रसुवामा ४ लाखको पुस्तक हस्तान्तरण

<p>काठमाडौं । द एशिया फाउण्डेशनले हिमाली विकट जिल्ला रसुवाको सात वटा सामुदायीक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको छ । रसुवाको गोल्जुङमा रहेको श्री पार्वतीकुण्ड माध्यामिक विध्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि अमेरीकी राजदूत एलाईना वि टेप्लीज र द एशिया फाउण्डेशन नेपाल स्थित कार्यालयका निमित्त देशिय प्रतिनिधि नन्दिता बरुहले संयुक्तरुपमा पुस्टक हस्तान्तरण गरेका थिए । नेपाली र [&hellip;]</p>

काठमाडौं । द एशिया फाउण्डेशनले हिमाली विकट जिल्ला रसुवाको सात वटा सामुदायीक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको छ ।

रसुवाको गोल्जुङमा रहेको श्री पार्वतीकुण्ड माध्यामिक विध्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि अमेरीकी राजदूत एलाईना वि टेप्लीज र द एशिया फाउण्डेशन नेपाल स्थित कार्यालयका निमित्त देशिय प्रतिनिधि नन्दिता बरुहले संयुक्तरुपमा पुस्टक हस्तान्तरण गरेका थिए ।

नेपाली र अंग्रेजी भाषाका ४०० वटा सो पुस्तकको मूल्य ३ लाख ९२ हजार ७ सय रुपैयाँ रहेको छ आयोजकले जनाएको छ । द एशिया फाउण्डेशन र नेप्लिज एशोशियशन अफ स्कुल लाईब्रेरियन्स द्वारा संयुक्तरुपमा आयोजित पुस्तक हस्तान्तरण कार्यक्रममा द एशिया फाउन्डेशनको बुक फर प्रोग्राम निर्देशक समिरा श्रेष्ठले विद्यार्थीहरुमा पढ्ने बानीको विकास गराउन द एशिया फाउण्डेनले डिजिटल लाईब्रेरीको विकास गरेको बताउदै उनीहरुलाई डिजिटल लाईब्रेरी प्रयोग गर्ने तरिकाका बारेमा प्रशिक्षण दिएका थिए ।

द एशिया फाउण्डेशनकातर्फबाट पुस्तक प्राप्त गर्ने विद्यालयहरुमा श्री पार्वतीकुण्ड माध्यामिक विद्यालय ,श्री सरस्वती प्राथमिक विद्यालय, श्री हाकु विद्यालय, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, श्री पारजुङ प्राथमिक विद्यालय, श्री निलकण्ड माध्यामिक विद्यालय र श्री शतिदेवी माध्यामिक विद्यालय रहेका छन् ।

 

Share News