
काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघको पुर्वअध्यक्ष यक्षध्वज कार्कीलाई पक्राउन गर्न प्रहरीलाई पत्राचार गरेको छ ।
प्रशासन कार्यलयले महानगर प्रहरी परिसरलाई २४ घण्टाभित्र निर्माण व्यवसायी कार्कीलाई पक्राउ गर्न पत्राचार गरेको काठमाडौंका सहायक सीडीओ वासु घिमिरेले बताए ।
कार्कीको कम्पनी विकोई स्काई जेभीले मालपोत कार्यालय काठमाडौंको भवन निर्माण गर्न ठेक्का लिएको लामो समयदेखि सम्पन्न नगरेपछि पक्राउ गर्न पत्राचार गरेको हो ।
विकोइ स्काइले ०७३ फागनु २० गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । उसले मालपोत कार्यलयको भवन निर्माणको ०६९ सालमा ठेक्का पाएको हो । चावहिलमा भवन निर्माण गर्न जिम्मा लिएर हालसम्म काम नगरेपछि कार्कीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।