारे, यो भन्दा ठूलो चलखेल केही हुँदैन ।’ अहिले मार्केटको सेन्टिमेन्ट नै बिगार्ने काम भइरहेको रहेको बताउँदै ती लगानीकर्ताले ठूला र अग्रज लगानीकर्ता मार्केटबाट बाहिर नै हुँदा सेयर बजार घटेको धारणा राखे ।

२०६ जनामा देखियो कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं । एकैदिन २०६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ८६९ जनामा परिक्षण गर्दा २०६ जनामा संक्रमण देखिएको छ । आज ३९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ भने ९८ हजार ४४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ ।

महानगरकै भवन नक्साबिनै सञ्चालित, पार्किङका लागि बनेको अण्डरग्राउण्डमा १२० पसल

काठमाडौं । काठमाडौं महानगरपालिका अहिले अनाधिकृत संरचना भत्काउने अभियानमा लागेको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन) विभिन्न ठाउँमा पुगेर अनाधिकृत संरचना भत्काउन थालेका छन् भने कतिपय ठाउँमा निश्चित समयमा अल्टिमेटम दिएर फर्किने गरेका छन् । पार्किङका लागि बनेको भवनमा व्यापार गरिरहेका व्यापारिक भवनमा पुगेर उनले भत्काउन पनि शुरु गरेका छन् । काठमाडौं महानगरको ट्राफिकको समस्यालाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ मेयर बालेन आफै फिल्डमा उत्रिएका छन् । उनको सक्रियताको कतिपय ठाउँबाट प्रशंसा पनि भएको छ भने कतिपयले समय नै नदिएर बालेनले अनावश्यक दु:ख दिएको गुनासो पनि व्यापारिक समूहबाट हुन थालेको छ । मेयर साहले नक्सा पास नभएका भवनलाई पनि नक्सा देखाउनका लागि अल्टिमेटम दिएका छन् । तर, महानगरको आफ्नै भवन नक्साविनै सञ्चालन भएको देखिएको छ भने पार्किङका लागि निर्माण गरिएको अण्डरग्राउण्डमा पनि पसलहरु सञ्चालन गरेर भाडा बुझ्ने काम भइरहेको छ । काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा रहेको वडा नं. २८ को कार्यालय भवन नक्साविनै सञ्चालन भइरहेको छ भने उक्त भवनमा १२० वटा पसल सञ्चालमा छन् । भवनमा पार्किङका लागि अण्डरग्राउण्ड पनि बनेको छ । तर, सो अण्डरग्राउण्ड व्यवसायिक प्रयोजनमा प्रयोग भइरहेको छ । सिटी मार्केट नाम दिइएको सो भवन हटाउने मनसायमा महानगर देखिँदैन । काठमाडौं महानगरपालिका वडा नं. २८ का वडाअध्यक्ष भाइराम खड्गीले सो भवनको नक्सा नभएको स्वीकार गरे । उनले भवन स्थापनादेखि नै नक्सा छैन भने । सो भवनको माथितल्लो तलमा वडा कार्यालय बसेको छ भने अण्डरग्राउण्डमा विभिन्न किसिमका पसलहरु सञ्चालनमा छन् । अन्डर ग्राउण्डमा सञ्चालित पसलको भाडा महानगरले उठाउँदै आएको छ । अन्डरग्राउण्ड पार्किङको सुविधा नभएपछि वडाका कर्मचारीले नै सडकको छेउमा पार्किङ गर्नुपर्ने बाध्यता रहेको पनि अध्यक्ष खड्कीले बताए । ‘यस भवनको विषयमा महानगरमा पनि धेरै कुरा उठेको छ, नक्सा पासको विषयमा सम्बन्धित ठाउँमा सोध्यो भने थाहा छैन भन्छन्, हामीले पनि बुझ्दा वडा कार्यालय भएको भवनको नक्सा छैन,’ उनले भने । उनका अनुसार नक्सा पास नै नगरी बनाएको संरचना हटाउँदै आएको महानगरले वडा कार्यालयको भवन हटाउँछ वा हटाउँदैन भन्ने विषयको जानकारी वडासँग छैन । उक्त वडा कार्यालय भएको भवन महानरपालिकाको नाममा रहेको पनि खड्गीले बताए । अन्डरग्राउण्डमा खाजा, औषधी, कपडा पसल सञ्चालनमा छ भने स्नुकरको सुविधा पनि अन्डरग्राउण्डमा छ । माथिल्लो तलामा खाजा घर कपडा लगायतका पसलहरू पनि छन् । ‘सबै तिर अन्डरग्राउण्डमा भएको पसललाई महानगरले हटाइ रहेको छ, वडा कार्यालयको नै पार्किङ गर्ने ठाउँमा पसल सञ्चालन भइरहेको छ, महानगरमा पनि कुरा भइरहेको छ, अहिलेसम्म यस विषयमा केही कुरा भएको छैन,’ उनले भने । वडाका अनुसार राष्ट्रिय सभा गृहसहित वडाको जग्गा करिब १३ रोपनी १५ आना क्षेत्रफलको छ । सो भवनमा व्यापार गर्दै आएका व्यापारीहरुका अनुसार मासिक करिब ६ हजारदेखि १५ हजार रुपैयाँसम्म उनीहरुले भाडा तिर्दै आएका छन् । महानगरले १२० वटै पसलहरुबाट भाडा उठाउँदै आएको छ । व्यापारीहरुले महानगरले पार्किङको व्यवस्था नगर्दा सडकमै पार्किङ गर्नु परेको गुनासो पनि गरेका छन् ।