असोजदेखि निक्षेपको व्याजदर बढ्ने, सर्वसाधारणले १२.१३ प्रतिशत व्याज पाउने

<p>काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए)ले ब्याजदर खुला छाड्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको बैठकले लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेको हो । संघका उपाध्यक्ष सुनिल केसीले अहिले तरलताको अभाव कायमै रहेको अवस्थामा नेपाल राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याजदरमा खुला नीति अवलम्बन [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए)ले ब्याजदर खुला छाड्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको बैठकले लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष सुनिल केसीले अहिले तरलताको अभाव कायमै रहेको अवस्थामा नेपाल राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याजदरमा खुला नीति अवलम्बन गरेको बताए ।

‘हामीले लामो समायदेखि ब्याजदर बढाएका थिएनौं, यसले ग्राहकलाई एक किसिमको सहज पनि भएको थियो, अब दशैं तिहार नजिकिँदै छ, मानिसले सो समयमा खर्च पनि बढी गर्छन्, खर्च कम गर्नका लागि भएपनि उनीहरुसँग भएको पैसा बैंकिङ प्रणालीमा ल्याउनु पर्ने बाध्यता छ, त्यसैले पनि अब बैंकहरुले राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याजदर तोक्न सक्छन्,’ उनले विकासन्युजसँग भने ।

योसँगै अब बैंकहरुलाई असोजमा ब्याजदर बढाउने बाटो खुला भएको छ । अब बैंकहरुले यसअघि प्रकाशन गरेको ब्याजदरको औषतमा १० प्रतिशतले मात्र परिवर्तन गरि ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था छ ।

हाल बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.१३ तथा संस्थागत तर्फ ९.१३ प्रतिशत दिइरहेका छन् । अब यसमा १० प्रतिशत बढाउँदा व्यक्तिगतको १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर हुन सक्छ ।

नेपाल राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ब्याजदर बढाउने नीति अगाडि सारेको थियो ।  राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई १.५ प्रतिशतले वृद्धि गरी ७ प्रतिशत रहेको बैंकदरलाई साढे ८ प्रतिशत, साढे ५ प्रतिशत रहेको नीतिगत दरलाई ७ प्रतिशत र ४ प्रतिशत रहेको निक्षेप संकलन दरलाई साढे ५ प्रतिशत पुर्‍याएको थियो ।

Share News