प्रतिनिधि सभा बैठक : आज पनि एमालेले अवरोध गर्ने

<p>काठमाडौं । नेकपा एमालेले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ । सुन तस्करी प्रकरको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले पुनः संसद अवरोध गर्न लागेको हो । एमाले प्रमुख सचेतक पदम गिरिले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै संसद बैठक अवरोध गर्न लागिएको जानकारी दिए । प्रतिनिधि सभाको बैठक आज दिउँसो [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । नेकपा एमालेले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ । सुन तस्करी प्रकरको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले पुनः संसद अवरोध गर्न लागेको हो ।

एमाले प्रमुख सचेतक पदम गिरिले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै संसद बैठक अवरोध गर्न लागिएको जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबार बसेको बैठकमा पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै अवरोध गरेका थिए ।

प्रचण्ड र रास्वपाका सचेतकबीच भेट

एमालेले सोमबारको बैठक अवरोध गर्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सचेतकसँग भेटवार्ता गरेका छन् ।

सोमबार बिहान प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई भेटेर संसद्को अवरोध हटाउन भूमिका खेल्न आग्रह गरेका हुन् ।

आजको भेटमा संसद्को अवरोध हटाउन र संसदीय समितिको सभापति चयनबारे कुराकानी भएको परियारले बताए ।

Share News