विकासन्युज

नेपालगञ्जमा सानिमा लाईफ इन्स्योरेन्सको थप नयाँ शाखा

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले नेपालगञ्जमा थप नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईले गरेका हुन् । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ । साथै, उक्त स्थानमा बीमा चेतना जगाई नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

एनएमबि बैंकलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता ३३३ रुपैयाँ

काठमाडौं । एनएमबि बैंक लिमिटेडलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले शुक्रबार एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ३३३ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ४०५ रुपैयाँमा कारोबार भएको छ ।

एशियन लाईफ इन्स्योरेन्सको बोनस सेयर पास, ६० प्रतिशत हकप्रद सेयर पनि अाउने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कं.लि.को दशौं वार्षिक साधारणसभा बीरगंजमा जेठ १९ गते शनिवार सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई ४ करोड ८३ लाख ३५ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने जनाएको छ । उक्त नाफा कम्पनीले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयर खरिद गर्नेले पनि पाउने कम्पनीले जनाएको छ । बोनस सेयर वितरणसँग कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रुपयाँ भएको छ । साथै कम्पनीको साधारणसभाले १०० बराबर ६० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख साठी हजार रुपैयाँ हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले जानकारी दिए । बीमा समितिले जीवन बीमा कम्पनीहरुको लागि चुक्ता पूँजीे २ अर्ब रुपैयाँ तोकेकोे छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँको रहेकोछ । साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष दीपककुमार श्रेष्ठद्धारा प्रस्तुत आ.व.२०७३/७४ को वार्षिक प्रतिवेदन पास गरेको छ । २०६४ देखि कारोवार संचालन गरेको यस कम्पनीको २०७४ सालचैत्र मसान्त सम्ममा १२ अर्ब ९ करोडको जीवन बीमा कोष र १२ अर्ब २८ करोड रुपैयाँ लगानी तथा कर्जामा रहेकोे छ । त्यस्तै गरी कम्पनीले चालु आ.व. को बैशाख मसान्त सम्ममा कूल २ अर्ब १६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले २८ वटा शाखा तथा ६९ वटा उप शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले हालसम्म बालबालिकालाई लक्षित गरी बाल उमंग तथा बाल भविष्य बीमा योजना, सबैको हातमा पेन्सन भन्ने नारा सहित पेन्सन बीमा योजना, एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, सुखी जीवन बीमा योजना, जीवन रत्न (सीमित भुक्तानी सावधिक) जीवनबीमा योजना, पति पत्नीको लागि संयुक्त सावधिक जीवन बीमा योजना तथा धन समृद्धि आदि जस्ता योजनाहरु प्रचलनमा ल्याएको छ । आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाँउहरुमा समेत जीवन बीमाको पहुँच पुर्याई सर्व सुलभ बीमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।

३९० सिसिको केटिएम ड्यूक १ लाखमै किन्ने हो ? यसरी बेच्दैछ ३१ वटा मोटरसाइकल भन्सारले सरकारी दाममा

काठमाडौं । कृष्णसार भन्सार कार्यालयले विभिन्न कम्पनीका ३१ वटा मोटरसाइकल टेण्डर प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कार्यालयले ३९० सिसिको केटीएम ड्यूक १ लाख मै बिक्री गर्ने भएको हो । चोरी निकासी पैठारी अभियोगमा विभिन्न मितीमा कार्यालयले जफत गरेको मोटरसाइकलहरु विक्री गर्न लागेको हो । मोटरसाइकलहरु सन् २०१० देखि २०१७ सम्म उत्पादन भएका छन् । बिक्रीमा राखिएका मोटरसाइकलहरुमा १३ वटा बजाज कम्पनी, ३ वटा टीभीएसको अपाचे, ६ वटा होण्डा, ५ वटा हिरो होण्डा, २ वटा केटीएम ड्यूक ३९० सिसि र बुलेट ३५० सिसिको २ वटा मोटरसाइकल रहेका छन् । यस्तै ३५० सिसिको बुलेट मोटरसाइकलको न्युनतम मूल्य पनि कार्यालयले १ लाख नै राखेको छ । मोसटरसाइकल टेण्डर प्रक्रियाबाट लिलामी हुने प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । उनका अनुसार मोटरसाइकल खरिद गर्न चाहने व्यत्तिठ, फर्म र संघसंस्थाले २१ दिन भित्र कार्यालयमा निवेदन दिनु पर्नेछ । बोलपत्रमा सहभागिता जनाउन बोलपत्र आवेदकले न्युनतम मूल्यको १० प्रतिशत रकम नेपाल बैंकमा जम्मा गर्नु पर्नेछ । यसैगरी कार्यालयले पत्रु सामाग्रीको रुपमा प्रयोग गर्ने गरी २ थान जिप र ३१ थान मोटरसाइकल समेत लिलामीमा राखेको छ ।

माधव नेपाल र नारायणकाजी ब्राजिल भ्रमणमा, मार्क्सवादबारे एसियन स्कुल चलाउने

काठमाडौं । नव गठित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिल भ्रमणका गएका छन् । कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय दुई दिने सेमिनार सम्पन्न गरे लगत्तै बरिष्ठ नेता नेपाल र श्रेष्ठ ब्राजिल भ्रमणमा गएका हुन् । उनीहरुले ब्राजिलमा रहेको फ्लोर्सटन फर्नान्डेज नेशनल स्कुलको अवलोकन भ्रमण गर्नेछन् । सो स्कुलले ब्राजिलमा मार्क्सवादबारे नियमन प्रशिक्षण सञ्चालन गर्दै आएको छ । नेपालमा पनि मार्क्सवादबारे नियमन अध्यापनका लागि मदन भण्डारी एसियन स्कुल स्थापनाको तयारी भैरहेको छ । सो स्कुल स्थापनाका लागि ब्राजिलको अनुभव बुझ्न दुई नेता भ्रमणमा निस्किएका हुन् । नेता नेपालकै पहलमा विश्वभरका कम्युनिष्ट पार्टीका नेताहरु सहभागी गराएर नेपालमा कम्युनिष्ट सेमिनार आयोजना गरिएको थियो । नेता नेपालले अब मार््क्सवादबारे नयाँ पुस्तालाई अध्ययन गराउन मदन भण्डारी एसियन स्कुल स्थापनाको पहल गरिरहेका छन् । बरिष्ठ नेता नेपाल र श्रेष्ठले १० दिनसम्म ब्राजिलको अवलोकन भ्रमण तथा राजनीतिक भेटघाट गर्नेछन् ।

११ प्रकारका जमिनलाई ४ मा झारिँदै, सुकुम्बासी र भूमि व्यवस्थापन एकै पटक

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भैरहेको बताएका छन् । शनिबार राजधानीमा आयोजीत एक कार्यक्रममा उनले भने,‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खाले नीति ल्याउने अन्तिम तयारीमा छौं । खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति त्यसमा समावेश हुन्छ ।’ मन्त्री खनालले कृषि, पर्यटनले मात्रै स्वदेशमा रोजगारी सिजर्ना हुने र आर्थिक समृद्धि हाँसिल गर्न सक्ने दाबी समेत गरेका छन् । कृषि नीतिमा आमूल परिवर्तन गर्दै मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको पनि मन्त्री खनालले जानकारी गराए । ‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्नेखाले नीति ल्याउने अन्तिम तयारीमा हामी जुटेका छौं’–उनले भने । त्यस्तै खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति पनि त्यसमै समावेश हुने उनको भनाई थियो । हाल नेपालमा ११ प्रकारका भूमिहरु रहेको बताउँदै अब त्यसलाई ४ प्रकारका भूमिमा वर्गीकरण गरेर व्यवस्थित् गर्ने उनले जनाए । कृषि क्षेमा आधुनिकिकरण आवश्यक रहेको मन्त्री खनालको भनाई छ । उनले भूमिलाई कृषि, व्यवसायिक, औद्योगिक र बसोबास भूमिमा वर्गीकरण गरेर अहिले देखिएका समस्याको समाधान गरिने बताए ।

पूर्वाधार क्षेत्रमा कालोधन स्वीकार्य, २०७६सम्म लगानीका लागि ढोका खुल्ला

काठमाडौं । सरकारले पूर्वाधारका क्षेत्रमा कालोधनलाई स्वीकार गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको आर्थिक विधेयक मार्फत ठूला पूर्वाधारका आयोजनामा गरिने लगानीको श्रोत खुलाउन नपर्ने सुबिधा दिएको हो । राष्ट्रिय महत्वका ठूला जलविद्युत आयोजना, अन्तराष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडक मार्ग, रेलमार्ग जस्ता पूर्वाधारमा गरिने लगानीको आयश्रोत खोजिने छैन् । स्वदेशी लगानी कर्ताले २०७६ चैत मसान्तसम्म भित्र आयश्रोत नखुलेको पैसा पनि लगानी गर्न सक्नेछन् । आर्थिक विधेयक २०७५ मा आयश्रोत नखुलेको लगानीबारे गरिएको व्यवस्था त्यस्ता आयोजनाले ३ सय भन्दा बढि नेपालीलाई रोजगारी दिनुपर्नेछ भने ५० प्रतिशत कच्चा पदार्थ स्वदेशी हुनुपर्नेछ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले पूर्वाधारका आयोजनामा लगानी गर्दा सम्पतिको श्रोत खुलाउनु नपर्ने व्यवस्था सकारात्मक रहेको बताए । ‘नेपाललाई पूर्वाधारको विकासमा ठूलो श्रोतको आवश्यक छ, आइडल रहेको पैसालाई पूर्वाधार निर्माणमा लगानी गर्ने व्यवस्था मिलाउनु साह्रै राम्रो कुरा हो’, परिसंघका अध्यक्ष शर्माले देशविकाससँग भने । उनले पूर्वाधारको निर्माणमा आयश्रोत नखोज्ने व्यवस्थासँगै समाजमा उद्योग र नागरिकबीचको संघर्ष न्युनीकरण, सुशासन र उद्यमशिलता विकासमा राज्यले बिशेष पहल गर्नुपर्ने धारणा पनि राखे । पूर्व अर्थसचिव शान्तराज सुवेदीले पनि ठूला पूर्वाधारका आयोजनामा गरिने लगानीको आयश्रोत नखोजिने व्यवस्था राम्रो भएको बताए । विगतका बर्षहरुदेखि नै त्यस्तो व्यवस्था अघि सारिएको भएपनि लगानीकर्ता आकिर्षत नभएको बताए । ‘यो सुबिधा अघिल्लो बर्षपनि दिईएको थियो, व्यवसायी आकर्षित भएनन्, अब चाँही ठोस कार्यबिधी वा योजना बनाएरै कार्यान्वयन गरिनुपर्छ’, पूर्व अर्थसचिव सुवेदीले भने । अर्का पूर्व अर्थसचिव रामेश्वर खनालले भने २०६६ सालमा बिशेष सर्तसहित अघि सारिएको व्यवस्थाले अञ्जानमा निरन्तरता पाएको बताए । ‘२०६६ सालमा माओवादी सरकारलाई हेरेर सर्तसहित ल्याइएको व्यवस्था थियो, साथीहरुले बिर्सेछन्, त्यसैले अझै निरन्तर छ’, पूर्व अर्थसचिव खनालले देशविकाससँग भने । नेपालका उद्योगी व्यवसायीहरुले सम्पति स्वघोषणाको माग बेला बेलामा गर्दै आएका छन् । चालु अािर्थक बर्षको आर्थिक विधेयकमा पनि पूर्वाधारका क्षेत्रमा गरिने लगानीको आयश्रोत नखोजिने उल्लेख छ । तर सरकारले पूर्वाधारमा लगानी गर्दा आयश्रोत खुलाउनु नपर्ने भने पनि सो व्यवस्था अन्तर्गत लगानी गर्ने तत्परता भने अझैसम्म कुनै पनि व्यवसायीले गरेका छैनन् । पछिल्लो पटक अजय सुमार्गीले विदेशबाट भित्र्याएको पैसामाथी प्रश्न उठिरहेको छ ।  

पेट्रोल, डीजेल र मट्टीतेलको भाउ लिटरको ३ रूपैयाँकाे दरले फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेलको प्रतिलिटर  ३ रूपैयाँको दरले बढाएको छ । भारतबाट बढेर आएको भन्दै स्वचालित मुल्य प्रणाली अनुसार निगमले मुल्य बढाएको हो । बढेर अहिले पेट्रोलको प्रतिलिटर मुल्य ११३, डिजेलको र मट्टीतेलको क्रमशः प्रतिलिटर ९५/९५ पुर्याएकाे छ । उक्त मुल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोईतले विकासन्युजलाई बताए । त्यस्तै निगमले प्रतिलिटर आन्तरिक हवाई इन्धनको मुल्यमा  ५ रूपैयाँ र बाह्य हवाई इन्धनको मुल्यमा १००० लिटरमा यूएस डलर ७५ बढेको छ । खाना पकाउने एलपिजीग्याँसको मुल्य भने यथावत रहेको निगमले जनाएको छ ।