काठमाडौं । फोर्स मोटर्सको कुनै पनि गाडीको खरीद गर्दा पक्का उपहार पाइने भएको छ । फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा यस्तो अफर ल्याएको हो ।
यस अन्तर्गत ग्राहकले कुनै पनि फोर्स मोटर्सको गाडी किन्दा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोन लगायतका उपहारहरु पाउनेछन् । यो अफर भदौ १६ गते शुक्रबारदेखि देखि कात्तिक १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
बिगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा।ली मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आईरहेको छ ।
आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरिधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको बिर्तामोड, ललितपुरको बागडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्स का गाडीहरु बिक्री वितरण गरिरहेको छ ।