घटेको बजारमा यी १० कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति पुग्यो ?
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा बन्द भएको छ । हिजोको तुलनामा बिहीबार २.८८ प्रतिशत सेयर बजार घटेको हो । बिहीबार दिनभरिमा २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर ३५ हजार ५३७ पटक खरिद बिक्री हुँदा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सेयर बजार घटेपनि विभिन्न १० कम्पनीको सेयर मूल्य भने बढेको छ । सिटिजन्स म्युचुअल फण्ड–२ को सेयर मूल्य ४.१२ प्रतिशत अर्थात् ०.३४ रुपैयाँ बढेर ८.५९ रुपैयाँ, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.३८ प्रतिशत अर्थात् ३८ रुपैयाँ बढेर १ हजार ३८ रुपैयाँ, ८.५ प्रतिशत एसबिआई डिबेञ्चर २०८४ को सेयर मूल्य १.९२ प्रतिशत बढेर ८१५.५० रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूलय १.६९ प्रतिशत अर्थात् ०.१४ रुपैयाँ बढेर ८.४२ रुपैयाँ पुगेको छ । यस्तै, सनराइज ब्लुकचिप फण्डको सेयर मूल्य १.३० प्रतिशत अर्थात् ०.१० रुपैयाँ बढेर ७.७८ रुपैयाँ, मेगा म्युचुअल फण्ड–१ को सेयर मूल्य १.२१ प्रतिशत अर्थात् ०.०९ रुपैयाँ बढेर ७.५० रुपैयाँ, नबिल डिबेञ्चर २०८५ को सेयर मूल्य ०.७८ प्रतिशत अर्थात् ६.२० रुपैयाँ बढेर ८ सय रुपैयाँ, सिद्धार्थ इक्वीटि फण्डको सेयर मूल्य ०.६१ प्रतिशत अर्थात् ०.०५ रुपैयाँ बढेर ८.२१ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ०.४१ प्रतिशत अर्थात् १.९० रुपैयाँ बढेर ४६९.९० रुपैयाँ पुगेको छ ।
माओवादी रहुन्जेल भ्रष्टाचारीलाई चैनसँग बस्न दिने छैनौं : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नाे पार्टी नेतृत्वमा रहुन्जेल भ्रष्टाचारी तथा दलाललाई चैनसँग बस्न नदिने बताएका छन् । दाहालले बिहीबार काठमाडाैंमा सम्पन्न नेपाल उद्योग व्यापार महासंघको पहिलो अधिवेशनमा बल्दै सो कुरा बताएका हुन् । उनले यसकाे लागि नागरिकका साथ र सहयोग आवश्यक रहेको बताए । उनले आफु रहुन्जेल देशले सुख पाउँदैन भन्ने मान्छे पनि रहेको बताए । ‘प्रचण्ड भनेपछि सबै अस्थिरताको कारक यही हो, यो रहँदासम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन्, माओवादी र माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा, दलाल, भ्रष्टहरूलाई चैनमा बस्न दिइँदैन,’ उनले भने ।
ब्याजदर बढ्ने प्रभाव सेयर बजारमा, २३ दिनपछि उच्च कारोबार
काठमाडौं । सेयर बजार भारि अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो भएसँगै बढ्न सक्ने भएकाले यसको प्रभाव सेयर बजारमा परेको हो । यसअघि दुई दिन दोहोरो अंकले बढेको सेयर बजारमा ब्याजदर बढ्ने भएपछि पूँजी बजारमा पुनः राताम्य छाउन थालेको हो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा बन्द भएको छ । हिजोको तुलनामा बिहीबार २.८८ प्रतिशत सेयर बजार घटेको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । ब्याजदर बढ्ने संकेत पाएका लगानीकर्ताले सेयर बिक्री गर्न खोज्दा कारोबार रकम बढेको जानकारहरु बताउँछन् । बिहीबार दिनभरिमा २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर ३५ हजार ५३७ पटक खरिद बिक्री हुँदा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ । २१ दिनपछि कारोबार रकम धेरै भएको यसअघि साउन २४ गतेका दिन नेप्सेमा २ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सागा सेडन कार किन्दा टिभिएस एनटोर्क स्कुटर जित्ने मौका
काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम् मोटर्सले ‘गन्तव्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व विशेष योजना ल्याएको छ । ‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडन कारको खरिदमा टिभिएस एनटोर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै यस योजनामा एक्स५० र एक्स ७० एसयुभि कार र सागा सेडान कार अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्नेछन् । स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।
स्मार्ट कृषि: कृषकलाई बाख्रापालनमा सघाउँदै
रामपुर । बाख्रापालन व्यावसायलाई दीगोरुपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न बालीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित छ । बाख्रापालनलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमबाट उत्पादन वृद्धि गर्नुका साथै कृषकको जीवनस्तर उकास्ने र संस्थागत विकास हुने भएकाले कार्यक्रम प्रभावकारी देखिएको भेटरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा चन्द्रबहादुर राना बताउँछन् । उनी भन्नछन्, ‘बजारमा खसी बोकाको माग बढ्दो छ, यसबाट कृषकले राम्रो आयस्रोत लिन सक्ने भएकाले स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत बाख्रापालनमा कृषकले जोड दिएका छन्, जिल्लामा उत्पादकत्व वृद्धि भइरहेको छ’ । उनका अनुसार यस आर्थिक वर्षमा चार पालिकामा सञ्चालन भइरहेको सो कार्यक्रमका लागि कार्यालयले एक करोड १४ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । यसभन्दा अघि तानसेन नगरपालिकाको अर्गलीमा चार वर्षसम्म चलेको बाख्रापालन कार्यक्रम अहिले सहकारीकरण गरी कार्यालयले हस्तान्तरण गरेको छ । यहाँ राम्रै हँुदै गएपछि कार्यालयले अन्य पालिकामा पनि बाख्रापालनका कार्यक्रम अघि सारेको छ । पूर्वखोला गाउँपालिका–२ स्थित जल्पा र बगनासकाली गाउँपालिका–१ र २ मा चौथो वर्षमा स्मार्ट कृषि गाउँ कार्यक्रम चलिरहेको छ भने निस्दी र रैनादेवी छहरामा तेस्रो वर्षमा कार्यक्रम अगाडि बढेको छ । यो कार्यक्रम सम्झौता भएपछि चार वर्षसम्म कार्यालयको सहयोगमा चल्नेछ । पाँचौँ वर्षमा सहकारीकरण गरी हस्तान्तरण गरिनेछ । कार्यक्रम सुरु भएको पहिलो वर्ष कार्यालयले ८० प्रतिशत र सम्बन्धित समूह तथा संस्थाले २० प्रतिशत, दोस्रो वर्ष कार्यालयबाट ७० प्रतिशत र सम्बन्धित समूह, संस्थाले ३० प्रतिशत, तेस्रो वर्षमा कार्यालयले ६० र समूह, संस्थाले ४० प्रतिशत र चौथो वर्षमा कार्यालय र सम्बन्धित समूह र संस्थाले ५०/५० प्रतिशत रकम लगानी गरेर कार्यक्रम सञ्चालन गरिनेछ । सम्बन्धित समूह तथा संस्थाले स्थानीय सरकारसँग या संस्था आफँैले रकम व्यवस्थापन गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान छ । बाख्रापालनको हकमा प्रत्येक कृषकले कम्तीमा १० माउ बाख्रा पालेको हुनुपर्नेछ भने तरकारी तथा खाद्यान्न बालीमा कार्यक्रममा आवद्ध सबै कृषकको गरी एकमुष्ठ० कम्तीमा पाँच हेक्टर क्षेत्रफलमा खेती गरेको हुनुपर्ने जनाइएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत निस्दी गाउँपालिका–३ को झिरुवास, मौरीया, धार्केसिङ, ढाब्रा र डुनडाँडा क्षेत्रमा गरी ६० घरपरिवारका कृषकले एक हजार ४७५ बाख्रापालन गरेका छन् । कार्यक्रम शुरु भएपछि हालसम्म यहाँ प्रतिकृषक एक/एकवटा बाख्रा माउ बाख्रा वितरण गरिएको छ । संस्थाका लागि २४ उन्नत बोयर बोका, सातवटा चापकटर मेसिन, सातवटा ग्रेण्डर मेसिन, छ वटा फाइवरको डिटिङ्ग ट्याङ्क, सबै घरधुरीमा उन्नत घाँसको बीउ वितरण तथा गाउँमा एकवटा घाँसको नर्सरी स्थापना गरिएको निस्दीका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङ्गीले बताउँछन् । बाख्रापालनसम्बन्धी चेतनामुलक चारवटा तालिम, औषधि वितरणकार्य भएको छ । ‘गाउँमा यस कार्यक्रमले बाख्रापालनमा कृषकको आकर्षण बढ्दै गएको छ, अहिले उत्पादन वृद्धि हुँदै जादा उत्पादित खसीबोका बजारीकरण सम्बन्धमा छलफल चलिरहेको छ’ उनी भन्छन्, ‘यहाँ सञ्चालन भएको कार्यक्रममा आवद्ध कृषकले कम्तिमा १४ देखि बढीमा ५५ सम्म माउ बाख्रापालन गरेका छन् भने सबैका घरमा आधुनिक खोर बनेका छन्’ । बगनासकाली गाउँपालिका–१ र २ मा बाख्रापालनमा ईच्छुक कृषकलाई लक्षित गरी माडी चक्रपथ स्मार्ट कृषि गाउँ कार्यक्रम तेस्रो वर्षमा अगाडि बढेको छ । यहाँ ५० घरपरिवार आवद्धमध्ये ४५ घरमा बाख्रापालन र पाँच घरमा माछापालन गरिएको समितिका अध्यक्ष मथुरा ढकालले बताए । उनका अनुसार ६१ बाख्राबाट शुरु भएको कार्यक्रम अहिले ४८२ माउ, खसी, बोका, पाठापाठी छन् । समितिले ४५० माउ बाख्रा पु¥याउने लक्ष्य छ । ‘यस कार्यक्रमले बाख्रापालन व्यावसायमा कृषकलाई आकर्षण गरेको छ, थोरै बाख्रापालन गर्नेले अहिले सङ्ख्या बढाउँदै जानुभएको छ, विभिन्न सेवा सुबिधा पाइदो रहेछ’ रुपैयाँ रकम सहयोग भएको थियो । यसवर्ष भने समिति आफैँले रकम व्यवस्थापन गरेर कार्यक्रम गर्ने अध्यक्ष ढकालले बताए । यस समितिले कार्यक्रम शुरु भएपछि ७९ वटा खसी बोका विक्री गरेर आठ लाख ११ हजार रुपैयाँ बराबरको आम्दानी गरिसकेको छ । भेटरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको लागि सात करोड छ लाख ५३ हजार रुपैयाँ बराबरको कार्यक्रम गर्नेछ । जसअन्तर्गत चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ हजार रुपैयाँ, पशुपक्षी पर्यटन प्रवद्र्धनमार्फत आयआर्जन सहयोगमा दुई लाख रुपैयाँ, बङ्गुरपालन कार्यक्रमको लागि १० लाख रुपैयाँ, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ३० लाख रुपैयाँ, ग्रामीण क्षेत्रमा कुखुरापालनमा १० लाख रुपैयाँ, डेरी तथा मासु पसल सुधारमा आठ लाख रुपैयाँ, अनुगमन मूल्याङ्कनमा ७५ हजार रुपैयाँ, स्मार्ट कृषि कार्यक्रममा एक करोड १४ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । यस्तै मत्स्य विकास कार्यक्रमको लागि पाँच लाख ९५ हजार रुपैयाँ, कृषि तथा पशुपक्षी श्रोत तथा प्रविधि सेवा टेवा कार्यक्रमको लागि एक करोड ८६ लाख दुई हजार रुपैयाँ, पशुपक्षी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमको लागि ३३ लाख ८० हजार रुपैयाँ र गाईका व्यवसायिक उत्पादन केन्द्र ब्लक कार्यक्रम सङ्घीय सरकारमार्फत ३३ लाख रुपैयाँ बराबरको वजेट रहेको छ । कार्यालयले चालु आर्थिक वर्षमा कृषकसँग कृषि मन्त्री कार्यक्रमको लागि सात लाख ५० हजार रुपैयाँ, तिनाउ गाउँपालिकामा बङ्गुर श्रोत केन्द्र स्थापनाको लागि, चार लाख रुपैयाँ, तानसेन र माथागढीमा बाख्रा र बङ्गुरको ब्रिडर हर्ड स्थापनाको लागि आठ लाख रुपैयाँ, मागमा आधारित व्यवसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रमको लागि ३० लाख रुपैयाँ, पशु बाँझोपन निवारण सेवाको लागि छ लाख रुपैयाँ, पशुस्वास्थ्य तथा उपचार खोप सेवाको लागि छ लाख रुपैयाँ, प्रयोगशाला सेवाको लागि चार लाख रुपैयाँ, पशु स्वास्थ्य शिविरको लागि दुई लाख ५० हजार रुपैयाँ, सामुदायिक प्रजनन् केन्द्र स्थापनातर्फ पाँच लाख रुपैयाँ वजेट रहेको कार्यालले जनाएको छ । माछापालनको लागि नयाँ पोखरी निर्माण गर्न पाँच लाख रुपैयाँ, तानसेन नगरपालिका–७ मा गौशाला निर्माण गर्नका निम्ति १० लाख रुपैयाँ, बगनासकाली गाउँपालिका–८ बराङ्दीमा गाईंभैंसी प्रवद्र्धनको लागि १० लाख रुपैयाँ, पशुपक्षीका रोग नियन्त्रण गर्न खोप अभियान कार्यक्रमका लागि २० लाख रुपैयाँ बराबरको वजेटका कार्यक्रम कार्यालयबाट सञ्चालन हुने कार्यालयका पशु प्राविधिक युवराज ज्ञवाली बताउँछन् । रासस
सिप्रदी अटोपार्ट्सहरु एउटा किन्दा अर्को नि:शुल्क
काठमाडाैं । सिप्रदी अटोपार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो । टाटा कमर्सियल गाडीका धनीले अझ बढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयू बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने कम्पनी बताउँछ । यस अफर अन्तर्गत ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल नि:शुल्क पाउनेछन् । यसैगरी, क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक बाेध प्रसाद तिमिल्सिनाले बताए ।
बैतडीमा छ महिनादेखि हवाई सेवा बन्द
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका हुन् । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा आठ घण्टा लाग्ने गर्दछ । यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भएको र असोज पहिलो साताबाट पुनः सञ्चालन हुने समिट एयर पाटनका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए । चैतअघि नियमितरुपमा उडान हुने गरेकामा त्यसपछि यात्रु नपाउँदा र मौसम अनुकूल नहुँदा उडान हुन नसकेको हो । चैतपछि केही महिना समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भरिरहेको हुनाले पाटन नआएको भट्टको भनाइ छ । उनले भने, ‘चैतदेखिको दुई/तीन महिना लुक्ला र जोमसोमतिर पर्यटक बढेकाले उतै भरेको थियो, त्यसपछि यता उडान भर्ने कुरा थियो, कहिले मौसमले साथ नदिने कहिले यात्रु नपाइने समस्या छ ।’ रासस
ब्याजदर बढ्ने भएपछि सेयर बजारमा पहिरो, ३ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) ले बिहीबार ब्याजदर खुला छाड्ने निर्णय गरेको हो । लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेपछि ब्याजदर बढ्न सक्ने भएको छ । बिहीबार दिउँसो १ः५५ बजेसम्ममा सेयर बजारमा भारि गिरावट आएको छ भने सबै समूहमा राताम्य छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४ मा झरेको छ । यस्तै, सोही समय अवधिसम्ममा २२८ कम्पनीको ४१ लाख २८ हजार ६८६ कित्ता सेयर खरिदबिक्र हुँदा १ अर्ब ३४ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहमा राताम्य छाएको छ भने विभिन्न ३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।