विकासन्युज

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका हुन । चालु आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

हुलाक बचत बैंक खारेज, कर्मचारीलाई अवकाश दिने

काठमाडौं । सरकारले अतिरिक्त हुलाक कार्यालयलाई खारेज गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन । ‘अतिरिक्त हुलाक कार्यालयल खारेज गरि कार्यरत कर्मचारीलाई सुविधा सहित अवकास दिईनेछ, हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकका खातालाई क वर्गका सरकारी बैंकमा स्थानान्तकरण गरी हुलाब विकास बैंक खारेज गरिनेछ, बजेटमा भनिएको छ । यस्तै उनले ललितपुरको खुमलटारमा सूचना प्रविधि केन्द्र बनाईने बताएका छन् ।

नारयणगढ-बुटबल सडक विस्तारलाई ३१ अर्ब विनियोजन

काठमाडौं । पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला -ढल्केवर-पथलैया, वुटवल९ गोरूसिङ्गे, काकडभिट्टा- लौकही, पथलैया-नारायणगढ र लमही-भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको छ । नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू उनले बताएका छन् । पूर्व९पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन् । नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन् ।

एचआईडीसिएलको पुनसंरचना गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसिएल)को पुनसरंचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले एचआईडीसिएलको पुनसरंचना गरी प्रभावकारी बनाउने बताएका हुन् ।

शिक्षकको लाइसेन्स परीक्षा सबैले दिन पाइने, दिवा खाजामा जंक फुड अमान्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका अधिकांश पूराना कार्यक्रमलाई निरन्तरता दिएको छ । आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन् । तर, बजेटमा सरकारले शिक्षा क्षेत्र सम्बन्धित केही नयाँ कार्यक्रम पनि अगाडि सारेको छ । अहिलेसम्म शिक्षा विषय अध्ययन गरेका वा एकवर्षे बिएड गरेका विद्यार्थीले मात्रै दिन पाउने शिक्षकको लाइसेन्स परीक्षामा अब सबै विषय अध्ययन गरेका विद्यार्थी सहभागी हुन पाउने आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री महतले त्यसका लागि आवश्यक कानूनको व्यवस्था गर्ने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संघीय संसदमा प्रस्तुत गरेको बजेटमा शिक्षा क्षेत्र सम्बन्धित अन्य निम्न मुख्य विषयहरुलाई समेटिएको छ : – दलित तथा विपन्न विद्यार्थीले पाउँदै आएको छात्रवृत्तिमा निरन्तरता – मुसहर र डुम विद्यार्थीलाई चिकित्सा शिक्षाको लागि प्रदान गर्दै आएको छात्रवृत्तिमा निरन्तरता – दिवा खाजा कार्यक्रमलाई निरन्तरता, दिवा खाजामा जंक फुड दिन नपाइने – विद्यालय तहका छात्राहरुलाई स्यानीटरी प्याड निःशुल्क दिने कार्यक्रम निरन्तरता – विद्यालय तहका सबै विद्यार्थीलाई निःशुल्क पुस्तक कार्यक्रमको निरन्तरता – लुम्बिनी प्रदेशको बुटवल, मधेस प्रदेशको बर्दिवास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज बनाउन रकम विनियोजन – स्वदेश वा विदेशमा सिप सिकेको स्व घोषणा गरेको आधारमा सिप परीक्षण गर्ने व्यवस्था मिलाइने – शैक्षिक नतिजा, शिक्षण सिकाई क्रियाकलाप र स्रोत साधनको परिचालनको आधारमा विश्वविद्यालयलाई अनुदान उपलब्ध गराइने – मदन भण्डारी विश्वविद्यालय र योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालनमा ल्याउन आवश्यक काम गर्ने र नेपाल विश्वविद्यालय ऐन प्रकृयाको कामलाई सम्पन्न गर्ने – डडेल्धुरामा मेडिकल कलेज बनाउन आवश्यक बजेट विनियोजन सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको लागि १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरेको छ ।

निजी क्षेत्रलाई बिजुली बिक्रीमा समावेश गराइने

काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि बिजुली बिक्रीमा समावेश गराउने बताएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

वैकल्पिक उर्जा प्रवद्र्धनका लागि १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धनका लागि सरकारले १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा.प्रकाश शरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक बर्षभित्रै सम्पन्न हुने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले  भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड रूपैयाँ बराबरकाे  बजेट व्यवस्था गरेको घोषणा गरेका हुन् । त्यस्तै स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उनले बताए । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।