एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी पौने तीन अर्ब नाघ्यो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १५.२६ प्रतिशत लाभांश पारित लाभांश पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न १४औं वार्षिक साधारणसभाले १४.५० प्रतिशत बाेनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेकाे हाे । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७७/०७८ काे नाफाबाट चुक्ता पुँजीकाे १४.५० प्रतिशत बाेनस सेयर पाउने भएका छन् । असाेज ४ गते बुक क्लाेज भएकाे कम्पनीकाे लाभांश असाेज ३ गतेसम्म कायम सेयरधनीले मात्रै पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ । २०६४ साल चैत २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको आ.व. २०७८/७९ असार मसान्त सम्ममा ३२ अर्ब रुपैयाँ जीवन बीमा कोष र करिब ३० अर्ब रुपैयाँ लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी, कम्पनीले आ.व. २०७८/७९ को असार मसान्तसम्ममा कूल २ अर्ब २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ६ अर्ब ९६ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले देशभर ४७ वटा शाखा तथा १०४ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।
नेपाल बैंक र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबारमा सहकार्य गर्ने सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । यही असोज १२ गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतीतपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी विषयमा सहकार्य हुनेछ । हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसंग सहकार्य गर्न पाउदा निकैनै गर्व को अनुभूति भैरहेको धारणा व्यक्त गरे। उनँले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास समेत व्यक्त गरे । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुई संस्थाबीच भएको सम्झौताले आफू अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्रसंस्थान र त्यहाँं कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल, सहज र प्रतिपस्पर्धि बैंकिङ्ग सेवा प्रदान गदैं यो सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउदै लैजाने प्रतिबद्दता समेत उहाँले व्यक्त गरेका थिए । उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्रसंस्थानका उच्च व्यवस्थापनका पदाधिकारीहरु लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिति थियो । नेपालभर २१९ शाखाहरु, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
रवि लामिछानेलाई डेङ्गी संक्रमण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामेछानेलाई डेङ्गी संक्रमण भएको छ । उनले बिहीबार आफुलाई डेङ्गी संक्रमण भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् । सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘हिजो दिउँसो देखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो, आज परिक्षण गराउदा डेंगी देखियो। डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर,तनहु, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउदछु।यसबाट पर्न जाने असहजता प्रति क्षमाप्रार्थी छु,मेरो स्वास्थ अवस्था सामान्य छ ।’
व्यवसायी भन्छन् : आर्थिक सङ्कट आइलाग्यो, बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्छ
पाेखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा सङ्कट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने भन्दै एक अङ्कको ब्याजमा ऋण उपलब्ध गराएर सहजता प्रदान गर्नुपर्ने बताए । उनले पछिल्लो समय वित्तीय संस्थाले ब्याज बढाउँदा व्यवसायीमा थप आर्थिक सङ्कट निम्त्याएर व्यवसायबाट पलायन हुने स्थितिमा पु¥याउन लागेको बताए । निकै ठूलो लगानी रहेको पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर व्यवसायीलाई सहुलियतरूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन उनले आग्रह गरे । उनले आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटन मैत्रीनीति अवलम्बन गर्न सरकारले निकै ढिला गरेको गुनासो गरे । यस क्षेत्रका समस्यालाई यथाश्क्य सम्बोधन गर्न उनको आग्रह थियो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले पछिल्लो समय व्यवसायमा महिलाको सहभागिता निकै बढ्दै गएको र यसले आर्थिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । उनले महिलाको आर्थिक सशक्तीकरणका लागि सङ्घले पर्यटन व्यवसायी महिलासँग सहकार्य गरेर अघि बढ्ने बताए । कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सबैको साझा सोच र धारणाको आवश्यता औँल्याइन् । पर्यटन क्षेत्रमा महिलाको उपस्थिति र सहभागिता बढ्दै गए पनि निर्णायक तहमा अझै पुग्न नसकेको उनको भनाइ थियो । संस्थाका अध्यक्ष पार्वती पाण्डेले महिला पर्यटन व्यवसायी कुनै कार्यक्रममको शोभा बढाइदिने जमातको रुपमा मात्र नलिएर उनीहरुको योगदानको मूल्याङ्कन गरेर फोरम उपलब्ध गराउनुपर्ने धारणा राखिन् । उनले महिलाको संस्था भन्दै पुरुषवादी सोचले हेर्दा अझै पनि कतिपय अवसरबाट बञ्चित हुनुपरेको यथार्थतालाई प्रस्तुत गरिन् । कार्यक्रममा होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी सल्लाहकार दुर्गा ढकाल, पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, ओटेफका कोषाध्यक्ष लक्ष्मी लामिछाने, कार्यक्रम संयोजक माया सुवेदीलगायतले बोलेकी थिइन् । कार्यक्रममा संस्थाका सदस्य र पर्यटन सम्बद्ध सङ्घसंस्थका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति थियो ।
युनाइटेड इन्स्योरेन्सले माग्यो डेपुटी सीइओको लागि आवेदन
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले डेपुटी सीइओको लागि आवेदन मागेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटी सीइओको लागि आवेदन मागेको हो । कम्पनीको अनुसार यस पदको लागि आवेदन दिने व्यक्तिले बीमा, व्यवस्थापन, फाइनान्स, अर्थशास्त्र, कानुन वा इन्जिनियरिङमा मास्टर डिग्री पुरा गरेको हुनुपर्नेछ । यस्तै, आवेदनरकर्ताले बैंकिङ वा बीमा क्षेत्रको व्यवस्थापकिय तहमा रहेर कम्तीमा पनि पनि ५ वर्ष काम गरेको हुनपर्नेछ । कम्पनीले अक्टोबर १२ अर्थात असोज २६ गतेसम्म डेपुटी सीइओको लागि आवेदन दिन सकिने जनाएको छ ।
दशैंमा पनि फुटपाथमा व्यापार गर्न पाइँदैन, अब दीर्घकालिन व्यवस्था हुन्छ : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहा(बालेन)ले चाडपर्व भन्दै फुटपाथमा व्यापार गर्न नपाइने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत मेयर शाहले फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिने निती चाडवाडको कारण नरोकिन बताएका हुन् । उनले पैदल यात्रीका लागि पर्वका समयमा अन्य समयभन्दा जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर बाहिर निस्कने हुनाले फुटपाथ अझ बढी आवश्यक पर्ने बताएका छन् । ‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ,’ उनी लेख्छन् ।
लघु बीमाको लाइसेन्स माग गर्दै ३१ कम्पनीको निवेदन, जीवन र निर्जीवन कति ? (सूचीसहित)
काठमाडौं । लघु बीमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै बीमा समितिमा ३१ कम्पनीले निवेदन दिएका छन् । बीमा समितिमा अन्तिम दिन अर्थात असोज १३ गतेसम्ममा परेको आवेदन अनुसार जीवन र निर्जीवन गरी ३१ कम्पनी इच्छुक देखिएका हुन् । समितिका अनुसार निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुबीमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले आवेदन दिएका थिए भने अन्तिम दिनमा थप २१ वटा कम्पनीले आवेदन दिएको समितिले जानकारी गराएको छ । आवेदन दिने कम्पनीहरुमध्ये निर्जीवन तर्फका नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेष्ट माइक्रो इन्स्योरेन्स, एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोजनरल, मुक्तिनाथ जनरल, गरिमा माइक्रो जनरल, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, केयर माइक्रो जनरल र अभियान लघु बीमा कम्पनी गरी १६ वटा रहेका छन् । त्यस्तै, जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्नको लागि स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, सिजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रिष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनी इच्छुक देखिएका छन् । बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेकाे थियाे । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुनेछन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो ।
पाँचथर पावर कम्पनीको आम्दानी २६.३३ प्रतिशतले बढ्यो, एक वर्षमै कमायो ४० करोड
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २६.३३ प्रतिशतले आम्दानी बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ४० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा भने ३१ करोड ९० लाख रुपैयाँ बिद्युत बिक्री गरेर आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा भने १६ करोड १० लाख भएको देखिएको छ । कम्पनीको पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवा खोला–ए जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७३ माघ २२ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ । कम्पनीमा २० प्रतिशत सर्वसाधारण र ८० प्रतिशत संस्थापक सेयर छ । कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ कर्जा सुविधाका लागि रेटिङ पनि गराएको छ । कम्पनीले इक्रा नेपालबाट ए३ को रेटिङ पाएको छ ।