काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
यस अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सी. जी. ब्रान्ड को इलेक्ट्रिक केट्टल उपहार स्वरूप प्रदान गरिएको छ ।
यो ग्राहक योजना भाद्र १३ देखि नेपालभरि सीमित अवधिको लागि लागू भइसकेकाे छ । एलिकाले आफ्ना ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो ।
एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् ।
एलिकाको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ ।