काठमाडौं । सरकारले वृद्ध भत्तासहित सामाजिक सुरक्षा तर्फ १ खर्ब ५७ अर्ब रूपैयाँ बजेट विनियाेजन गरेको छ । तर सरकारले सामाजिक सुरक्षा भत्तामा भइरहेको दोहोरोपना हटाएको छ ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्ताको दोहोरोपना हटाएको बताएका हुन् ।
हालसम्म धेरैले सरकारबाट दोहोरो सुविधा लिँदै आएका थिए । अब सो सुविधा कैटाती हुनेछ ।