सूचनाप्रविधिमा विदेशी लगानीको न्यूनतम सीमा हट्यो
काठमाडौं । सरकारले सूचनाप्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ। संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्दै क्षेत्रगत सीमा तोक्ने बताए ।
सासु कोषलाई बैंकको ब्याज खान निरुत्साहित, पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने र कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चाालनमा उपयोग गरिने अर्थमन्त्री डा.प्रकाश शरण महतले बताए ।
भैरहवा र पोखरा विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट
काठमाडौं । सरकारले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखरामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन । उनले उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा हुने व्यवस्था गर्ने भन्दै वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलीङमा छुटको घोषणा गरेका हुन । दुई विमानस्थल सञ्चालनमा ल्याईएको लामो समय हुँदा समेत नियमित उडान हुन नसकेपछि सरकारले छुटको घोषणा ल्याएको हो ।
दिवा खाजालाई ८ अर्ब ४५ करोड बिनियोजन, जंक फुड दिन नपाइने
काठमाडौं । सरकारले विद्यार्थीलाई दिने दिवा खाजालाई ८ अर्ब ४५ करोड रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् । त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा छात्राहरुको स्यानीटरी प्याडका लागि १ अर्ब ४२ करोड विनियोजन गरेको अर्थमन्त्री महतले बताएका छन्, भने दलित विद्यार्थीहरुले पाउँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिएको उनले बताएका छन् ।
नयाँ पर्यटन पहिचानका लागि २ अर्ब १३ करोड विनियोजन
काठमाडौं । सरकारले नयाँ पर्यटन पहिचान तथा पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै नयाँ पर्यटन पहिचान, पूर्वाधार विकास तथा अन्य पर्यटन पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरेको बताएका हुन्।
श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती
काठमाडौं । सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनयोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा ९ अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि बजेट घटाइएको छ । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।
पर्यटन मन्त्रालयलाई १२ अर्ब रुपैयाँ छुट्याइयो
काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयलाई ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
खप्तडमा केबलकार बन्ने, निजी क्षेत्रले पाउने
काठमाडौं । सरकारले सुदूरपश्चिममा रहेको खप्तडमा केबलकार बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. डा. प्रकाश शरण महतलो यस्तो बताएका हुन् । ११ ९६