एलजीको नयाँ शोरुम महाराजगंजमा, रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउने

<p>काठमाडौं । सिजी इलेक्ट्रोनिकस्ले आफ्नो नयाँ एलजीकोे एक्सक्लूशिभ शोरुम महाराजगंजमा विस्तार गरेको छ । कम्पनीले हालै इनोभा इलेक्ट्रोनिक्स नामक उक्त शोरुमको उद्घाटन गरेको हो । एलजी ब्राण्डले ग्राहकहरुको आवश्यकता पूरा गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउँदै लैजाने उद्देश्यले उक्त स्थानमा नयाँ शोरुम खोलेको हो । यस शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ [&hellip;]</p>

काठमाडौं । सिजी इलेक्ट्रोनिकस्ले आफ्नो नयाँ एलजीकोे एक्सक्लूशिभ शोरुम महाराजगंजमा विस्तार गरेको छ । कम्पनीले हालै इनोभा इलेक्ट्रोनिक्स नामक उक्त शोरुमको उद्घाटन गरेको हो ।


एलजी ब्राण्डले ग्राहकहरुको आवश्यकता पूरा गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउँदै लैजाने उद्देश्यले उक्त स्थानमा नयाँ शोरुम खोलेको हो । यस शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनै पनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना उद्घाटनको दिनदेखि १० दिनसम्म लागू हुनेछ । साथै बम्पर लक्की ड्र मार्फत आकर्षक उपहार जित्न सक्नेछन् । यस कम्पनीले भविष्यमा देशको अन्य ठा“उहरुमा पनि एक्सक्लूशिभ शोरुमहरु बिस्तार गर्दै जाने बताएको छ ।

Share News