विकासन्युज

अब वीर अस्पतालले घर बहाल कर महानगरलाई तिर्ने

काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।यसअघि अस्पतालले महानगरलाई बुझाउनु पर्ने घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई  बुझाउँदै आएको थियो । जसकारण महानगरले अस्पताललाई घरबहाल कर तिर्न तोकेत गरेको थियो । हाल महानगरले लामो समयदेखि कर नतिरेका करदाताहरुलाई ताकेत गर्दै आएको छ ।

कामना सेवा विकास बैंकले बाल दिवसको अवसरमा १८ संस्थालाई गर्यो सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न बालआश्रम, सामुदायिक विद्यालयहरुमा  स्प्रेडिङ्ग स्माइलस भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु सहयोग गरेको छ । बैंकले राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले प्रदेश १ बाट हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर, काठमाडौंबाट नन्दी माध्यमिक विद्यालय, पोखराबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रमलाई आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु सहयोग गरेको छ । यस्त बैंकले बुटवलबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राइज अप ओर्फयान चिल्ड्रेन होम, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाइन्ड चिल्ड्रेन एजुकेसन सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरेको छ । बैंकले यस प्रकारका सहयोगकालाई प्राथमिकतामा राखि आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

भरतपुर महानगरमा बजार अनुगमन

भरतपुर । चाडपर्व नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमन थालेको हो । मङ्गलबार नारायणगढ क्षेत्र र बुधबार भरतपुरको बसपार्क क्षेत्रमा अनुगमन गरिएको छ । महानगरको नियमित कार्यक्रमअनुसार नै बजार अनुगमन गरिएको महानगरका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । मङ्गलबार उनकै नेतृत्वमा बजार अनुगमन गरिएको थियो । ‘हामीले दैनिक नियमित कार्यतालिकाअनुसार बजार अनुगमन गरेका छौँ’, कार्यवाहक नगरप्रमुख अधिकारीले भने, ‘एकपटकलाई सजग गराएर सुध्रिने मौका दिएका छौँ, अर्कोपटक आउँदा फेरि पनि यस्तै गल्ती दोहोरिएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही हुन्छ ।’ बुधबार भरतपुरको केन्द्रीय बसपार्कमा रहेका पसलको अनुगमन गरियो । भरतपुर–९ केन्द्रीय बसपार्कमा रहेको न्यू सन्तोष हेयर कटिङ शैलुन, ज्योति कस्मेटिक एण्ड गिफ्ट सेन्टर, सिजन जनरल स्टोर्स, रचना किराना पसल, आर्जन स्टोर्स, बन्धु भेट फर्मा, विके फेन्सी एण्ड कस्मेटिक, सङ्कल्प फेसन कलेक्सन, एसके फेसन कलेक्सन, पशुपति दूध डेरी, रश्मी मासु पसल, लक्ष्मी प्रोभिजनल, गुरुङ मासु पसल, रोशनी फ्रेस हाउस र अपार कास्की स्टोर्स एण्ड दूध डेरी पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा दर्ता नवीकरण, बिलबिजक अद्यावधिक र सरसफाइमा ध्यान दिन व्यवसायीलाई सचेत गराइएको छ । यस्तै म्याद गुज्रेका सामान नष्ट र सम्बन्धित कम्पनीलाई फिर्ता गर्न निर्देशन दिइएको भरतपुर महानगर उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार एकाइ प्रमुख थानेश्वर सापकोटाले जानकारी दिए । उनले दुई दिनको अनुगमनका क्रममा गत वर्षभन्दा सुधार गरेको पाइएको बताए । ‘अधिकांश पसलले मूल्यसूची राखेको पाइयो, सरसफाइमा पनि तुलनात्मक सुधार भएको छ’, उनले भने । गत वर्ष माछा, मासु र खाद्य पदार्थ नष्ट नै गर्नुपरेको भन्दै उनले यस वर्ष त्यति धेरै समस्या नभेटिएको बताए । बुधबार महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख श्यामराज देवकोटाको नेतृत्वमा गरिएको अनुगमनमा महानगरपालिकाका सरोकारवाला निकायको सहभागिता रहेको थियो । मङ्गलबारको अनुगमनका क्रममा मासुमा अखाद्य रङ, आलु प्याजका बोरामा तौल कम, समयावधि सकिएको चामलका बोरा, बिनादर्ता पसल सञ्चालन, तिलको तेलमा मिसावट, बेकरी घिउमा अखाद्य वस्तु मिसाइएको भेटिएको थियो । अनुगमन टोलीले भरतपुर–२ बालकुमारी सब्जी मन्डीमा मुखिया मिट सप्लायर्स, राजकपुर श्रेष्ठको माछा पसल र नेपाल मिट सप्लायर्समा अनुगमन गरेको हो । यस्तै भरतपुर–३ को आलु मन्डीमा पनि टोलीले विभिन्न पसलमा अनुगमन तथा निरीक्षण गरेको थियो । साइराम सब्जी भण्डार, जगदम्बा आलु स्टोर्स, राजलक्ष्मी आलु स्टोर्स र न्यू पशुपति भण्डार तथा भरतपुर–३ आन्नद मार्गमा रहेको मन्जुश्री ट्रेडर्समा पनि अनुगमन गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बजार अनुगमनलाई थप कडाइका साथ प्रभावकारी बनाएर लैजानुपर्ने बताए । उनले भने, ‘अब महानगर एक्सनमा जान्छ, गल्ती गर्ने व्यवसायीलाइ एकपटक सुध्रिने मौका दिन्छौँ, तर पुनः अर्कोपटक अनुगमनमा आउँदा सुधार भएको नपाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्छौँ ।’ रासस

भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. गौतम, बेवारिसेको उपचार निःशुल्क गरिदिने

भक्तपुर । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुमित्रा गौतमलाई नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उनले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्ने जानकारी दिइन् । त्यस्तै अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने उनले बताइन् । यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताए । कोरोमा महामारीको जटिल अवस्थामा मेसु डा. गौतमले पहिलोपटक पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आइसीयू, बच्चाका लागि एनआइसीयू, एचडीयूलगायत अन्य विभिन्न सेवा विस्तार गरेकी थिइन् । साथै अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी विसं २०७७ मा प्रदेश अस्पतालमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भई पुरस्कार प्राप्त गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा विस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामीको चाप बढेको थियो । मेसु डा गौतमले भक्तपुर अस्पताललाई उत्कृष्ट बनाउने, बन्द भएका सेवा तत्कालै सञ्चालन गर्ने, बेतिथिलाई रोक्ने, भक्तपुर र पूर्वका विभिन्न जिल्लाबाट आउने बिरामीलाई उपचारका लागि सिफारिस भएर जानु नपर्ने गरी सेवा सञ्चालन गरिने जानकारी दिइन् ।

असोजदेखि निक्षेपको व्याजदर बढ्ने, सर्वसाधारणले १२.१३ प्रतिशत व्याज पाउने

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए)ले ब्याजदर खुला छाड्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको बैठकले लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेको हो । संघका उपाध्यक्ष सुनिल केसीले अहिले तरलताको अभाव कायमै रहेको अवस्थामा नेपाल राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याजदरमा खुला नीति अवलम्बन गरेको बताए । ‘हामीले लामो समायदेखि ब्याजदर बढाएका थिएनौं, यसले ग्राहकलाई एक किसिमको सहज पनि भएको थियो, अब दशैं तिहार नजिकिँदै छ, मानिसले सो समयमा खर्च पनि बढी गर्छन्, खर्च कम गर्नका लागि भएपनि उनीहरुसँग भएको पैसा बैंकिङ प्रणालीमा ल्याउनु पर्ने बाध्यता छ, त्यसैले पनि अब बैंकहरुले राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याजदर तोक्न सक्छन्,’ उनले विकासन्युजसँग भने । योसँगै अब बैंकहरुलाई असोजमा ब्याजदर बढाउने बाटो खुला भएको छ । अब बैंकहरुले यसअघि प्रकाशन गरेको ब्याजदरको औषतमा १० प्रतिशतले मात्र परिवर्तन गरि ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था छ । हाल बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.१३ तथा संस्थागत तर्फ ९.१३ प्रतिशत दिइरहेका छन् । अब यसमा १० प्रतिशत बढाउँदा व्यक्तिगतको १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर हुन सक्छ । नेपाल राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ब्याजदर बढाउने नीति अगाडि सारेको थियो ।  राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई १.५ प्रतिशतले वृद्धि गरी ७ प्रतिशत रहेको बैंकदरलाई साढे ८ प्रतिशत, साढे ५ प्रतिशत रहेको नीतिगत दरलाई ७ प्रतिशत र ४ प्रतिशत रहेको निक्षेप संकलन दरलाई साढे ५ प्रतिशत पुर्‍याएको थियो ।

आयात नगरी एउटा जनै समेत नपाउने अवस्था छ : पुर्व गभर्नर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले आयात नगरी एउटा जनै समेत नपाउने अवस्था रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भइरहेको नेपाल उद्योग व्यापार महासंघको अधिवेशनमा उनले यस्तो बताएका हुन् । पुर्व गभर्नर क्षेत्रीले गुन्द्रुकसमेत चीनबाट आयत गरेर खानु पर्ने अवस्थामा रहेको बताए । ‘चीनबाट गुन्द्रुक आयत गरेर खानु पर्ने अवस्था छ, आयत मात्र गरेर कसरी हुन्छ आर्थिक विकास,’ उनले भने । उनले देशको आथिक विकास नभएसम्म आफुहरुले फुर्तिलो भएर काम गर्न नसक्ने बताए । यस्तै उनले धेरैलामो समय देखि आर्थिक विकासको लागि जोड दिए पनि त्यसको उपलब्धी भने शुन्य भएको बताए । ‘अर्थतन्त्रको व्यापार घटा १७ खर्ब भईसक्यो, अन्य देशबाट आयात नगरी एउटा जनाईसम्म नपाउने अवस्था छ, यस्तो अवस्थामा हामीले चालेका कदमले केही नभएको देखिन्छ,’ उनले भने । उनले देशको आर्थिक अवस्था कमजोर हुन नदिन नेपालमै उत्पादन भएका वस्तु खरिद गरी साना उघोग धन्दालाई प्रोत्साहित गर्नुपर्ने बताए । ‘भन्सार र कर बढ्दो छ, नेपालको स्रोत सुनिश्चित छैन, अर्थतन्त्र संकटमा गईरहेको छ, अर्थतन्त्रमा सुधार गर्नको लागि नेपालमा नै उद्योग व्यापार खोल्ने व्यवस्थाको सिर्जना गर्नु पर्छ,’ उनले भने ।  

यस्तै हो भने नेपाल श्रीलंका बन्छ : अध्यक्ष पाठक

काठमाडाैं । नेपाल उद्याेग व्यापार महासंघका अध्यक्ष श्याम बहादुर पाठकले राज्यले काम गराई परिवर्तन नगरे नेपाल श्रीलंका हुने बताएका छन् । बिहीबार काठमाडाैंमा भइरहेकाे नेपाल उद्योग व्यापार महासंघको अधिवेशनमा उनले यस्ताे बताएका हुन् । पाठकले नेपालकाे आर्थिक अवस्था खस्कदै गएकाे र सरकारले यसमा ध्यान नदिए नेपाल श्रीलंका हुने बताए । उनले राज्यकाे श्राेतकाे दरुपयाेग भइरहेकाे र समयम गाैरवका आयोजनाहरू सम्पन्न हुन नसकेको पनि बताएका छन् ।  

बैंकबाट ऋण लिन बिचौलियाको प्रयोग, बैंकले नमान्दा फस्टायो मिटरब्याज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भइरहेको बेला बैंकबाट ऋण पाउन सकसको अवस्था छ । यो अवस्थामा ग्राहकहरुले बैंकबाट ऋण लिनका लागि बिचौलियाको नै प्रयोग गर्नु परेको देखिएको छ । मिटरब्याज अपराध नियन्त्रण सिफारिसस कार्यदलले बैंकबाट ऋण लिन बिचौलियाको प्रयोग गर्नु पर्ने बाध्यता रहेको देखाएको हो । गृहमन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुसाल संयोजक रहेको कार्यदलले बैंकले ऋण चुकाउन आधार नगर्दासम्म ऋण नदिने र ऋण नदिएपछि बैंकमा आउाँ बिचौलिया लिएर आउने अभ्यास देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सो प्रतिवेदनमा ऋणको केही अंश तिनै बिचौलियाहरुले नै लैजाने गरेको पनि उल्लेख गरेको छ । यस्तै, कार्यदलको प्रतिवेदनले सहकारीभित्र पनि ठूलो बदमाशी भइरहेको देखाएको छ । ‘बैंक वित्तीय संस्थामा लागानी गर्ने पैसा छैन, थप्रै सहकारी दर्ता नै नभइ काम गरेका छन् जसको नियमन र कारवाही हुन सकेको छैन, बैंकमा बिचौलिया लिएर ऋण लिनु पर्ने अवस्था छ, ऋणको आधा अंश बिचौलियाले नै लैजान्छन्,’ प्रतिवेदनमा उल्लेख छ । अध्ययनबाट मिटरब्याजलाई विद्यमान कानुननले मुलुकी देवानी संहिता–२०७४ अनुसार ब्याख्या गरेको देखिएको हुनाले सो कानुनबाट पीडितले न्याय नपाउने पनि ठहर गरेको छ । कार्यदलले वैदेशिक रोजगारीमा जानको लागि लाग्ने खर्च व्यवस्थापन गर्न, बिरामी हुँदा उपचार गर्न, छोराछोरीको विवाह, ब्रतबन्ध, किरिया खर्च, चाडवाड खर्च लगायत सामाजिक संस्कारको कार्य गर्न, छोरा छोरीहरूको पढाईको खर्च तिर्न, दैनिक घर खर्च चलाउन, जग्गा जमिन किन्न, व्यापार व्यवसाय गर्न, खेतीको लागि आवश्यक मल बिऊ किन्न र बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको सावाँ ब्याज भुक्तानी गर्न, लगायत काम गर्न मिटबरब्याजमा ऋण लिने गरेको देखाएको छ । यस्तै, मानिसहरुले व्यवसाय गर्न, घर बनाउन, प्रशासनिक खर्चका लागि पनि मिटरब्याजमा ऋण लिने गरेका छन् । [pdf id=352066]