केरुङ-काठमाडौं रेलमार्गको अध्ययन गरेर फर्कियो चिनियाँ टोली, ओली भ्रमणमा सम्झौताको तयारी

<p>काठमाडौं । बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । चिनियाँ तथा नेपाली प्राबिधिकहरुको टोलीले शुक्रबार केरुङ–काठमाडौं रेलमार्गको प्राबिधिक अध्ययन सम्पन्न गरेका हुन् । चिनियाँ टोलीले आगामी अगष्ट महिनामा प्राबिधिक प्रतिवेदन बुझाउने रेल विभागका सिनियर डिभिजल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताए । ‘चिनियाँ प्राबिधिकहरुको टोलीले डेढ हप्ता लगाएर स्थलगतरुपमा गहिरो प्राबिधिक अध्ययन गरेको छ, अगष्टमा [&hellip;]</p>

काठमाडौं । बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । चिनियाँ तथा नेपाली प्राबिधिकहरुको टोलीले शुक्रबार केरुङ–काठमाडौं रेलमार्गको प्राबिधिक अध्ययन सम्पन्न गरेका हुन् । चिनियाँ टोलीले आगामी अगष्ट महिनामा प्राबिधिक प्रतिवेदन बुझाउने रेल विभागका सिनियर डिभिजल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताए ।

‘चिनियाँ प्राबिधिकहरुको टोलीले डेढ हप्ता लगाएर स्थलगतरुपमा गहिरो प्राबिधिक अध्ययन गरेको छ, अगष्टमा प्रतिवेदन तयार हुन्छ’, सिडिई उपाध्यायले भने । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्ने गरि तयारी भैरहेको छ । ‘यो रेल प्राबिधिक र लागतका हिसाबले संसारकै जटिल प्रोजेक्ट हो, हामी आफ्नो बलबुँताले बनाउन सक्दैनौं, चीनलाई अनुदानमा बनाउन आग्रह गर्ने तयारी भैरहेको छ’, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भने ।

उनले प्रधानमन्त्रीको चीन भ्रमणमा केरुङ–काठमाडौं रेलमार्ग उच्च प्राथमिकतामा पर्ने पनि जानकारी दिए । यस अघि पनि चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरेको थियो । यो रेलमार्गको अनुमानित लम्बाई ७५ किलोमिटरको हुनेछ । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका प्रवेश गर्नेछ । रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै सिमित गराउनेछ ।

यस अघि चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको थियो । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुने उल्लेख गरेको थियो । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने कम्पनीको प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ ।

बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने उल्लेख छ ।

 

Share News