‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित, दैनिक १ हजार पर्यटक
चितवन । बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म पर्यटक रहेको अनुमान छ । तीमध्ये आधा विदेशी छन् । विदेशीमा पनि चिनियाँको सङ्ख्या बढ्दो छ । सौराहामा एक सय २५ होटल छन् । ती होटलको क्षमता ६ हजार दुई सय जनाको रहेको छ । क्षमताको हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो सङ्ख्याले व्यवसायीलाई उत्साहित बनाएको उहाँको भनाइ छ । यस बेला चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल वाकबाहेकका गतिविधि रोक्ने गरिन्छ । सामुदायिक वनमा सफारीका गतिविधि सञ्चालन हुने गर्दछन् । अहिले दैनिक एक सय जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए । यसरी हात्ती चढ्नेमा धेरै विदेशी छन् । कोभिडपछि पहिलोपटक चिनियाँ आएकाले हात्ती सफारीमा उनीहरुको ध्यान बढी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे सडकको अवस्था राम्रो नहुँदासमेत आएको पर्यटकको यो सङ्ख्यालाई राम्रो मान्छन् । कतिपय होटलमा कार्यक्रम चलिरहेका छन् । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्नसक्ने होटलमा पर्यटक बढिरहेका छन्, ‘उनले भने, ‘विगतको बर्सातको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्या राम्रो छ ।’ चिनियाँ आउन थालेकाले अबको हिउँदपछि क्रमश: पूर्ववत् अवस्थामा पर्यटन व्यवसाय फर्कनेमा उनी विश्वस्त छन् । होटल व्यवसायी गुणराज थपलियाले यो बेमौसम भएकाले पर्यटक राम्रो छ भन्न नसकिए पनि विगतको भन्दा सुधार हुँदै गएको बताए । ‘संकेत राम्रो छ । अबका दिनमा पक्कै पनि पर्यटकको माहोल राम्रो बन्छ,’ उनले भने । विगतको तुलनामा कोभिडको प्रभाव क्रमशः घट्दै गएको उनको बुझाइ रहेको छ । यहाँ स्वदेश र विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न पर्यटक आउने गर्दछन् । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन भित्रने अधिकांश पर्यटकको रोजाइ सौराहा हुने गर्दछ । पछिल्ला वर्षहरुमा खर्चिला पर्यटक पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा जान रुचाउने गरेका छन् । भूकम्प, नाकाबन्दी, कोभिडका कारण थला परेको पर्यटन व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा व्यवसायीको छ । रासस
साउन महिनालाई लक्षित गर्दै आइएमई पेले ल्यायो प्रिटी उत्सव
काठमाडौं । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ। यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिकको ५ हजार रुपैयाँको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ । अफर अन्तराल भरि प्रत्येक ५ दिन पश्चात् गोला प्रथा मार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आर मार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले प्रिटी क्लिकमा गएर सो भाउचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ ।
प्रधानमन्त्री निवास अगाडि रकम भुक्तानीको माग गर्दै निर्माण व्यवसायीको धर्ना
काठमाडौं । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । सोमबार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् । निर्माण व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । आईतबार मात्रै खार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताए । उनले लामो समयदेखि निर्माण व्यवसायीहरुलाई परेको समस्या सरकारले गम्भिर रुपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको बताए । ‘सरकारले निर्माण आयोजनाहरुको प्रत्येक वर्ष म्याद थप गर्ने तर निर्माण आयोजनाहरु नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिएको, सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिँदा निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी समेत नपाएको, अर्थमन्त्रालयमा अन्य विकासे मन्त्रालयबाट १० अर्बको बजेट रकामान्तर गर्ने गएको फाइल तत्काल हेरेर रकम भुक्तानी गर्नुपर्ने, सरकारले सार्वजनिक खरिद ऐनको १२ संशोधनबाट म्याद थप भएका आयोजनाहरु व्यवहारिक माइलस्टोनको कारण करिव ४० अर्ब रुपैयाँ बराबरको कामको बिल बनाउन नकिएको, माइलस्टोन खारेज गरी सम्पूर्ण आयोजनाहरुको म्याद थप गर्नको लागि सरकारसँग माग गरेको’, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने । अध्यक्ष सिंहले करिव ४ खर्ब बराबरका आयोजनाहरुको म्याद थप हुन लागेको भन्दै अधिकांश योजनाहरुमा बजेट व्यवस्थापन समेत नभएको बताए । उनले सरकारले भुक्तानी गर्न नसक्ने योजनाहरु तत्काल खारेज गर्न माग गरे । व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यवहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
‘हुलास स्टील दिवस’को अवसरमा रक्तदान र आर्थिक सहयोग प्रदान
काठमाडौं । ‘हुलास स्टिल दिवस’ अवसरमा हुलास स्टील ईण्डष्ट्रिजले आइतबार विभिन्न कार्यक्रम गरी मनाएको छ । कम्पनीले काठमाण्डौ स्थित करपोरेट कार्यालयमा, सिमरा स्थित कारखाना र हिप्को इन्फ्रा बेल्वा स्थित कारखानामा रक्तदान कार्यक्रम गरी मनाएको हो । खरको छानाहरुमा हुने आगलागीको जोखिम र धनजनको क्षतिलाई न्युनिकरण गर्ने उद्देश्यका साथ गुणस्तरिय कर्कटजस्तापाता स्वदेश मै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापना भएको हुलास स्टील ईण्डष्ट्रिज, सिमरा, बाराले उद्योगका संस्थापक एवम् संचालक स्व.दिवाकर गोल्छाको ७० औं जन्मजयन्तीको अवसर पारेर रक्तदान एवम् आर्थिक सहयोग प्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कम्पनीको काठमाण्डौ स्थित कार्यालय गोल्छा हाउस, गणबहाल मा गरिएको रक्तदानमा २४ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै, उद्योगको सिमरा स्थित काराखानामा गरिएको रक्तदानमा १५८ जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै हिप्को ईन्फ्रा, बेल्वा, बीरगंजमा ३७ जना भन्दा बढीले रक्तदान गरेका छन् । उद्योगले रक्तदान गर्ने सबै कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । यसका साथै उद्योगले ‘हुलास स्टिल दिवस’ को अवसरमा नयां सिआरएमप्लान्ट बाट आफ्नो उत्पादन समेत प्रारम्भ गरेको छ । प्लान्टको उद्घाटन जितपुरसिमरा उपनपाका मेयर राजन पौडेलले गरेका छन् । प्लान्टको उद्घाटन कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, बारा जिल्लाका प्रहरी प्रमुख, विशिष्ट व्यक्तिहरु, पत्रकार, राजनीतिकदलका प्रतिनिधीहरुको उपस्थिती रहेको छ । सोही अवसरमा कम्पनीमा कार्यरत उत्कृष्ट कार्य सम्पादन गर्ने ११ जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व.दिवाकर गोल्छाको दुरदर्शिता, मार्गदर्शनहरु, देश निर्माण प्रतिको निष्ठा र औद्योगिकरण तर्फ उन्मुख रही स्वदेशमै रोजगारी श्रृजनाको सुत्रधारका साथै ३० भन्दा बढी उद्योगहरु स्थापना गरी २५००० भन्दा बढीलाई रोजगारी प्रदान गर्ने सम्मानित ब्यक्तित्वलाई सदासर्वदा आत्मसाथ गर्दै वहांको सम्मान एवम् सम्झनामा हुलास स्टील दिवस को रुपमा मनाउने गरिएको छ । साथै, सोही अवसरमा दिवाकर गोल्छा फाउन्डेसनले शिक्षा, स्वास्थ्य, मठमन्दिरहरुको संरक्षण लगायत विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
प्रतिनिधि सभा बैठक : आज पनि एमालेले अवरोध गर्ने
फाइल फाेटाे काठमाडौं । नेकपा एमालेले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ । सुन तस्करी प्रकरको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले पुनः संसद अवरोध गर्न लागेको हो । एमाले प्रमुख सचेतक पदम गिरिले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै संसद बैठक अवरोध गर्न लागिएको जानकारी दिए । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबार बसेको बैठकमा पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै अवरोध गरेका थिए । प्रचण्ड र रास्वपाका सचेतकबीच भेट एमालेले सोमबारको बैठक अवरोध गर्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सचेतकसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई भेटेर संसद्को अवरोध हटाउन भूमिका खेल्न आग्रह गरेका हुन् । आजको भेटमा संसद्को अवरोध हटाउन र संसदीय समितिको सभापति चयनबारे कुराकानी भएको परियारले बताए ।
व्यवसायिक भवन र सेवा प्रदायकले सेवाग्राहीसँग पार्किङ्ग शुल्क लिन नपाउने
काठमाडौं । व्यवसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौं महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ । आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। उनले सेवा लिएका ठाउँबाट पार्किङ्ग शुल्क लिए तत्काल ९८५१० ५१६१० मा सम्पर्क गर्न अनुरोध गरेका छन् । काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ । ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन् । यति हुँदा पनि कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको हो । ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिनेछ । सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ्ग सञ्चालन गर्न अनुमति दिइने छैन । ऐनले निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनु पर्ने व्यवस्था गरेको छ । महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ । यो ऐन जारी भएकाबखत महानगरपालिकाले अवधि तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ । यस्ता स्थानमा पार्किङ्ग गराउँदा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र वहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नु पर्नेछ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ्ग सञ्चालन व्यवस्थापन हुनेछ । न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । यस क्षेत्रमा सवारी साधन पार्किङ्ग गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ । क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ्ग गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ । निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङ्गमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ । यस्तै ४ पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ । पार्किङ्ग क्षेत्रमा अनिवार्य रुपमा महानगरपालिकाले दिएको स्वीकृत पार्किङ्ग संकेत वा चिन्ह प्रयोग गरेर सूचना पाटी राख्नु पर्नेछ । सूचना पाटीमा पार्किङ्ग दर्ता नम्बर, पार्किङ्ग सम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनु पर्नेछ । पार्किङ्ग शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ्ग गर्नु पर्नेछ । यसको विवरण नियमित रुपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ्ग शुल्क लाग्ने छैन । यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निशुल्क पार्किङ्गको व्यवस्था हुनेछ ।
मन्त्रालयमा ६ लाखको सामान किन्न ६० हजार भत्ता, ऋण लिएर सुविधा भोग
काठमाडौं । सामान्यतया सिंहदरबारका अधिकांश कर्मचारीहरु फुर्सदिला देखिन्छन् । त्यसमा खानेपानी मन्त्रालय पनि व्यस्त हुने मन्त्रालय मध्ये पर्दैन । जुनसुकै निकाय वा व्यक्तिले अनुगमन गर्दा पनि देख्न सक्छ की खानेपानी मन्त्रालयका कर्मचारीहरु कुन काममा कति व्यस्त छन् भन्ने विषय । तर, विडम्बना खानेपानी मन्त्रालयका कर्मचारीहरुले वर्षेनी विभिन्न शिर्षकको बैठकको नाममा लाखौं रकम बुझ्ने गरेका छन् । आर्थिक वर्ष ०७८/७९ मा खानेपानी मन्त्रालयले महँगी भत्ता बाहेक पदाधिकारी तथा कर्मचारीहरुले भत्ता बुझ्न मिल्नेगरी पाँचवटा शिर्षकमा चार लाख रुपैयाँ बजेट व्यवस्था गरेको थियो । पछि भत्ता प्रयोजनको लागि व्यवस्था गरिएको सो रकमले अपुग भएपछि मन्त्रालयले आन्तरिक ऋण र अन्य स्रोतबाट ९ लाख ९४ हजार रुपैयाँ व्यवस्था गरेको सूचनामा विकासन्युजलाई प्राप्त भएको छ । मन्त्रालयले सो आर्थिक वर्षमा नेपाल सरकारको कोष र ऋण व्यवस्थापनबाट १३ लाख ४७ हजार सात सय ७५ रुपैयाँ वितरण गरेको थियो । त्यस्तै, मन्त्रालयले आर्थिक वर्ष ०७९/८० मा महँगी भत्ता बाहेक पाँचवटा शिर्षकमा १७ लाख ६२ हजार रुपैयाँ बजेट व्यवस्था गरेको थियो । सो आर्थिक वर्षमा मन्त्रालयले १० लाख ३१ हजार तीन सय २५ रुपैयाँ विभिन्न शिर्षकको भत्ता वापत खर्च गरेको छ । आव ०७९/८० मा मन्त्रालयले सबैभन्दा धेरै संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) निर्माणको प्रकृयामा चार लाख १९ हजार र कार्य सम्पादन मूल्यांकन बैठकमा तीन लाख ७८ हजार रुपैयाँ भत्ता वापत कर्मचारीलाई रकम वितरण गरेको विकासन्यूजलाई प्राप्त सूचनामा उल्लेख छ । फोटोकपी पेपर र छपाई खरिदकै बैठकमा ६० हजार भत्ता गत आव ०७९/८० मा मन्त्रालयले कार्यालय प्रयोजनका लागि खरिद गर्ने फोटोकपी र छपाई सामग्रीको खरिद गर्न शिलबन्दी दरभाउपत्र मूल्यांकनको बैठकमा ६० हजार रुपैयाँ भत्ता वापत खर्च गरेको छ । मन्त्रालयले विकासन्युजलाई उपलब्ध गराएको सूचनाअनुसार सो बैठकमा उपसचिवदेखि लेखापाल सम्मका ११ जना कर्मचारी सहभागी भएका थिए । मन्त्रालयका अनुसार सो शिर्षकको बैठक पाँच पटकसम्म बसेको थियो । फोटोकपी पेपर र छपाई सम्बन्धी सामग्रीहरु भनेको कार्यालय प्रयोजनका लागि दैनिक रुपमा चाहिने सामग्री हो । ती साधारण सामग्री खरिद प्रकृयामा पनि बैठकको नाममा कर्मचारीहरुले हजारौं रुपैयाँ बुझ्ने विषय अस्वभाविक देखिन्छ । ६० हजार बैठक भत्ता खर्च गरेर मन्त्रालयले सो आर्थिक वर्षमा तीन लाख ४७ हजार आठ सय २२ रुपैयाँको फोटोकपी पेपर, तीन लाख ६१ हजार एक सय तीस रुपैयाँको खाम छपाई लगायतका केही सामग्री खरिद गरेको छ । जबकी मन्त्रालयले खरिद प्रकृयामा खर्च गरेको ६० हजार भत्ताकै रकमले हालसालकाे औसत बजार मूल्य अनुसार पनि एक सय दुई रिम फोटोकपी पेपर खरिद गर्न सकिन्छ । कार्यसम्पादन मूल्यांकन समितिको बैठकमा पनि भत्ता खानेपानी मन्त्रालयले विभिन्न तहका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनको बैठकमा पनि भत्ता वितरण गर्ने गरेको छ । मन्त्रालयबाट प्राप्त विवरण अनुसार मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ मा विभिन्न तहका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन गर्न पाँचवटा बैठक बसेको छ । सो बैठकमा मन्त्रालयले ८३ जना कर्मचारीलाई कर सहित तीन लाख ९० हजार दुई सय रकम भत्ता स्वरुप वितरण गरेको छ । मन्त्रालयका एकजना अधिकारीले मन्त्रालयमा हुने अधिकांश बैठक कार्यालय समयमा नै हुने तर, कर्मचारीहरुले कागज मिलाएर भत्ता बुझ्ने गरेको बताउँछन् । पूर्व सचिव गोपीनाथ मैनालीले कार्यलय समय भित्रै कार्यलयका कर्मचारीहरु बैठक बसेर भत्ता लिन नहुने बताउँछन् । साथै कार्यालय समय भित्र बस्न मिल्ने बैठकलाई कार्यालय समय बाहिर राख्ने परिपाटी समेत राम्रो नहुने उनको भनाइ छ ।
नेशनल लघुवित्तले वितरण गर्यो कागतीका विरुवा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले कृषकहरुलाई निशुल्क रुपमा कागतीका विरुवा वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय, बागचौर, सल्यानले आफ्नो कार्यक्षेत्र रहेको दार्मा गाउपालिकाका सबै वडाका कृषकहरुलाई करिव २२५०० कागतीका विरुवा कृषकहरुलाई वितरण गरेको हो । उक्त निशुल्क वितरण गरिएको विरुवाहरुको वजार मुल्य करिव ६ लाख वरावरको रहेको कम्पनीले जनाएको छ । दार्मा गाउपालिकाकी उपाध्यक्ष जुना मल्लको उपस्थितिको कार्यक्रम भएको हो । सबै विरुवालाई राम्रोसंग लगाई उत्पादन गरिएको कागतीलाई गाउँपालिकाले नै वजारीकरण गर्ने व्यवस्था गर्ने उपाध्यक्ष मल्लले बताईन् ।