बीमितले एक महिनामै त्यागे डेढ अर्ब रुपैयाँको बीमा पोलिसी (सूचीसहित)

<p>काठमाडौं । जीवन बीमा गर्ने बीमितले महिना दिनमै साढे १ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका छन् । बीमा समितिका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्रै एक अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको जीवन बीमालेख समपर्ण अर्थात सरेन्डर भएका हुन् । सो अवधिमा बीमितले कूल ८ हजार ४२२ वटा बीमा [&hellip;]</p>

काठमाडौं । जीवन बीमा गर्ने बीमितले महिना दिनमै साढे १ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका छन् । बीमा समितिका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्रै एक अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको जीवन बीमालेख समपर्ण अर्थात सरेन्डर भएका हुन् ।

सो अवधिमा बीमितले कूल ८ हजार ४२२ वटा बीमा पोलिसी रोकेका अर्थात त्याग गरेका हुन् । सञ्चालित १९ वटा कम्पनीमध्ये नेपाल लाइफका बीमितले सबैभन्दा बढी त्याग गरेका छन् । नेपाल लाइफका बीमितले ३ हजार ६२४ वटा अर्थात ६४ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् । उक्त संख्या र रकम अन्य कम्पनीको तुलनामा सर्वाधिक हो ।

त्यस्तै, बढी पोलिसी सरेन्डर गर्नेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । साउनमा मात्रै कम्पनीका बीमितले ३ हजार ३४५ रुपैयाँ बराबरको १ हजार ६६६ वटा बीमा पोलिसी सरेन्डर गरेका हुन् ।

यता, नेशनल लाइफको २८ करोड बराबरको ६१६ वटा बीमालेख सरेन्डर भएका छन् । एशियनको ७ करोड २४ लाख, राष्ट्रिय बीमा संस्थानको ५ करोड ८९ लाख, मेट लाइफको २ करोड ८८ लाख, सूर्या लाइफको २ करोड ६४ लाख, गुराँस लाइफको १ करोड ७४ लाख बीमा पोलिसी सरेन्डर भएका समितिले जानकारी गराएको छ ।

त्यस्तै, बाँकी १० वटा कम्पनीका बीमितबाट करोडभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएको छ । जसमध्ये सबैभन्दा बढी प्राइमको छ । साउनमा मात्रै प्राइमबाट ७८ लाख, रिलायबल नेपाल लाइफबाट ६८ लाख, प्रभु लाइफबाट ६६ लाख, रिलायन्स लाइफबाट ६१ लाख र युनियनबाट ५० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।

साउनमा कसको कति बीमा पोलिसीहरु सरेन्डर भयो ?

५० लाख रुपैयाँभन्दा कमको पोलिसी सरेन्डर हुनेमा ६ कम्पनी रहेका छन् । जसमध्ये सन नेपाल लाइफबाट सबैभन्दा कम रकमको पोलिसी सरेन्डर भएका छन् । रकममा मात्रै नभई कम्पनीको सरेन्डर भएका पोलिसी संख्या पनि अन्य १८ कम्पनीको तुलनामा न्यून छ ।

ज्योति लाइफको ४५ लाख, महालक्ष्मी लाइफको ४४ लाख, आइएमई लाइफको ४० लाख, सानिमा लाइफको ३८ लाख, सिटिजन लाइफको २८ लाख र सन नेपाल लाइफको १० लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका छन् । साउनमा मात्रै यी कम्पनीको क्रमशः ३२, १७, ३१, ३२, ४८ र १३ वटा पोलिसीहरुसम्बन्धित कम्पनीको बीमितहरुबाट रोकिएका छन् ।

बीमा पोलिसी सरेन्डर गर्नु भनेको जीवन बीमा गरेर अवधि नपुग्दै रोक्नु हो । पछिल्लो समय उक्त संख्या बढ्दो छ । बीमितहरुले निश्चित वर्षको लागि भनेर जीवन बीमा गराउने र समय नपुगी उक्त पोलिसी बन्द गर्न थालेका छन् ।

Share News