विकासन्युज

नक्सा पास नभएका घर/भवनलाई महानगरले दियो ९० दिनको समय, अनधिकृत पर्खाल ३५ दिनभित्रै भत्काउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरले नक्सा पान नगरी बनाइएका घर तथा भवनलाई ९० दिनको समय दिएको छ । महानगरले बिहीबार एकसूचना गारी गद मापदण्ड पुरा गरेका तर लाइसेन्स पास नगरी घर बनाएकालाई तोकिएको समयममा बुझाउन आग्रह गरेको हो । महानगरले नक्सा पास नगरि नगरपालिका क्षेत्रभित्र बनेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकिृतिको भवनको नक्सा पास गरेको हुनु पर्ने बताएको छ । यदि तोकिएको समयभित्र सो काम नभएमा कारवाही समेत गरिने महानगरले सचेत गराएको छ । महानगरले भदौ २३ गते एक सूचना मार्फत सो जानकारी गराएको हो । त्यस्तै, अनधिकृत सीमा पर्खाल हटाउन समेत महानगरले आग्रह गरेको छ । जसको लागि ३५ दिनको समय दिइएको छ । सो अवधिमा सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाएमा महानगर आफैले हटाउने छ । र, हटाउँदा लागेको खर्च समेत घरजग्गा धनीबाटै असुल गरिने महानगरले जानकारी गराएको छ । सम्बन्धित समाचार नक्सा पास नभएका संरचना भत्काउने योजनाबाट बालेन ‘ब्याक’, पुराना संरचनाको पनि नक्सा पास हुने  

फिलिपिन्समा बार्षिक मृत्युदर ४३ प्रतिशतले बृद्धि

एजेन्सी । फिलिपिन्समा बार्षिक मृत्यु दर ४३ प्रतिशतको दरले बृद्धि भएको पाइएको छ । गत सन् २०२१ मा आठ लाख ७९ हजार ४२९ जनाको मृत्यु भएको विवरण सरकारी अधिकारीहरुले बुधबार सार्वजनिक गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुको दावी छ । अघिल्ला बर्षहरुको तुलनामा सन् २०२१ मा यति धेरै मानिसको मृत्यु हुनुमा कोरोना भाइरसको महामारी नै मुख्य कारण रहेको अधिकारीहरूले जनाएका छन् । फिलिपिन्सको तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सामान्यतयाः अन्य बर्षहरुमा एकदेखि पाँच प्रतिशतसम्म मृत्युदर बृद्धि हुने गरेको थियो । यसअघि सन् २०१९ मा छ लाख २० हजार ४१४ जनाको मृत्यु भएको थियो । त्यसका आधारमा दैनिक औसतमा एक हजार सात सयको मृत्यु हुने गरेको देखिएको थियो । त्यो दैनिक औसत सङ्ख्या सन् २०२१ मा भने दुई हजार चार सयभन्दा बढी देखिएको छ । मृत्युको मुख्य कारण कोरोना भाइरस नै भएपनि अन्य रोगहरुका कारणले मृत्यु हुनेहरुको सङ्ख्या पनि धेरै देखिएको छ । दोस्रो धेरैमा हृदयघात देखिएको छ भने मस्तिष्कघात, मधुमेह, मानसिक तनाव लगायतका कारणले पनि धेरैको मृत्यु हुने गरेको पाइएको छ ।

भेरी अस्पतालमा डेङ्गुबाट दुईको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए। उनका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् । पहिलो पटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताए। बाँकेमा डेङ्गु सङ्क्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

श्रीलङ्काद्वारा बाढी प्रभावित पाकिस्तानलाई चिया सहयोग

एजेन्सी । श्रीलङ्का सरकारले पाकिस्तानलाई चिया सहयोग गर्नेभएको छ । हालैका हप्ताहरूमा आएको विनाशकारी बाढीपछि पाकिस्तानका बाढीपीडितहरूलाई एक जहाज सिलोन चिया सहयोगस्वरूप प्रदान गरेको श्रीलङ्काको सरकारी सूचना विभागले बुधबार जनाएको छ । विदेशमन्त्री अली साबरीले श्रीलङ्काका लागि पाकिस्तानी उच्चायुक्त उमर फारुक बुर्कीलाई चिया हस्तान्तरण गर्दै बाढी पीडितप्रति सहानुभूति र पाकिस्तानप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए। यसै साताको सुरुमा श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले आफ्नो देशले पाकिस्तानलाई कुनै न कुनै रूपमा सहयोग गर्न इच्छुक रहेको बताएका थिए ।

ईओएलको किचन सामाग्री किन्दा पक्का उपहार

काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । यस अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सी. जी. ब्रान्ड को इलेक्ट्रिक केट्टल उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना भाद्र १३ देखि नेपालभरि सीमित अवधिको लागि लागू भइसकेकाे छ । एलिकाले आफ्ना ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो । एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् । एलिकाको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ ।

२० वर्षका विद्यार्थीले सेयर बजारबाट एक महिनामै कमाए पौने ९ अर्ब

काठमाडौं । सेयर बजारबाट लगानीकर्ताले ठूलो नाफा गर्ने गर्छन् । सेयर बजारमा लगानीकर्ताले एक वर्षमा होइन एक महिना र एक दिनमा पनि करोडौं रुपैयाँ कमाउन सक्छन् । त्यसका लागि पैसा भएर मात्रै हुँदैन, लगानीर्तासँग प्राविधिक ज्ञानसँगै बजारको अनुभव र आरोह अवरोहका विषयमा राम्रो जानकारी हुन आवश्यक हुन्छ । नेपाल, भारतसँगै विश्व बजारमा पनि लगानीकर्ता करोडपति बन्दै गएका छन् भने कतिपय नराम्रोसँग फसेका समाचारहरु पनि कहिलेकाहीँ बाहिरिन्छन् । आज हामी तपाईंलाई सेयर बजारमा २१५ करोड रुपैयाँ लगानी गर्ने विद्यार्थीको बारेमा बताउँदैछौं । ती विद्यार्थीले सेयर किनेर महिनापछि मात्र बेच्दा करिब ८७८ करोड रुपैयाँ कमाए अर्थात् ती विद्यार्थीले एक महिनामा ६६४ करोड रुपैयाँ कमाएका छन् । यो घटना अमेरिकाको हो । जेक फ्रीमैन नाम गरेका अमेरिकाका २० वर्षीय ती विद्यार्थीले एक महिनाको अवधिमा सो आम्दानी गरेका हुन् । उनी युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका विद्यार्थी हुन् । यी विद्यार्थीले बेड बाथ एन्ड बियोन्ड कम्पनीको सेयर किनेका थिए, जसबाट उनले करोडौं आम्दानी गरेका हुन् । उनले ५० लाख कित्ता सेयर ४४० रुपैयाँमा किनेका थिए । एक महिनामै सो स्टकको मूल्य २१६० को स्तरमा पुगेपछि उनले सेयर बिक्री गरे । उनले आफ्नो परिवार र साथीभाइबाट ऋण लिएर सेयर बजारमा लगानी गरेको विभिनन सञ्चार माध्यममा बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा

अब मात्र २५ प्रतिशत डाउनपेमेन्टमा बजाज बाइक पाइने

काठमाडौं । बजाज मोटरसाइकलले दशैंतिहार र छठलाई लक्षित अफर ल्याएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित अफर ल्याएको हो । कम्पनीले बजाज आधाको आधा अफर ल्याएको हो जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बजाज बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक लैजान सक्ने छन् । यो योजना अन्तर्गत हरेक बजाज बाईकको खरिदमा ७ हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रभु बैंक र डिशहोमबिच एकअर्काका ग्राहकलाई आकर्षक छुट दिने सम्झौता 

काठमाडौं । प्रभु बैंक र डिश मिडिया नेटवर्कका बिच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने ग्राहकले डिश होम टी।भी र डिश होम फाइबरनेटको सेवामा थप सुविधा प्राप्त गर्ने छन् भने डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्नेछन् ।