विकासन्युज

खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड बजेट विनियोजन 

काठमाडौं । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

१४ अर्बले बढ्यो स्वास्थ्यको बजेट

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो । गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो । त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा महतले बताए । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी

काठमाडौं । काठमाडौंमा १२ महिना नै मेलम्चीको पानी आउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।

खेलाडीलाई सहुलियतपूर्ण कर्जाको घोषणा

काठमाडाैं । सरकारले खेलाडीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतलो स्वरोजगार बन्न खोजेमा सहुलियतपूर्ण कर्जा दिने बताएका हुन् । उनले यसले खेलाडीलाई राहत मिल्ने बताएका छन् ।

सरकारले सन् २०२३ मा १० लाख पर्यटन भित्र्याउने, पर्यटन दशक घोषणा

काठमाडौं । सरकारले पर्यटन दशक घोषणा गरेको छ । सरकारले बजेटमा नै समावेश गरेर सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सन् २०२३ मा १० लाख पुर्‍याउने घोषणा गरेका हुन । ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ । अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा। प्रकाश शरण महतले बताए । ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल तथा पोखरा–मुस्ताङ पदमार्ग निर्माणलाई तिब्रता दिइने उनले बताए । पर्यटकीय पदमार्ग निर्माण गरिने भन्दै उनले पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम गर्ने समेत बताए । जनकपुर, स्वर्णद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन 

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो मन्त्रालयको लागि ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।

सूचना प्रविधिमा विदेशी लगानीको न्‍यूनतम सीमा हट्ने

काठमाडौं । सरकारले सूचनाप्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ। अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गर्दै वैदेशिक लगानीको न्‍यूनतम सीमा पुनरावलोकन गर्दै क्षेत्रगत सीमा तोक्ने बताए । यस्तै सूचनाप्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाउने बताएका हुन्। सूचनाप्रविधि सेवा निर्णत गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न र सफ्टवयेर वा कार्यक्रम खरिद र उपकरण खरिद गर्न उद्योगले गरेका विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही गर्न दिने उनले बताए ।

खानेपानी आयोजनामा प्रयोग हुने विद्युतमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले सामुदायिक रुपमा आधारित सञ्चालित खानेपानी आयोजनामा प्रयोग हुने विद्युतमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतलो यस्तो बताएका हुन् । उनले यसले सर्वसाधारणलाई धेरै राहत मिल्ने बताएका हुन् ।