एलजीको नयाँ शोरुम महाराजगंजमा, रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउने
काठमाडौं । सिजी इलेक्ट्रोनिकस्ले आफ्नो नयाँ एलजीकोे एक्सक्लूशिभ शोरुम महाराजगंजमा विस्तार गरेको छ । कम्पनीले हालै इनोभा इलेक्ट्रोनिक्स नामक उक्त शोरुमको उद्घाटन गरेको हो । एलजी ब्राण्डले ग्राहकहरुको आवश्यकता पूरा गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउँदै लैजाने उद्देश्यले उक्त स्थानमा नयाँ शोरुम खोलेको हो । यस शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले जनाएको छ । त्यसैगरी, ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनै पनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । यो योजना उद्घाटनको दिनदेखि १० दिनसम्म लागू हुनेछ । साथै बम्पर लक्की ड्र मार्फत आकर्षक उपहार जित्न सक्नेछन् । यस कम्पनीले भविष्यमा देशको अन्य ठा“उहरुमा पनि एक्सक्लूशिभ शोरुमहरु बिस्तार गर्दै जाने बताएको छ ।
‘आदेश आउन साथै ठेकेदार कम्पनीलाई कारबाही गर्छौ’
काठमाडौं । थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । डिभिजन सडक कार्यालयले पटक-पटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको छैन । गत वर्ष नै निर्माण गरिसक्नुपर्ने नाना कन्सट्रक्सनले धुषा स्वास्थ्यचौकी भवन, हुलाकभञ्ज्याङ चैनपुर बाँकोटघाट सडकस्तर उन्नती, गल्छीपुल डुम्रीचौर सडक, चिसापानी कोइलीखर्क सडक स्तरोन्नतिलगायत काम सम्पन्न भएको छैन । गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदार कम्पनीको विवरण तयार गरी मन्त्रालयमा पठाइएको र आदेश आएपछि कारबाहीको प्रक्रियामा जाने सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनुभयो । डिभिजन सडक कार्यालय चितवनको १३ वटा ठेक्का, जिल्ला प्राविधिक कार्यालयको तीन वटा तथा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आठ वटा ठेक्काको काम ठेकेदार कम्पनीले सन्तोषजनक रुपमा गर्न नसकेको विवरण गृहमन्त्रालयमा पठाइएको ढकालले बताए । सडक, पुल, स्वास्थ्य चौकी, सडकको स्तरोन्नति लगायत काम ओगटेर तोकिएको समयमा काम नगर्ने ठेकेदार तथा ठेकेदार कम्पनीलाई काम सन्तोषजनक नभएमा तत्कालै कारबाही गर्न सकिने प्रावधान छ । पटक-पटक विभिन्न कारण देखाएर सम्झौताको म्याद थप गर्ने गरिएपछि काममा लापरबाही हुने गरेको र गुणस्तरमा समेत सम्झौता हुने गरेको छ । विभिन्न २४ वटा योजनामा ठेक्का लिएका २० वटा ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगरेको बताइएको छ । रासस
रसुवामा ४ लाखको पुस्तक हस्तान्तरण
काठमाडौं । द एशिया फाउण्डेशनले हिमाली विकट जिल्ला रसुवाको सात वटा सामुदायीक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको छ । रसुवाको गोल्जुङमा रहेको श्री पार्वतीकुण्ड माध्यामिक विध्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि अमेरीकी राजदूत एलाईना वि टेप्लीज र द एशिया फाउण्डेशन नेपाल स्थित कार्यालयका निमित्त देशिय प्रतिनिधि नन्दिता बरुहले संयुक्तरुपमा पुस्टक हस्तान्तरण गरेका थिए । नेपाली र अंग्रेजी भाषाका ४०० वटा सो पुस्तकको मूल्य ३ लाख ९२ हजार ७ सय रुपैयाँ रहेको छ आयोजकले जनाएको छ । द एशिया फाउण्डेशन र नेप्लिज एशोशियशन अफ स्कुल लाईब्रेरियन्स द्वारा संयुक्तरुपमा आयोजित पुस्तक हस्तान्तरण कार्यक्रममा द एशिया फाउन्डेशनको बुक फर प्रोग्राम निर्देशक समिरा श्रेष्ठले विद्यार्थीहरुमा पढ्ने बानीको विकास गराउन द एशिया फाउण्डेनले डिजिटल लाईब्रेरीको विकास गरेको बताउदै उनीहरुलाई डिजिटल लाईब्रेरी प्रयोग गर्ने तरिकाका बारेमा प्रशिक्षण दिएका थिए । द एशिया फाउण्डेशनकातर्फबाट पुस्तक प्राप्त गर्ने विद्यालयहरुमा श्री पार्वतीकुण्ड माध्यामिक विद्यालय ,श्री सरस्वती प्राथमिक विद्यालय, श्री हाकु विद्यालय, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, श्री पारजुङ प्राथमिक विद्यालय, श्री निलकण्ड माध्यामिक विद्यालय र श्री शतिदेवी माध्यामिक विद्यालय रहेका छन् ।
ओपोद्वारा ‘एआर–सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एआर–सेल्फी कन्टेष्टका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । उपहार हस्तान्तरणका लागि ओपोको कमलपोखरीस्थित ग्राहक सेवा केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीद्वारा मासिक रुपमा आयोजना गरिने सामाजिक सञ्जाल क्याम्पेनको सिरिज अन्तर्गत उक्त कन्टेष्टको आयोजना मे २१ देखि २८ सम्मका आयोजना गरिएको थियो । कम्पनीद्वारा भरखरै सार्वजनिक ओपो एफसेवेन सिरिजमा उपलब्ध गरिएको एआर स्टिकरको प्रचारका लागि क्याम्पेनको आयोजना गरेको कम्पनीको कम्पनीको भनाइ छ । उपहार वितरणका लागि आयोजित कार्यक्रमको क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ट्राओले भने, ‘कन्टेष्टमा उल्लेख्य सहभागिताका लागि हामी हाम्रा उपभोक्ताप्रति कृतज्ञ छौँ ।’ उनले सबै विजेताहरुलाई बधाई दिदै आउँदा दिनहरुमा अझ रोचक र बृहत्त क्याम्पेन सार्वजनिक गर्ने घोषणा कार्यक्रममार्फत गरे । कम्पनीले निहारिक शर्मा, सुमित्रा लामा र युमिसा लामा क्याम्पेन विजेता घोषित भएका छन् । तिनीहरुलाई कम्पनीकातर्फबाट आकर्षक गिफ्ट ह्याम्पयर प्रदान गरिएको बताइएको छ ।
लाभकर गणना गर्ने नयाँ व्यवस्थाले सेयर बजार घट्यो
काठमाडौं । आइतबारको बजार दोहोरो अंकले घटेर १३०० अंक तल झरेको छ । दिनभरको बजारमा नेप्से परिसूचक ३३.७१ अंकले घटेर १२७३ अंकमा पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक भएपछि पनि सेयर बजारमा निरन्तर गिरावट आएको छ । बजेटमा अर्थमन्त्री युवराज खतिवडाले बजारप्रति सकारात्मक कुरा बताए पनि सेयर बजारले भने राम्रो गति लिन सकिरेहको छैन । लगातार ओरालो लागेको बजारप्रति दुःख व्यक्त गर्दै नेपाल स्टक ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले लाभकर गणना गर्ने नयाँ व्यवस्थाले सेयर बजार ओरालो लागेको बताएका छन् । उनले बोनस र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई लाभकर गणना गर्ने उक्त व्यवस्थाले दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई हास्नु न रुनु बनाएको बताएका छन् । साथै, उनले यो नियम दोश्रो बजारमा गरिने कारोबारको सिद्धान्तको विपरीत भएको हुँदा सीघ्र सच्चाउन हुन अनुरोध गरेका छन् । भारी अंकको गिरावट आएको बजारमा उत्पादनमूलक बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २९० अंकले घटेको छ । उत्पादनमूलक ३५ अंकले बढेको छ भने फाइनान्स समूह ८ अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले झरेका छन् । आइतबार सबैभन्दा बढी मेघा बैंकका लगानीकर्ताले ९.७१ प्रतिशत गुमाएका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको साधारण र प्रमोटर दुबैको सेयर मूल्य क्रमशः ८.८७ र ८.४१ प्रतिशतले घटेको छ ।
केरुङ-काठमाडौं रेलमार्गको अध्ययन गरेर फर्कियो चिनियाँ टोली, ओली भ्रमणमा सम्झौताको तयारी
काठमाडौं । बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । चिनियाँ तथा नेपाली प्राबिधिकहरुको टोलीले शुक्रबार केरुङ–काठमाडौं रेलमार्गको प्राबिधिक अध्ययन सम्पन्न गरेका हुन् । चिनियाँ टोलीले आगामी अगष्ट महिनामा प्राबिधिक प्रतिवेदन बुझाउने रेल विभागका सिनियर डिभिजल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताए । ‘चिनियाँ प्राबिधिकहरुको टोलीले डेढ हप्ता लगाएर स्थलगतरुपमा गहिरो प्राबिधिक अध्ययन गरेको छ, अगष्टमा प्रतिवेदन तयार हुन्छ’, सिडिई उपाध्यायले भने । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्ने गरि तयारी भैरहेको छ । ‘यो रेल प्राबिधिक र लागतका हिसाबले संसारकै जटिल प्रोजेक्ट हो, हामी आफ्नो बलबुँताले बनाउन सक्दैनौं, चीनलाई अनुदानमा बनाउन आग्रह गर्ने तयारी भैरहेको छ’, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भने । उनले प्रधानमन्त्रीको चीन भ्रमणमा केरुङ–काठमाडौं रेलमार्ग उच्च प्राथमिकतामा पर्ने पनि जानकारी दिए । यस अघि पनि चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरेको थियो । यो रेलमार्गको अनुमानित लम्बाई ७५ किलोमिटरको हुनेछ । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका प्रवेश गर्नेछ । रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै सिमित गराउनेछ । यस अघि चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको थियो । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुने उल्लेख गरेको थियो । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने कम्पनीको प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने उल्लेख छ ।
१० वर्षपछि विदेशबाट विद्यार्थी नेपाल पढ्न आउने सम्भावना छ-विष्णु पोखरेल
बोस्टन एजुकेशनल सर्भिस प्रा.लिका प्रबन्ध निर्देशक विष्णु पोखरेल विगत १३ वर्षदेखि शैक्षिक परामर्श सेवामा सक्रिय छन् । लामो शसस्त्र द्वन्द्व, राजनीतिक संक्रमण, अस्थायीत्वले भविष्यप्रति निरास भनेर नेपाली युवा विदेशीने दिन विस्तार परिवर्तन हुने उनको विश्लेषण छ । विगतमा विदेशमा अध्ययन गर्ने जाने विद्यार्थी मध्ये फाट्टफुट्ट मात्र नेपाल फर्कने गरेकोमा अब विदेशमा शिक्षा लिएपछि नेपाल फर्कने क्रम बढ्ने र अागामी १० वर्षपछि शैक्षिक परामर्शदाताहरु विदेशी विद्यार्थी नेपाल ल्याउने दिशामा जान सक्ने उनको विश्लेषण छ । प्रस्तुत छ विष्णु पोखरेलसँगको कुराकानी । विष्णु पोखरेल, प्रबन्ध निर्देशक-बोस्टन एजुकेशनल सर्भिस प्रा.लि. शैक्षिक परामर्श सेवा सञ्चालन गर्नुभएको कति भयो ? अफिसियली २००६ बाट शुरु गरेको हो । त्योभन्दा अघि डेनमार्कको एउटा कलेजसँग एशोसिएट थिएँ । एकजना डेनिस केयर नेपालको प्रतिनिधि हुनुहुन्थ्यो । उनी आफ्नो देशको एक स्कूलमा एशोसियट रहेछन् । उनले डेनिस ल्याङ्ग्वेज पढ्न नेपालदेखि विद्यार्थी जान चाहन्छ भने मेरो कलेज छ भनेर मलाई भने । त्यसपछि मैले २/४ जना विद्यार्थीहरु पठाए । ४ देखि ६ महिनाको ल्याङ्ग्वेज कोर्ष गरेर उनीहरु त्यहाँको युनिभर्सीटीमा अध्ययन गर्न सक्ने स्थिति हुन्थ्यो । डेनिस ल्याङ्ग्वेज फाउन्डेसनको रुपमा पढ्ने हो । त्यसपछि युनिभर्सीटी, कलेज पढे विद्यार्थीहरुलाई जागिर खान धेरै सजिलो हुन्थ्यो । स्थानीयहरुसँग भिज्नका लागि पनि धेरै सहज हुन्थ्यो । पछिल्लो समयमा त्यसरी ल्याङ्ग्वेजको लागि गएपछि युनिभर्सीटीहरुले १ वर्षको शुल्क शुरुमै लिने चलन आयो । रकम पनि उच्च भएकोले विद्यार्थीहरुलाई जानको लागि हामीले नै डिस्करेज गरेका छौं । डेनमार्कमा १/२ वटा कलेजले मात्रै सिधै विद्यार्थी लिन्छन् । उक्त देश विद्यार्थीको लागि सुरक्षित छ । डेनिसहरु धेरै फ्रेण्डली हुन्छन् । अपराध भन्ने हुँदैन । भष्टाचार जिरो, देश राम्रो छ । डेनमार्कमा कति छन् नेपालीहरु ? पहिले करिब ३/४ हजार भएकोमा अहिले विद्यार्थीहरु गएर त्यहीँ सेटल भएका छन् । सन् २००७ देखि सेटल भएर पीआर लिएर बसेकाहरु गरी करिब १० हजार पुग्लान् । शुरुका दिनहरुमा त्यहाँ नेपालीहरुले धेरै संघर्ष गर्नु परेको थियो । अहिले उच्च ओहोदा बैंक, आईटी लगायतको छुट्टाछुट्टै कम्पनीमा नेपालीहरु कार्यरत छन् । त्यतिमात्रै होइन राजनीतिमा पनि नेपालीहरु स्थापित भएका छन् । त्यहाँको स्थानीय राजनीतिमा नेपालीहरु सहभागी भएको अवस्था छ । पढ्न जाने मध्ये कति नेपाल फर्कन्छन् ? मैले २००५ मा पठाएको विद्यार्थीहरुमध्ये मलाई थाहा भएसम्म २/४ जना मात्रै फर्केका छन् । किनभने कोही त्यहाँबाट पढ्न नसक्ने विद्यार्थीहरु पोर्चुगल स्पेनतिर गएका देखिन्छन् । कति फ्रान्सतिर गएर त्यहाँका आर्मी भएको देखिन्छ । पढ्ने विद्यार्थीहरु राम्रो अध्ययन गरेर ग्रीनकार्ड लिएर डेनमार्कमै बसेका छन् । जो पढ्न नसक्ने विद्यार्थीहरु अन्य देशतिर डाइभर्ट भएको अवस्था हो । पढन् विदेश जाने नेपालीहरु पछि नेपाल नफर्कनुको कारण राजनैतिक अवस्था पनि हो । विगतमा १० वर्ष सशस्त्र द्वन्द्वमा देश रोमलियो । सो समय नेपालमा शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टी नभएको कारणले गएको नेपालीहरु फर्कन चाहेनन्, त्यतै बसे । पछिल्लो समय राजनीतिक अवस्था सुध्रिदै गएको छ , शान्ति छाएको छ, अध्यारोदेखि उज्यालोतिर देश अघि बढेको छ । विगतमा भविश्य नदेखेर विदेश गएकाहरु अब नेपाल फर्कने कुरा गर्दैनन् ? म बीच–बीचमा विदेशमा यात्रा गरिरहन्छु । दुई महिनाअघि मात्रै यूएसबाट आएको हुँ । यूरोप गइरहन्छु । विदेशमा बस्ने नेपालीहरु वामगठवन्दनदेखि आशावादी छन् । नेपालमा केही राम्रो भयो भने कति आउलान् । सबै होइन, ५/१० प्रतिशत नेपाली फर्कन राजी छन् । त्यहाँ स्थापित भइसकेकाहरु कि एनआरएनएको रुपमा व्यापार गर्न आउन तत्पर छन् अथवा राजनैतिक पहुँच देखाउन आउन तत्पर छन् । सर्वसाधारण जो स्थापित नभएका आउछन् । सबै फर्कदैनन् । नेपालीहरु धेरै जसो विदेशमा आफ्नै विजनेश गरेर स्टाब्लिस्ट भएका छन् । २०४६ पछि नेपालबाट सर्वसाधारणहरु विदेश जान थालेका हुन् । विगतमा राणाहरु जान्थे । सर्वसाधारणहरु पछि मात्र जान थालेका हुन् । सर्वसाधारणहरु गएका देशमा शुरुमा उनीहरुको अवस्था दयनिय थियो । अहिले आएर नेपालीहरु उच्च पहुँचमा पुगेका छन् । अाफूले काम गर्ने, सिक्ने अनि विजनेश स्टाब्लिस्ट गर्ने गरेका छन् । त्यहाँ विजनेशको सिस्टम छ । उनीहरु एउटा सिस्टममा बसिसकेकोले नेपाल आएपछि घुलमिल हुन समय लाग्छ । हाम्रोमा सिस्टमको विकास हुनु पर्यो । अहिले काठमाडौं उपत्यकामा धुलोले हिड्न नसक्ने अवस्था छ । धुलाम्य हुन्छ । नेपालमा सिस्टम बसेको छैन । सिस्टममा देश आयो, वातावरण राम्रो भयो भने उनीहरु फर्कन चाहन्छन् । विकसित देशको जस्तो सुविधा नेपालमा पनि हुनुपर्यो ताकि नेपालीहरु विदेश नजाउन् । डेनमार्कमा सहजै सिस्टमको माध्यमले ट्याक्स उठ्छ । नेपालमा त्यस्तो छैन । यहाँ विभिन्न ढनाढ्य, विजनेशम्यानहरुले कर छलेको कुरा बाहिर आएको छ । पटक पटक करफछ्र्याैट आयोग बन्छ । मलाई लाग्छ, दुनियाँमा कँही पनि यस्तो आयोग हुँदैन । सरकारले यी सबै पाटोहरु सुधार गरेर विदेशमा बसेका नेपालीहरुलाई लगानी गर्न आग्रह गर्दै, सुरक्षाको पनि ग्यारेन्टी दियो भने आउन सक्छन् । सबैले पहिले आफुलाई हेर्ने हो, अनि परिवार । त्यसपछि देशलाई । देशले त्यो वातावरण तयार गरिदिनु पर्छ । आफूले विदेशमा पठाएको विद्यार्थीको प्रगतिबाट लोभिएर तपाईलाई पनि विदेश जान मन लाग्दैन ? त्यस्तो सोच नआउने होइन तथापी विभिन्न जिम्मेवारी छन् । मैले देशमा बस्नु पर्छ । जानेको कुरा बताउनुपर्छ भनेर म यही बसेको हुँ । म राजनैतिक पार्टीसँग पनि जोडिएको छु । मेरो पनि बाध्यताहरु छन् । त्यसको सट्टा विदेशमा देखेको, सुनेको कुरा ल्याएर नेपालमै सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । शुरुका दिनहरुमा म कन्सल्टेन्सी व्यवसाय गर्छु भनेर सोचेको थिइन । मैले विदेश जानकै लागि गरे । मेन्टालिटी त्यतै गएकोले सिकेँ । त्यसै सन्दर्भमा २००६ मा म यूरोप घुमे । यूरोप घुम्ने मौका पाएँ । त्यहाँ मैले विभिन्न अध्ययन गरे । समग्र अध्ययन गर्दा म मेरै देशमा बसेर केही गर्छु भनेर नेपालमा बस्ने निर्णय गरेको हुँ । मलाई घुम्न जान मन लाग्छ । तर उही नै बस्नुपर्छ भन्ने सोच अहिलेसम्म पलाएको छैन । अहिले ४० वर्षको भए । अब यो उमेरमा त्यहाँ विदेश गएर सेटल हुन्छु जस्तो पनि लाग्दैन । म समृद्धिमा जोडिन चाहे । व्यवसाय छ । वेस्टेन एजुकेशन सर्भिसेस चलाउछु । राजनीतिलाई सेवाको रुपमा हेरेको छु । मलाई पद लोलुप्ता छैन । विगतको स्थानीय निकायमा म मेरो स्थानीय ठाँउमा अहिले नेतृत्वमा पुगकाे दलको पक्षबाट मेयरमा पनि मोरङको रतुवामाई नगरपालिकामा सिफारिस आएको हो । तर मैले लिदिन भने । जहाँ आफू बसिन्छ त्यहाँ राम्रो गरौं । बसिदैन राम्रो नराम्रो नगरौं भन्ने मेरो सोच हो । राजनैतिक कार्यकताहरु आर्थिक समृद्धिमा जोडिनुपर्छ, पार्टीले त्यहि नीति लिएको छ । मन्त्रालय फाइल बोकेर कुद्नुभन्दा, कुनै ठाँउ चन्दा उठाएर समय वर्वाद गर्नुभन्दा केही न केही व्यवसाय गरेर रहेको समय राजनीतिमा लगाउनु पर्छ भन्ने मेरो सोच हो । त्यसबाट सेवा मिल्छ । सरकारले नेपालमै रोजगार दिन्छु, विदेश गएकालाई फर्काउछु भन्छ । विदेशमा पढ्न गएका नेपालीहरु अब नेपाल फर्कन्छन् होला ? अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीले जुन रुपमा आफूलाई अगाडी बढाइरहेका छन् । निश्चित रुपमा मुलुकमै राम्रो भयो भने कोही पनि विदेश जादैनन् । अबको १० वर्षमा यो इण्डस्ट्रिज अहिलेको जस्तो हुदैन । विगत १० वर्षमा भएको द्वन्द्वको कारणले अहिले यस्तो भएको हो । धरैले विदेशको बाटो रोजे । २०४६ सालपछि बहुदल आयो । देश गिरिजाप्रसाद कोइरालाको हातमा पुग्यो । त्यसपछि सशस्त्र द्वन्द्व शुरु भयो । कोइरालाले जुन ट्रयाकमा देशलाई अगाडी बढाउन पथ्र्यो त्यसो गर्न सकेनन् पछि प्रचण्डको उदय भएपछि पनि देश ट्रयाकमा आएन, उनले पनि ल्याउन सकेनन् । अहिले केपी ओली र प्रचण्डले नै महशुस गरेर वामगठवन्दनको सरकार बनाएका छन् । अहिले उनीहरुले भने जसरी नै देश अघि बढ्ने हो भने अबको १० वर्षसम्म कन्सल्टेन्सी त रहला तर अहिले जस्तो काम नगर्ला । त्यसको ठिक उल्टो नेपालबाट विदेश जानेभन्दा पनि विदेशबाट नेपाल आउनेहरुकोे लागि कन्सल्टेन्सीको जिम्मेवार समाल्लान् । हाम्रो देश सुन्दर छ । यहाँ शिक्षाको हब बनाउन सक्छौं । त्यसरी अघि बढाए भारतको बिहार, युपी, दिल्ली बंलादेशको ढाका मात्रै नभएर यूरोपीयन मुलुकहरुबाट पनि नेपालमा विद्यार्थीहरु पढ्न आउन सक्छन् । विदेश जाने संख्या घट्ला आउने बढ्न सक्छ । हाम्रो देशमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्कुल, कलेज युनिभर्सीटीको विकास गर्ने हो भने विश्वका विद्यार्थीहरुलाई आकर्षण गर्न सकिन्छ । तर अहिलेकै करिकुलम, इन्फास्ट्रक्चरले हामी केही गर्न सक्दैनौं ।
निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्कीलाई २४ घण्टाभित्र पक्राउ गर्न जिल्ला प्रशासनको पत्राचार
काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघको पुर्वअध्यक्ष यक्षध्वज कार्कीलाई पक्राउन गर्न प्रहरीलाई पत्राचार गरेको छ । प्रशासन कार्यलयले महानगर प्रहरी परिसरलाई २४ घण्टाभित्र निर्माण व्यवसायी कार्कीलाई पक्राउ गर्न पत्राचार गरेको काठमाडौंका सहायक सीडीओ वासु घिमिरेले बताए । कार्कीको कम्पनी विकोई स्काई जेभीले मालपोत कार्यालय काठमाडौंको भवन निर्माण गर्न ठेक्का लिएको लामो समयदेखि सम्पन्न नगरेपछि पक्राउ गर्न पत्राचार गरेको हो । विकोइ स्काइले ०७३ फागनु २० गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । उसले मालपोत कार्यलयको भवन निर्माणको ०६९ सालमा ठेक्का पाएको हो । चावहिलमा भवन निर्माण गर्न जिम्मा लिएर हालसम्म काम नगरेपछि कार्कीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।