काठमाडौं । सरकारले विद्यार्थीलाई दिने दिवा खाजालाई ८ अर्ब ४५ करोड रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।
त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा छात्राहरुको स्यानीटरी प्याडका लागि १ अर्ब ४२ करोड विनियोजन गरेको अर्थमन्त्री महतले बताएका छन्, भने दलित विद्यार्थीहरुले पाउँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिएको उनले बताएका छन् ।