विकासन्युज

मञ्जुश्री र श्री इन्भेष्टमेन्ट फाइनान्सले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदै छ?

काठमाडौं । मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आ आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकेका छन् । यी दुबै कम्पनीले सोमबार(आज) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचना जारी गर्दै साधारणसभामा जाने प्रयोजनकाे लागि बुक क्लोजको मिति तय भएको जानकारी दिएका हुन् । मञ्जुश्री फाइनान्सकाे असार ४ गते बुक क्लोज हुँदै छ । कम्पनीको आगामी १०औँ वार्षिक साधारणसभा असार २० गते बस्दै छ । सभामा कम्पनीले हालको पुँजीको ५.७१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दै छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि पुँजीको ०.३२ प्रतिशत(अर्थात २२ लाख ८७ हजार रुपैयाँ) नगद लाभांश पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड ५ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात संस्थाको पुँजी ८० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट पनि आगामी असार २२ गते कम्पनीको २३औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि असार ४ गते कम्पनीको बुक क्लोज हुने भएको छ । साभाले संस्थाको हालको पुँजीको २३.५७ प्रतिशत(लगभग) बोनस सेयर वितरण गर्ने सञ्चालक समितिकाे प्रस्तावलाई पारित गर्ने कम्पनीले जनाएको छ ।

यातायात विभागलाई अस्तव्यस्त बनाउदै मन्त्री महासेठ,टेण्डरबाट रुट इजाजत वितरण गर्ने तयारी अलपत्र

काठमाडौं । भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागलाई संकुचित पार्दै सिन्डिकेट विरुद्धको कदमलाई कमजोर पार्दै लगेका छन् । विभागले यातायात व्यवस्थापन सम्बन्धी सबै कार्यविधी तथा निर्देशिका तयार गरेपनि महासेठले कार्यदल बनाएर काम गर्ने भन्दै ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । केशवराज शर्माको नेतृत्वमा रहेको ६ सदस्यीय कार्यदलमा नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपाने, गोपीलाल नेपाल, मन्त्रालयका प्रेम कुमार सिहं, केशव अधिकारी र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य रहेका छन् । श्रोतका अनुसार मन्त्री महासेठले कार्यदलको विषयमा कुनै पनि कर्मचारीलाई नबोल्न निर्देशन दिएका छन् । कार्यदलले ३० दिनभित्र कार्यसम्पादन गर्नेगरी ९ वटा बुँदा तयार गरेको छ । कार्यदलको कार्यदिशाको बुँदा नम्बर ८ मा अहिले रहेका व्यवसायीहरुलाई कम्पनीमा रुपान्तरण गर्दा केके सुविधा दिने र बुँदा ९ कार्यदलले आवश्यक ठानेको अन्य विषयमा कार्यदलले निर्णय लिन सक्नेछ भनी उल्लेख गरिएको छ । सिन्डिकेटको अन्त्य भएपछि आम मानिसले यातायात क्षेत्रमा जुन अपेक्षा राखेका थिए । सो अनुसार सुविधाको प्राप्त गर्न सकेका छैनन । यातायात व्यवस्था विभागले देशैभरी सवारी रुटको अध्ययन गरी टेण्डर प्रक्रियाबाट रुट इजाजत वितरण गर्ने तयारी अन्योलमा परेको छ । विभागले १५ वर्षपछि सम्म हुनेगरी रुट अध्ययन शुरु गरेको थियो । तर मन्त्री महासेठले विभागलाई कुनैपनि गतिविधी अघि नबढाउन निर्देशन दिएको विभागका एक कर्मचारी बताए । विभागका प्राविधिक सल्लाहाकार पदम बहादुर शाहीका अनुसार २२ जिल्लाको रुट अध्ययनको प्रतिवेदन आइसकेको छ । तर अन्य काम मन्त्रालयकै कारण रोकिएको छ । विभागले रुटको अध्ययन गरी कुन रुटमा कति सवारीलाई इजाजत दिने, भाडादर कति तोक्ने, यात्रुको चाप लगायतको विषयमा अध्ययन गर्ने तयारी गरेको थियो । मन्त्रालयमा निर्माण गरेको कार्यदलको कार्यदिशाको बुदाँ नम्बर ३ मा सार्वजनिक यातायातको रुट निर्धारण, सेवा व्यवस्थापन र नियम सम्बन्धमा उल्लेख गरी विभागले गरिसकेको कामको विपरित जान खोजिएको छ । सिन्डिकेटको अन्त्य गरेर चर्चा कमाएका विभागका महानिर्देशक रुपनारायण भट्टरालाई मन्त्रालयमा तानेर महासेठले विभागको कामलाई अन्योलमा पारेका हुन् । २० वर्ष पुराना सवारीलाई सञ्चालनमा ल्याउने तयारी नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघको मागलाई मध्यनजर गर्दै मन्त्री महासेठले २० वर्ष पुगेका पुराना सवारीलाई पुन सञ्चालनका लागि अनुमति दिन लागेका हुन् । २० वर्ष पुराना सवारीले प्रदुषण मापदण्ड पास गरेमा पुन सञ्चालन गर्न अनुमति दिन तयारी गरेका हुन् । यस्तै प्रदुषण मापदण्ड पास नगर्ने सवारीधनीलाई नयाँ सवारीका लागि कर छुट गर्ने तयारी पनि गरेका छन् । हाम्रो मागप्रति मन्त्री महासेठ सकारात्मक हुनुहुन्छ, महासंघका अध्यक्ष विष्णु शिवाकोटीले विकासन्युजसँग भने मन्त्रीले हाम्रो माग पुरा गर्ने संकेत दिनुभएको छ । मन्त्री महासेठले सार्वजनिक कार्यक्रममै फलामको आयु तोक्न नहुने र पुराना सवारी हटाउने नियममाथी पुनविचार गर्ने बताएकाले आफुहरुको माग पुरा हुने अध्यक्ष शिवाकोटीले बताए । यातायात व्यवसायीको बन्द रहको बैंक खाता खोल्ने तयारी सिन्डिकेटधारी व्यवसायीहरु आन्दोलनमा गएपछि गृहमन्त्रालय र यातायात मन्त्रालयले बैशाख २३ गते २५४ यातायात व्यवसायीको बैंक खाता बन्द गर्न अर्थ मन्त्रालयलाई पत्र काटेको थियो । अब बैंक खाता खोल्नका लागि गृह मन्त्रालय र यातायात मन्त्रालयले सामूहिक निर्णय गरी अर्थ मन्त्रालयलाई पुन पत्र काट्नु पर्नेछ । एक कानून अधिकृतका अनुसार सरकारसँग अब व्यवसायीको बैंक खाता खोल्ने कुनै वैधानिक कानून रहको छैन । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले व्यवसायीको खाता खोल्न अर्थमन्त्रालयबाट पत्र आउनुपर्ने बताए । सम्पति सुद्धिकरणले व्यवसायीहरुको सम्पति विवरण छानविन गर्ने भएपनि मन्त्री महासेठले गृह मन्त्रालय र सम्पति सुद्धिकरणलाई असयोग पुग्नेगरी काम गरीरहेका छन् । यातायात व्यवस्था विभागका एक कर्मचारीका अनुसार विभागले केहि व्यवसायीहरुको सम्पति विवरण संकलन गरिसकेको भएता पनि यातायात मन्त्रालयले गृहमा नपठाउन निर्देशन दिएको बताए ।  

महालक्ष्मी विकास बैंकद्धारा फ्रेश नेपालका विद्याथीलाई शैक्षिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित उक्त विद्यार्थीहरुलाई सो सामाग्री प्रदान गरेको हो । फ्रेश नेपालका विद्यार्थीहरुलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक तथा फर्निचर सामाग्रीहरु वितरण गरेको हो । बैंकले दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुको आधारभुत आवश्यकता लगायत ती बालबालिकाहरुको शिक्षा, स्वास्थ्य आदिको संर्वधनका निम्ति उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

जन्ती आउने अघिल्लो दिन देखि ज्वोरोले निस्लोट परिछ बिचरा: जुनाको ज्वोरो

डा. हरी अधिकारी जुनाको ज्वोरो जेठ महिनाको ज्यानमारा घाममा ज्यामिरेमा घाँस काट्दै गर्दा जमुनाको कोखमा जन्मिएकि जुना जम्मा चार बर्ष जति मात्र बसि रे जन्मघरमा । जिमलबा को नामले जताततै चिनिएका जुनाका बा जहिले पनि जुवा खालमा मात्र पुगेर जजमानि गरि बाबुले जुटाएको जेथा जिरिखिम्ति पारिसकेको हुनाले जमुनाले जुनालाइ माइत छोड्ने निधो गरिछ्न् । नगरुन पनि किनरु जुवामा जितेर ल्याएको जैरे एक जोर मारबाडि पनि जमुनाको जिउमा नपर्दै जिप्ट्याउन लाग्दा, जुनाले नै मुठ्ठिमा लुकाएर जोगाएकि थिइ रे । बाह्र वर्ष जतिकी जुना घर फर्कँदा बिहेको साइत जुरी सकेको थियो, जन्म घरको अन्तिम स्वाद लिनु रहेछ जबर्जस्तीको बिहे बिरुद्धमा जुध्नु पर्दा जन्ती आउने अघिल्लो दिन देखि ज्वोरोले निस्लोट परिछ बिचरा । ज्वोरो आउंदा आउंदै जोरजुलुम गरि जन्ती संग पठाएकोले हो वा जवानिको जोशले मत्त जिवनसाथी भनाऔंदो पुरुषको रापले हो जती जरमुरा खाए पनि जुनाको ज्वोरो कहिल्यै जाती भएन । जुना जलि रहि, जलि नै रहि आखिरी जवानि चढ्नु भन्दा पहिले नै जलेर गयो बिचरा जुनाको जिबन जे होस्, बाइस जाँघर मा जलाउन लाग्दा पनि जुनाको मुठी भने कसिएको कसियै थियो रे जुनी जुनी सम्म नफुस्कने गरि त्यहि जबर्जस्ति को विरोधमा । (अधिकारी रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापनरत छन् ।)  

राजधानीमा यस्तो विद्यालय, जहाँ विद्यार्थीलाई ध्यान र योगासहितको त्रिभुजीय शिक्षा दिइन्छ

काठमाडौं । तपाईले आफ्नो छोराछोरीलाई अलि फरक खालको शिक्षा दिने विद्यालय खोजिरहनु भएको छ ? सरकारले निर्धारण गरेको पाठ्यक्रम सँगसँगै योग र ध्यान गराउने शिक्षा दिन चाहानुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईको सोच अनुसारको शिक्षा पथिक ज्ञान निकेतन विद्यालयले दिइरहेको छ । पथिक ज्ञान निकेतनले योगासहित त्रिुभुजीय शिक्षा दिइरहेको छ । यो विद्यालयमा प्ले ग्रुपदेखि नै औपचारिक शिक्षाका साथै योगा र ध्यानसँग अध्ययन गराइन्छ । त्रिभुजीय शिक्षा प्रदान गर्ने यस विद्यालयमा विद्यार्थीको अन्य स्कुलको जस्तो पहिलो, दोस्रो र तेस्रो भनेर श्रेणी छुट्टाइदैन । यसले विद्यार्थीलाई प्रतिशोधको भावना भन्दा सहयोगको भावना विकास भैरहेको छ । पथिकले नेपालमा नै नमुना तरिकाले शिक्षा दिएको छ । पथिक पाउन्डेसनबाट संचालित स्कुलका प्रिन्सिपल विवेक सी एसले भनिन् नेपालमा अलिकति फरक खालको शिक्षा दिन फरक ढंगबाट माध्यामिक शिक्षा दिने स्कुल स्थापना गरेको बताइन् । विकास न्यूजसंग कुरा गर्दै उनले भनिन् “ध्यान गुरु आचार्यश्री पथिकले लेख्नु भएको पुस्तकमा त्रिभुजीय शिक्षाको प्रतिपादन भएको थियो । त्यही सिद्धान्तका आधारमा स्कुल संचालन भैरहेको छ ।” विद्यालयले १ हजार ७०० देखी २ हजार २०० सम्म मासिक शुल्क तोकेको छ । भर्ना शुल्क ४ हजार ५०० देखी ५ हजार ५०० रुपैयाँ सयसम्म तोकेको छ । हाल पथिकमा २०० विद्यार्थी अध्ययनरत छन् । विभिन्न देशबाट गोल्ड मेडालिष्टहरुले विद्यार्थीलाई पथिकमा पढाइरहेका छन् । हाल कक्षा ८ सम्म पढाइ भैरहेको छ । स्कुलमा विद्यार्थीलाई बेन्च नराखी भुइमै राखेर अध्ययन गराइरहेको उनले बताइन् । “विद्यार्थीलाई बेन्चमा राख्दा उनीहरु पूर्णरुपमा स्वतन्त्र हुदैनन् । त्यसैले विद्यार्थीलाई स्वतन्त्र रुपमा सिकाउँदा राम्र्रो र छिटो सिक्ने गरेका छन् ।” विद्यालयले विद्यार्थीलाई परीक्षाको तालीका पनि तोक्ने गरेको छैन । विद्यार्थीले प्राप्त गरेको अंकलाई रिपोर्ट कार्डमा मात्रै प्रस्तुत हुने गरेको छ । अरु विद्यार्थीहरुमा जस्तो पहिलो, दोस्रो भनेर छुट्टाइदैन । विद्यार्थीको रिपोर्ट कार्डमा स्वास्थ्य, सामान्य एकेडेमी र बानी उल्लेख गरिएको हुन्छ । एउटा परीक्षा हलमा २ जना शिक्षक विद्यार्थीहरुको आचरण कस्तो छ भनेर अध्ययन गर्ने गरेका छन् । “हामीले सरकारले नै निमार्ण गरेको पाठ्यक्रमको अध्ययन गराउने गरेका छौँ । हामो अध्ययन गराउने पद्धती फरक हो” उनले भनिन् । विद्यार्थीले विद्यालयमा पैसा बोक्न पाउदैनन् । स्कुलमा जङ्क फुड निषेध गरिएको छ । आफैले उत्पादन गरेको गाईको दुध विद्यार्थीलाई खुवाउने गरेको विद्यालयले जानकारी दिएको छ । स्कुलमा कार्यरत शिक्षक मास्र्टस र डाक्टर गरेका मात्रै छन् । विद्यार्थीलाई योगा र ध्यान गर्ने हलको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई पढाइसँगसँगै योगा र ध्यान पनि गराइने विद्यालयले बताएको छ । के हो त्रिभुजीय शिक्षा ? मनुष्यको तीन अलग क्षमता र विशेषता बोकेका तीन मस्तिष्कबाट सुसज्जित हुन्छन् । तीमध्ये बायाँपट्टिको मस्तिष्कको बढिमा १५ प्रतिशतसम्म क्षमताको मात्र उपयोग हुन सकेको छ । अर्काे दायाँपट्टिको मस्तिष्क, जो सृजनात्मकता र दक्षताको उद्गम स्थल हो । त्यो ज्यादै न्यून मात्र विकास र उपयोग हुन सकेको छ । तेस्रो, पछाडि पट्टिको मस्तिष्क जसले मानवतामा अलौकिक दिव्यताको प्रस्फुटन गराउन सक्छ । त्यो त पूर्णत सुषप्त अवस्थामै छ । प्रचलित शिक्षा व्यवस्थाले बायाँपट्टिको मस्तिष्कको मात्र त्यो पनि न्यूनतम मात्रामा उपयोग गर्न सकेको छ । त्रिभुजीय शिक्षा यस्तोे शिक्षा नीति हो, जसले मानवका यी तीनवटै मस्तिष्कलाई जाग्रत र सक्रिय तुल्याएर दक्षता, सृजनात्मकता, मानवीयता र वैज्ञानिक दृष्टिले सम्पन्न मानिसको विकास गर्नेछ, जो चेतनाको अति उच्च स्तरमा हुने छ । यसले समग्र मानव सभ्यतालाई नै विलक्षण उचाइ दिनेछ ।  

सिभिल बैंकद्धारा लमजुङको विद्यालयलाई ९ थान कम्प्युटर हस्तान्तरण

काठमाडौं । सिभिल बैंक लिमिटेडले लमजुङको श्री शिशु विद्याश्रम माध्यामिक विद्यालयलाई ९ थान कम्प्युटर प्रदान गरेको छ । उक्त कम्प्युटरहरु सिभिल बैंकको साेही क्षेत्रको क्षेत्रीय प्रबन्धक दूर्गाराज पाण्डेयले साे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर अधिकारीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएको बताउँदै उक्त विद्यालयलाई सहयोग गरेको बताएका छन् ।

नाफामुखी होडबाजीले लघुवित्त क्षेत्रको छवी बिग्रदै

काठमाडौं । स्वावलम्बन विकास केन्द्र तथा ग्रामिण ट्रस्ट, बंगलादेशको संयुक्त आयोजनामा दुई दिने ग्रामीण वित्तीय प्रणाली कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा आयोजित उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरीबको सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले स्थापित लघुवित्त क्षेत्रको आधार बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । लघुवित्त क्षेत्रको आधार बलियो बनाउन यस क्षेत्रको आधारभूत मूल्य मान्यतालाई आत्मसात गरी अगाडी बढ्नुपर्ने उनले बताए । ग्रामीण मोडलमा संचालित नेपालका लघुवित्त वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धि संगै यस क्षेत्रमा विभिन्न समस्याहरु देखापर्न थालेका छन् । सेवामूखि हुनुपर्नेमा अहिले देखिएको नाफामुखी होडबाजीले लघुवित्त क्षेत्रको छवी बिग्रदै गएकोे छ । बंगलादेशमा चार दशक भन्दा बढी अवधिदेखि संचालित ग्रामीण बैंक हाल पनि लघुवित्तको आधारभूत सिद्धान्त र मूल मर्मको अनुशरण गरिरहेको उनले बताए । कार्यक्रममा नेपालका ३७ वटा लघुवित्त संस्थाका ४६ जना पदाधिकारीहरुको सहभागीता थियो । ग्रामीण बैंक र ग्रामिण ट्रस्ट बंगलादेशका वरिष्ठ विज्ञहरु रतनकुमार नाग र मिर हुसेन चौधरीले नेपालका विभिन्न लघुवित्त संस्थाहरुका प्रतिनिधिहरुलाई ग्रामीण वित्तीय प्रणाली बंगलादेशको बारेमा जानकारी गराएका छन् । कार्यक्रममा सहभागीहरुबाट लघुवित्त क्षेत्रमा देखिएका समस्याहरुलाई सुधार गरी सुढृढ लघुवित्त क्षेत्रको सम्वद्र्धनका लागि ९ बुँदे सहमती पारित गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लघुवित्तले गरिबी निवारण र महिला सशक्तिकरणमा पुर्याएको योगदानको सराहना गरेका छन् । साथै, उनले लघुवित्तमा देखिएका कमी कमजोरीहरुलाई सुधार गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न पे्ररित गरेका छन् ।

नेपाली होमस्टेलाई बुकिङ्ग डट्कमकाे ३ करोड १५ लाख सहयोग

काठमाडौं । होमस्टे संजाल विकास गर्नका लागि बुकिङ्ग डट्कमले ३ करोड १५ लाख सहयोग गरेको छ । बुकिङ्ग डट्कमले नेपालमा संचालित कम्युनिटी होमस्टेलाई आर्थिक सहयोग गरेर हो । बुकिङ्ग डट्कमले बुकिङ्ग बूस्टर कार्यक्रम मार्फत विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीरुमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै करीब सवा ३ करोड (यूरो २२५,०००) राशीको अनुदान कम्युनिटी होमस्टे नेटवर्कलाई प्रदान गरेको छ । होमस्टे नेटवर्कले नेपाली संस्कृति, रहनसहन, भेषभूषा, खानपीन लगायत विविध स्थानीय पक्षहरुको बारे विश्व समुदायमा प्रचारप्रसार गर्दै आइरहेको छ । यो कार्यक्रम नेपालभरी १३ वटा समुदायहरुमा सञ्चालन गरिएको छ । बुकिङ्ग डट्कमले विश्वभरीबाट चयन भएका प्रत्येक कम्पनीहरुलाई ५० हजार यूरो राशी बराबरको अनुदान प्रदान गर्दै आएको छ । नेपालबाट प्रथम पटक चयन भएको कम्युनिटी होमस्टेले यूरो २ लाख २५ हजार धन राशी प्राप्त गरेको हो ।