नक्सा पास नभएका घर/भवनलाई महानगरले दियो ९० दिनको समय, अनधिकृत पर्खाल ३५ दिनभित्रै भत्काउनु पर्ने

<p>काठमाडौं । काठमाडौं महानगरले नक्सा पान नगरी बनाइएका घर तथा भवनलाई ९० दिनको समय दिएको छ । महानगरले बिहीबार एकसूचना गारी गद मापदण्ड पुरा गरेका तर लाइसेन्स पास नगरी घर बनाएकालाई तोकिएको समयममा बुझाउन आग्रह गरेको हो । महानगरले नक्सा पास नगरि नगरपालिका क्षेत्रभित्र बनेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकिृतिको भवनको नक्सा पास गरेको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरले नक्सा पान नगरी बनाइएका घर तथा भवनलाई ९० दिनको समय दिएको छ । महानगरले बिहीबार एकसूचना गारी गद मापदण्ड पुरा गरेका तर लाइसेन्स पास नगरी घर बनाएकालाई तोकिएको समयममा बुझाउन आग्रह गरेको हो ।

महानगरले नक्सा पास नगरि नगरपालिका क्षेत्रभित्र बनेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकिृतिको भवनको नक्सा पास गरेको हुनु पर्ने बताएको छ । यदि तोकिएको समयभित्र सो काम नभएमा कारवाही समेत गरिने महानगरले सचेत गराएको छ । महानगरले भदौ २३ गते एक सूचना मार्फत सो जानकारी गराएको हो ।

त्यस्तै, अनधिकृत सीमा पर्खाल हटाउन समेत महानगरले आग्रह गरेको छ । जसको लागि ३५ दिनको समय दिइएको छ । सो अवधिमा सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाएमा महानगर आफैले हटाउने छ । र, हटाउँदा लागेको खर्च समेत घरजग्गा धनीबाटै असुल गरिने महानगरले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

नक्सा पास नभएका संरचना भत्काउने योजनाबाट बालेन ‘ब्याक’, पुराना संरचनाको पनि नक्सा पास हुने

 

Share News