काठमाडौं-तराई-मधेश द्रुतमार्गका लागि २२ अर्ब बजेट विनियोजन, २०८३मा सम्पन्न हुने
काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । याे परियाेजना २०८३ मा सम्पन्न गर्ने लक्ष्य सरकारले लिएकाे छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै काठमाडौं-तराई-मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएको छ ।
टोखा-छहेर सुरुङमार्गको निर्माण गर्न १ अर्ब बजेट
काठमाडौं । सरकारले टोखा छहेर सुरुङमार्गको निर्माण गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले टोखा छहेर सुरुङमार्गको निर्माण गर्न १ अर्ब बजेट विनियोजन गरेको बताएका हुन् । यस्तै, उनले सिद्धबाबा सुरुङ मार्गका लागि बजेट विनियोजन गरेको बताएका छन् । नुवाकाेट निवासी अर्थमन्त्री महतले साे बजेट विनियाेजन गरेका हुन् ।
विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम शुरू, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन् । आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन् । प्रारम्भिक बालविकास केन्द्रको नक्शाकंन गरी पुनवितरण गरिने उनले घोषणा गरेका छन् । ‘बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने, बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिएको छ, हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने छ, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिनेछ’, उनले बताए ।
तिनपिप्ले-रानीपौवा सडकखण्ड मर्मतलाई ५० करोड विनियोजन
काठमाडौं । सरकारले तिनपिप्ले रानीपौवा सडकखण्डको मर्मतलाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।
पूर्व पश्चिम राजमार्ग स्तरोन्नति गर्न ३१ अर्ब बजेट
काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । यस्तै, मध्य पहाडी राजमार्ग अन्तर्गत पाँचथर, नुवाकोट, पर्वत, बागलुङ्ग, जाँजरकोट लगायतका विभिन्न १२ खण्डको विस्तार तथा स्तरोन्नति गर्न ३ अर्ब ९६ करेड रुपैयाँ, हुलाकी राजगमार्गमा ३ अर्ब ३९ करोड रुपैयाँ, मधनभण्डारी राजमार्गका लागि २ अर्ब ४१ करोड रुपैयाँ बजेट छुट्याएको उनले बताए ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाईने
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।
बृद्धा भत्ता बढेन, एक खर्ब ५७ अर्ब बजेट
काठमाडौं । सरकारले बृद्धा तथा दलित समुदायलाई दिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताएका हुन । उनले ६८ वर्षमा दिदैँ आएको बृद्ध तथा ६० वर्षमाथिका दलित समुदायका बृद्ध बृद्धाहरु लगायतलाई दिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको भन्दै एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको बताएका हुन । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले चालु आर्थिक वर्षको तुलनामा सरकारले २३ अर्ब बढीले रकम विनियोजन गरेको हो । चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ । ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताए । यस्तै, उनले छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको बताए । चालू आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब ५७ अर्ब, दोहोरोपन भने हटाउने
काठमाडौं । सरकारले वृद्ध भत्तासहित सामाजिक सुरक्षा तर्फ १ खर्ब ५७ अर्ब रूपैयाँ बजेट विनियाेजन गरेको छ । तर सरकारले सामाजिक सुरक्षा भत्तामा भइरहेको दोहोरोपना हटाएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्ताको दोहोरोपना हटाएको बताएका हुन् । हालसम्म धेरैले सरकारबाट दोहोरो सुविधा लिँदै आएका थिए । अब सो सुविधा कैटाती हुनेछ ।