पाँचथर पावर कम्पनीको आम्दानी २६.३३ प्रतिशतले बढ्यो, एक वर्षमै कमायो ४० करोड

<p>काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २६.३३ प्रतिशतले आम्दानी बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ४० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा भने ३१ करोड ९० लाख रुपैयाँ बिद्युत बिक्री गरेर आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा भने १६ करोड [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २६.३३ प्रतिशतले आम्दानी बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ४० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा भने ३१ करोड ९० लाख रुपैयाँ बिद्युत बिक्री गरेर आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा भने १६ करोड १० लाख भएको देखिएको छ ।

कम्पनीको पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवा खोला–ए जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७३ माघ २२ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ । कम्पनीमा २० प्रतिशत सर्वसाधारण र ८० प्रतिशत संस्थापक सेयर छ ।

कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ कर्जा सुविधाका लागि रेटिङ पनि गराएको छ । कम्पनीले इक्रा नेपालबाट ए३ को रेटिङ पाएको छ ।

Share News