‘आइएमई पे’ मार्फत डिजिटल भुक्तानी गर्दा लाखौंको उपहार पक्का
काठमाडौं । चाडपर्वको अवसरमा आइएमई पेले पहिलोपटक आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । यो अफर असोज १ गतेदेखि कार्तिक १५ गतेसम्म गरेर जम्मा ४६ दिनसम्म कायम हुने कम्पनीले जनाएको छ । दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइटिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोडदेखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिनेछ । अफर अवधिभरी आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ ९प्रति०, मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३।६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन ९प्रति०, आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेनं ९प्रति० र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभी ९५५ इन्च, प्रति० पाउनेछन् । चाडपर्व कै अवसर पारी आइएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरुले १५५ छुट र हिमाल डेन्टलमा १५५ छुट पनि प्राप्त गर्न सक्नेछन् । साथै, आइएमई पेको प्रयोगकर्ताहरुले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउनेछन् । दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजाल मार्फत हुने र बाँकी सबै उपहारहरुको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा गरिने कम्पनीले जानकारी दिएको छ । उपहारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाइसि प्रमाणित गर्नु पर्ने नियम कम्पनीले राखेको छ । यसका साथै आइएमई पे एपमा क्यास –इन र क्यास–आउट बाहेक अरु सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम रखिएको छ ।
खुकुरी ह्वाइट रम नेपाली बजारमा
काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्रान्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ। योसँगै खुकुरी ब्रान्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरु भएका छन्ः खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम । खुकुरी ह्वाइट रमले गर्मीयामका पेयहरुको माग पूरा गर्ने कम्पनीले बताएको छ । उक्त रमलाई बरफ ९आइस० हालेर वा कोला वा जुसजस्ता मिक्सरहरुसँग पनि पिउन सकिने कम्पनीले बताएको छ । ‘खुकुरी ह्वाइट रम’लाई ककटेल बनाउन व्यापक रुपमा प्रयोग गर्न सकिने कम्पनी बताउँछ । २ वर्षभन्दा बढी समय लगाएर खुकुरीको ह्वाइट रम तयार गरिएको कम्पनीले जानकारी दिएको छ । खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले बताए । उनले भने, ‘हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौं, हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौँ ।’
हुलाकी राजमार्गकाे ७२ प्रतिशत काम सम्पन्न
काठमाडौं । तराई–मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ प्रतिशत निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । आयोजनाअन्तर्गत हालसम्म झण्डै नौ सय किलोमिटर सडक कालोपत्र भएकामा अहिले साढे पाँच सय किमीका लागि ठेक्का आह्वान भएर काम अघि बढेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । चालु आवमा डेढ सय किमी काम काम हुने निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए । पूर्व–पश्चिम सडकमा झण्डै एक सय किमी र उत्तर र दक्षिणतर्फ झण्डै ५० किमी कालोपत्र गर्न बाँकी छ । अहिले काम भइरहेकामा कतिपय ठाउँमा ‘स्ट्रक्चर’ कतै ग्राभेल कतै ‘बेस’ भइसकेको उनले बताए । ‘झापा मोरङसम्ममा बेस भएको छ र कालोपत्र गर्न बाँकी छ’, प्रमुख झाले भने, ‘बेसको काम भइसकेका ठाउँमा आगामी वर्ष काम सकिनेछ ।’ आयोजनाअन्तर्गत पूर्व–पश्चिम जोड्ने सडकसँगै १० सहायक सडक छन् । समग्र आयोजनाको झण्डै दुई सय ५० किमी सडक र पूर्व–पश्चिमको डेढ सय किमी सडक ठेक्का प्रक्रियामा जान बाँकी छ । यी खण्डमा यो वर्ष ठेक्का आह्वानका लागि प्रक्रियामा रहेको र अनुकूल भएपछि प्रक्रिया अघि बढाइने छ भने निकुञ्ज र वन क्षेत्रमा स्वीकृति आएपछि प्रक्रिया अघि बढाउन सकिने उनले बताए । चितवन राष्ट्रिय निकुञ्जको नवलपुरबाट सुस्ता पूर्वसम्म, कपिलवस्तु–दाङ–बाँकेसम्मको खण्डमा ठेक्का गर्न बाँकी छ । बाँके र बर्दिया जोड्ने ३१ किमी लामो नेपालगञ्ज–गुलरिया सडक गत बुधबार शिलान्यास भएको थियो । ठेक्का आह्वान गर्न बाँकी खण्डमा प्रक्रियामा जान सकिने प्रमुख झाले बताए । उनले भने, ‘इआइए र डिपिआर भइसकेको छ । अब ठेक्का अघि बढाइनेछ ।’ ठेक्का आह्वान गर्न बाँकी डेढ सय किमीमा नै वातावरणीय अध्ययन स्वीकृत भएको छ । बहुवर्षीय ठेक्कामा जान स्रोत सुनिश्चित गर्न पनि बाँकी रहेको र त्यसका लागि पनि प्रक्रिया अघि बढाइएकोे प्रमुख झाले बताए । निकुञ्ज र वन क्षेत्रमा वातावरणीय असर पुग्ने भन्दै निर्माण अघि बढाउन सहमति नभएपछि विगतदेखि नै वन क्षेत्रको विकल्प खोज्न छलफल भएको थियो । अहिले दाङ र बाँकेको कल्याणपुर–रुपडिया–राजपुर जङ्गल क्षेत्र भएकाले वैकल्पिक मार्गका विषयमा छलफल भइरहेको छ । सडक र पुल दुवै सम्पन्न हुन अब दुई वर्ष लाग्ने आयोजनाले जनाएको छ । जम्मा दुई सय ५० पुल निर्माण गर्नुपर्नेमा हालसम्म एक सय २५ वटा सम्पन्न भएको छ । झण्डै ८०–९० पुल निर्माणाधीन छन् भने अझै पनि ४०–५० पुल ठेक्कामा जान बाँकी छ । विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भइसकेकाले अब प्रक्रियामा जान सकिने उनले बताए । अहिलेको कामको गतिका आधारमा विसं २०८२/८३ सम्ममा सडक र पुल सबै सम्पन्न हुनसक्ने बताइएको छ । विगतका वर्षहरूमा कोभिडका कारण काममा बाधा पुगेकाले पनि अवधि थप भएको प्रमुख झाले जानकारी दिए । आयोजनामा पहिले धेरै रुग्ण पुल रहेकामा अहिले कम भइरहेको छ । रुग्ण पुलका अवधि थप गरेर काम भइरहेको छ । चालु आबमा रुग्ण पुलको निर्माण सकिने तर कन्काई पुल, कान्द्रा, बिरिङ, कमला पुललगायत १० वर्ष पहिले शुरु भएका पुलहरु नै सम्पन्न गर्न बाँकी छ । सार्वजनिक खरिद नियमावलीको बाहैँ संसोधनबमोजिम काम हुनसक्ने देखिएको सबै ठेक्काको अवधि असारसम्म थप गरिएको छ । रुग्ण ठेक्कामा यो अवधिमा यति प्रगति गर्नुपर्ने भनी तोकिएको उनले बताए । ‘तीन महिना र छ महिनामा यति–यति गरिसक्नुपर्ने भनी निर्धारण गरिएको छ’, प्रमुख झाले भने, ‘अवधि असारसम्म भएपनि काम नगर्दा तोड्ने प्रक्रियामा अहिले पनि जान सकिन्छ ।’ विगतमा कतै निर्माण व्यवसायीका कारण, कतै कोभिडका कारण त कतै निर्माण सामग्रीको मूल्य बृद्धि हुँदा काम नगर्ने व्यवासायीको निर्णय कन्सट्रक्सन होलिडेका कारण निर्माणमा बाधा पुगेको थियो । विगत वर्षहरुमा कोभिडका कारणले पनि निर्माणमा अवरोध पुगेको थियो । कतिपय स्थानमा निर्माण व्यवसायीले काम नगरेर ढिलाई भएको थियो । ‘कन्सट्रक्सन होलडे’ को समयमा कतिपयले गरेपनि अन्यले गरेका थिएनन् । आयोजनामा गत आबमा सतप्रतिशत प्रगति थियो । एक सय४६ किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा १५० किमीमा कालोपत्र भएको थियो । सोह्रवटा पुल निर्मार्ण गर्नुपर्नेमा १४ बटा निर्माण भएको आयोजनाले जनाएको छ । सो आयोजनाले आब २०६५/६६ मा निर्माण शुरु गरेर आव २०७४÷७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर पछि त्यसलाई संशोधन गरेर आव २०७९/८० पु¥याइएको थियो । राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामाकरण गरिएको थियो । उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । विसं २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने उल्लेख थियो । पछि विभिन्न कारणले त्यो ‘मोडालिटीमा’ काम हुन सकेन । भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर हुलाकीको पूर्व–पश्चिम सडकसँगसँगै ‘फिडर रोड’ अघि बढाइएको थियो । रासस
नेपाल र बंगलादेशको खेल सञ्चालन गर्न ५० लाख लाग्ने, हेर्न ५ सय र १ हजारको टिकट
काठमाडौं । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल संचालन गर्न ४८ लाख ६५ हजार रुपैयाँ बजेट लाग्ने एन्फाले जनाएको छ । असोज ११ गते दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुँदैछ । एन्फाले खेल हेर्ने दर्शकका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट तोकेको छ । मैत्रीपूर्ण खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ ।
बीमितले एक महिनामै त्यागे डेढ अर्ब रुपैयाँको बीमा पोलिसी (सूचीसहित)
काठमाडौं । जीवन बीमा गर्ने बीमितले महिना दिनमै साढे १ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका छन् । बीमा समितिका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्रै एक अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको जीवन बीमालेख समपर्ण अर्थात सरेन्डर भएका हुन् । सो अवधिमा बीमितले कूल ८ हजार ४२२ वटा बीमा पोलिसी रोकेका अर्थात त्याग गरेका हुन् । सञ्चालित १९ वटा कम्पनीमध्ये नेपाल लाइफका बीमितले सबैभन्दा बढी त्याग गरेका छन् । नेपाल लाइफका बीमितले ३ हजार ६२४ वटा अर्थात ६४ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् । उक्त संख्या र रकम अन्य कम्पनीको तुलनामा सर्वाधिक हो । त्यस्तै, बढी पोलिसी सरेन्डर गर्नेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । साउनमा मात्रै कम्पनीका बीमितले ३ हजार ३४५ रुपैयाँ बराबरको १ हजार ६६६ वटा बीमा पोलिसी सरेन्डर गरेका हुन् । यता, नेशनल लाइफको २८ करोड बराबरको ६१६ वटा बीमालेख सरेन्डर भएका छन् । एशियनको ७ करोड २४ लाख, राष्ट्रिय बीमा संस्थानको ५ करोड ८९ लाख, मेट लाइफको २ करोड ८८ लाख, सूर्या लाइफको २ करोड ६४ लाख, गुराँस लाइफको १ करोड ७४ लाख बीमा पोलिसी सरेन्डर भएका समितिले जानकारी गराएको छ । त्यस्तै, बाँकी १० वटा कम्पनीका बीमितबाट करोडभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएको छ । जसमध्ये सबैभन्दा बढी प्राइमको छ । साउनमा मात्रै प्राइमबाट ७८ लाख, रिलायबल नेपाल लाइफबाट ६८ लाख, प्रभु लाइफबाट ६६ लाख, रिलायन्स लाइफबाट ६१ लाख र युनियनबाट ५० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । साउनमा कसको कति बीमा पोलिसीहरु सरेन्डर भयो ? ५० लाख रुपैयाँभन्दा कमको पोलिसी सरेन्डर हुनेमा ६ कम्पनी रहेका छन् । जसमध्ये सन नेपाल लाइफबाट सबैभन्दा कम रकमको पोलिसी सरेन्डर भएका छन् । रकममा मात्रै नभई कम्पनीको सरेन्डर भएका पोलिसी संख्या पनि अन्य १८ कम्पनीको तुलनामा न्यून छ । ज्योति लाइफको ४५ लाख, महालक्ष्मी लाइफको ४४ लाख, आइएमई लाइफको ४० लाख, सानिमा लाइफको ३८ लाख, सिटिजन लाइफको २८ लाख र सन नेपाल लाइफको १० लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका छन् । साउनमा मात्रै यी कम्पनीको क्रमशः ३२, १७, ३१, ३२, ४८ र १३ वटा पोलिसीहरुसम्बन्धित कम्पनीको बीमितहरुबाट रोकिएका छन् । बीमा पोलिसी सरेन्डर गर्नु भनेको जीवन बीमा गरेर अवधि नपुग्दै रोक्नु हो । पछिल्लो समय उक्त संख्या बढ्दो छ । बीमितहरुले निश्चित वर्षको लागि भनेर जीवन बीमा गराउने र समय नपुगी उक्त पोलिसी बन्द गर्न थालेका छन् ।
‘नेपाल चीनको प्राथमिकतामा छ’
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसकेका छन् । भ्रमणको सन्देश कस्तो रह््यो भन्ने बारेमा चासो र चर्चा भने कायमै छ । पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र चीनबीचको सम्बन्ध थप विस्तार भइरहेको छ । पछिल्ला दिनमा चिनियाँ राष्ट्रपतिले अगाडि सार्नुभएको आर्थिक विकाससहितको साझेदारीको कार्यक्रम ‘बीआरआई’ को एउटा सदस्य राष्ट्रका रुपमा नेपालले समेत हस्ताक्षर गरेको सन्दर्भमा सम्बन्धमा आयाम पनि नयाँ रुपमा अभिव्यक्त भएको छ । पछिल्लो छ महिनाका बीचमा चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी, मन्त्रीस्तरीय हैसियतमा रहनुुभएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जिआन्चाओदेखि अध्यक्ष ली सम्मको भ्रमणको श्रृंखला हेर्दा चीनले नेपाललाई महत्व दिएको अर्थका रुपमा लिन सकिन्छ । अरनिको राजमार्गको विस्तारदेखि शुरु भएको विकास निर्माणको सहकार्य पछिल्ला दिनमा अझै मुखर रुपमा अगाडि बढेको छ । बीआरआई परियोजनाले ठूला भौतिक पूर्वाधारको सम्बन्ध सेतुलाई अझै विस्तार गरेर लैजाने अनुमान गरिए पनि त्यसमा खास प्रगति हुन सकेको छैन । अध्यक्ष ली को भ्रमणका क्रममा यहाँका राजनीतिक नेतृत्व र सङ्घीय संसद्ले समेत यो विषयलाई प्रमुखताका साथ उठाएको छ । सभामुखसँगको द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा समेत यस विषयले प्रवेश पाएको छ । सभामुख सापकोटा र अध्यक्ष ली बीच विभिन्न छ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो । सम्झौताको एउटा बुँदामा सो विषयले प्राथमिकता पाएको छ । नेपाल र चीनले राष्ट्र तथा जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान गर्न सहमति जनाएका छन् । सहयोग सुदृढ गर्न प्रयास गर्ने र दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिने अर्को महत्वपूर्ण समझदारी पनि भ्रमणका क्रममा भएका छन् । संसदीयमैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्दै साथ दिने तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गरी प्रोत्साहन गर्ने, एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने भएका छन् । दुई सरकारबीच सहमति भएबमोजिम बीआरआई मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषयलाई समेत आत्मसात् गरिएको छ । भेटवार्ताका क्रममा सभामुख सापकोटाले नेपालको आर्थिक विकासमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । कोरोना महामारीका समयमा चीन सरकारका तर्फबाट उपलब्ध सहयोगप्रति पनि सभामुखले आभार प्रकट गरेका थिए । दुई देशका जनप्रतिनिधिको शीर्ष नेतृत्वबीच यस्तो खालको द्विपक्षीय छलफल र भेटवार्तालाई पनि ऐतिहासिक घटनाक्रमका रुपमा लिने विश्वास गर्न सकिन्छ । यस्तै त्यसअवसरमा चिनियाँ राष्ट्रपतिले अगाडि सार्नुभएको बीआरआईका विषयमा समेत त्यस अवसरमा छलफल भएको थियो । संयुक्त सहमतिमा पनि सो विषयले स्थान पाएको छ । यस्तै सहयोग आदानप्रदानका विविध विषयका अलावा नेपालको आर्थिक विकास एवं समृद्धिका विविध आयामका बारेमा पनि महत्वपूर्ण छलफल भएको छ । यो आफैमा अर्को महत्वपूर्ण विषयका रुपमा लिन सकिन्छ । नेपाल र जनवादी गणतन्त्र चीनबीच सहर्ष कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने तथा दुई राष्ट्र तथा जनताको आपसी हितका लागि दुवै राष्ट्रहरुबीच सहयोगको आदानप्रदान र आपसी विश्वासलाई अझ गहन तुल्याउने सम्झौताको उद्देश्य छ । सन् २०१९ को अक्टोबरमा भएको राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच विकास तथा समृद्धिका लागि चिरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सहयोगको रणनीतिक साझेदारीमा अभिवृद्धि गर्ने गरी भएको निर्णयलाई पुन पुष्टि गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । राजनीतिक नेतृत्व, सरकार र सङ्घीय संसद्का बीचमा भएको संवाद तथा विचार विमर्शले पनि चीनले सबै क्षेत्रलाई उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने चीन मामिलाका जानकार डा रुपक सापकोटाको भनाइ छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयदेखि चिनियाँ नाका बन्द भएको तथा बीआरआईको कार्यान्वयनमा जटिलता पैदा भएको विषयलाई प्रमुखताका साथ उठाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जालको विस्तार, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो । त्यस क्रममा पनि चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको अडान र नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धताको खुलेर प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले चीनले विगतका वर्षदेखि नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा प्रशंसा गरेका थिए । सो अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वासन दिएका थिए । चिनियाँ प्रतिनिधिमण्डलले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना कार्यान्वयनका लागि पहल गर्ने जानकारी गराएको थियो । नेपालको अनुरोधको जवाफमा चिनियाँ पक्ष नेपालको एलडिसीबाट सहज र दिगो स्तरोन्नतिलाई समर्थन गर्न सक्रिय प्रयास गर्न सहमत भएको भएको थियो । संयोग पनि कस्तो पर्न गएको छ भने अध्यक्ष लीको भ्रमणकै क्रममा बन्द रहेका उत्तरका दुई नाका आजदेखि सञ्चालनमा आएका छन् । कोरोना नियन्त्रणका लागि ‘शुन्य कोरोना’को नीति अगाडि सारेको चीनले नाका बन्द गरेको अवस्था थियो । दशै तिहार जस्ता चाडबाडको समयमा नाका बन्द हुनु मानवीय हिसाबले पनि अमिल्दो विषय भएको भनेर व्यवसायीले टिप्पणी गरिरहेको सन्दर्भमा ली को भ्रमणकै क्रममा खुलेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाका तात्काल खोल्न आग्रह गरेका थिए । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरेका थिए । अध्यक्ष दाहालले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउनका निम्ति चिनियाँ पक्षलाई आग्रह गरेका थिए । सन् २०१६ पछि चीन र नेपालका बीचमा आर्थिक विकासका सम्बन्धका महत्वपूर्ण सम्झौता र साझेदारी गर्ने सहमति भएका छन् । यद्यपी कार्यान्वयनको पाटो भने कमजोर रहेको सन्दर्भमा माओवादी अध्यक्ष दाहालले बीआरआई लगायतका परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । लामो समयदेखि दुई देशबीच राज्य–राज्य, सरकार– सरकारबीचको सम्बन्ध रहँदै आएको सन्दर्भमा पछिल्लो पटक जनता– जनताबीचको सम्बन्ध विस्तारका रुपमा संसदसँगको सम्बन्धलाई पनि अध्यक्ष ली को भ्रमणले उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने चिनियाँ मामिलाका जानकार डा सापकोटाको भनाइ छ । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि भइरहेका उच्चस्तरीय भ्रमणले नेपाललाई चीनले उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने र सम्बन्ध विस्तारका नयाँ नयाँ आयामको खोजीमा पछिल्लो भ्रमण मुखर देखिएको बताए । आर्थिक रुपमा शक्तिसम्पन्न देशका रुपमा स्थापित हुँदै गएको चीनका राष्ट्रपति सीजिङपिङको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा लागिपरेको छ । नेपालले लामो समयदेखि अङ्गीकार गर्दै आएको एक चीन नीति र सुरक्षा चासोप्रति चीन सदैव सकारात्मक रहेको छ । भूराजनीतिक बदलावका बीचमा देखिने अन्तर्राष्ट्रिय विवाद र चासोका बीचमा नेपालको असंलग्न परराष्ट्र नीति तथा एक चीन नीतिप्रतिको पूर्ण प्रतिबद्धता आफैमा महत्वपूर्ण रहेको छ । नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहँदै आएको छ । नेपाल चीनको असल मित्र रहेको र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको चीनले सधैं सम्मान गर्दै आएको छ । नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको छ । नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पछिल्लो पटक अध्यक्ष ली ले समेत प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धताको तात्कालीक परिणाम पनि देखिइसकेको छ । अध्यक्ष ली को भ्रमणका क्रममा नै नेपाली पक्षले सीमा नाका र बीआरआई कार्यान्वयनका लागि गराएको ध्यानकर्षण आफैमा महत्वपूर्ण रहेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खड्ग केसीको भनाइ छ । नाका खुल्ने विषयलाई पनि तत्कालीन रुपमा सकारात्मक रुपमा नै लिन सकिने उनको भनाइ छ । चीन र नेपालको सम्बन्ध रणनीतिक साझेदारीका प्रवेश गरेको भनेर जसरी भ्रमणमा क्रममा विषय उठे र प्रमुख ‘प्रतिपक्षी दलका नेताले दोहोर्याएकाले’ यसलाई थप महत्वका साथ हेर्नुपर्ने उनको भनाइ छ । संसदीय प्रक्रियामा पनि सहकार्य गरेर जाने भन्ने विषय अर्को महत्वका साथ हेर्नुपर्ने उनको भनाइ छ । नेपालका वामपन्थी शक्ति एकापसमा मिलुन भनेर गरिएका चर्चाका बीचमा ली को भ्रमणका क्रममा भने यस विषयले प्राथमिकता नपाएको र सतही अनुमान तथा विश्लेषण गरिएको समेत उनको टिप्पणी छ । उनले भने, “नेपाल प्राथमिकतामा छ भन्ने सन्देश यस भ्रमणबाट दिन खोजिएको होला भनेर लिन सकिन्छ ।” बुधबार मात्रै अध्यक्ष ली ले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा समेत दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयलाई नै केन्द्रमा राखिएको थियो । बुधबार बिहान मात्रै चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनस्निर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । नेपाल भ्रमणमा आउने चिनियाँ नेताले पूरातात्विक महत्वका क्षेत्रमा भ्रमण गर्ने प्रचलन रहँदै आएको छ । यसबाट नेपालमा चिनियाँ पर्यटकलाई आकर्षित गर्न बल पुग्ने जानकारहरुको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टीबीच विशेष खासका सम्बन्ध रहँदै आएको चर्चा बेलाबखतमा हुने गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपामाओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्ता र त्यसक्रममा व्यक्त भएका विचारले पनि त्यसलाई पुन पुष्टि गरिदिएको छ । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो । विभिन्न शक्ति राष्ट्रसँग नेपालको सहकार्य बढ्नु र अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्बन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त नै प्रमुख कारणका रुपमा रहेको डा सापकोटाको भनाइ छ । नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्चस्तरको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत गर्नेछ । रासस
नेप्सेमा एक लघुवित्तको २० प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार लघुवित्तको २० प्रतिशत बोनस सेयर वापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
अध्यक्ष लीको भ्रमणसँगै खुल्यो १ महिनादेखि बन्द भएको तातोपानी र रसुवा नाका
काठमाडौं । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ । साथै कोभिड–१९को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको छ । नाका खुलेसँगै रसुवाबाट बिहान सात ठुला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले राससलाई जानकारी दिए । रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए । तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ । अध्यक्ष लीको भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट ती नाका खुला हुनुपर्ने आवाज उठेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग मङ्गलबार भएको अध्यक्ष लीको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सुरु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो । भेटवार्ताका अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण कम भएसँगै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वस्त पारेका थिए । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट नेपाल भ्रमणमा आएका थिए । भ्रमणका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सभामुख सापकोटा र अध्यक्ष लीले सोमबार संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बँुदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष ली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीको शिष्टाचार भेटवार्ता भएको थियो । अध्यक्ष ली भ्रमण सम्पन्न गरी आज बिहान विशेष विमानबाटै फर्किएका हुन् ।