सार्वजनिक विदाहरु बढीमा १४ दिन मात्र गर्न माग, अर्थमन्त्री खतिवडाले भने–‘अनावश्यक विदा कटौति हुन्छ’
काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक विदा बढीमा १४ दिन मात्र गर्न माग गरेको छ । आर्थिक समृद्धि हासिल गर्न कार्यदिन बढाउन महासंघले अर्थमन्त्री डा युवाराज खतिवडा समक्ष यस्तो माग गरेको हो । बजेटको समीक्षा गर्न महासंघको सचिवालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रले यस्ताे माग राखेकाे हाे । । सार्वजनिक विदा कटौति हुनुपर्ने निजी क्षेत्रको माग जायज भएको मन्त्री खतिवडाले बताए । ‘सरकारले गत वर्षभन्दा यस वर्ष सार्वजनिक विदा कटौति गरिसकेको छ । नगर्नु पर्ने तथा अनावश्यक रुपमा सार्वजनिक विदा गर्ने पक्षमा सरकार छैन’ उनले भने । २०७४ सालमा पात्रोमा सरकारले १०४ दिन सार्वजनिक विदा दिएको थियो । २०७५ सालको सरकारी पात्रोमा ८९ दिन सार्वजनिक विदा जाइएको छ । त्यसमा सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि २२ दिन बिदा र सबैलाई हुने सार्वजनिक बिदा ६७ दिन कायम गरिएको छ । महासंघले माग गरेको १४ दिन मात्र भनिएको सार्वजनिक विदा शनिबार वाहेक हो । शनिवार समेत गर्दा वर्षभरीमा ६६ दिन विदा हुनेछ । ६६ दिन मात्र विदा गर्न सरकारले अझै २३ दिन विदा कटौति गर्नुपर्नेछ ।
सुरु भयो ब्याजदर बढाउन बैंकबीच प्रतिस्पर्धा, सिभिल बैंक झनै आक्रमक
काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप बढाउन फेरी प्रतिस्पर्धामा उत्रिएका छन् । बैंकहरुले निक्षेप बढाउन मुद्धतिको ब्याजदरमा वृद्धि गर्न थालेका छन् । एनआईसी एसिया बैंकले मुद्धतिको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको भोलिपल्ट सोमबार सिभिल बैंकले १२.२२ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । एनआईसी एसियाले आइतबार मुद्धति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएपछि सिभिलले पनि सोमबार “चन्द्रसूर्य बचत खाता” योजना ल्याएर ब्याजदर १२.२२ प्रतिशत पुर्याएको हो । सिभिलले आफ्ना ग्राहकलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने सिभिलले जनाएको छ । यो योजनाअन्र्तगत न्यूनतम मौज्दात ३ लाख रुपैयाँ हुनुपर्ने छ । सिभिलले साधारण बचत खाताको ब्याजदर बढाएर १० प्रतिशत दिने जानकारी गराएको छ । बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा ५ लाख रुपैयाँसम्मको दूर्घटना मृत्युर अपाङ्गताको निःशुल्क बीमा सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा योजना ल्याउने सिभिलका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । एनआईसी एसिया बैंकको आकर्षक मुद्धति योजना, १२ प्रतिशत ब्याज र ८० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंकले धनवर्षा मुद्दती निक्षेप योजनामा मासिक भुक्तानीको सुविधा सहितवार्षिक १२ प्रतिशत ब्याज दिने भएको हो । ११ प्रतिशत ब्याज दिदै आएको एनआईसी एसियाले १ प्रतिशत बढाएको हो । एक बर्षको अवधिका लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वा्धिक उच्चब्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना लोकप्रिय भएपछि पुनः कार्यन्वयनमा ल्याएको बैंकले जनाएको छ । निक्षेप बढाउन र भएको निक्षेपलाई जोगाउन ब्याजदर बढाएको एक बैंकरले बताए । आर्थिक वर्ष सकिन लाग्यो निक्षेप बढी देखाउन र भएको वचतलाई जोगाउन यस्तो योजना ल्याएको ती बैकरको भनाई छ । बैंकबीच भएको भद्र सहमति सोमबारदेखि तोडिएको छ । यसअघि बैंकबीच साधारण वचतमा ८ र मुद्धति निक्षेपमा अधिकतम ११ प्रतिशतसम्म ब्याज दिने सहमति गरेका थिए । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा निक्षेप बढाउन बैंकबीच ब्याजदरको प्रतिस्पर्धा चलेको बताउछन् । राष्ट्र बैंकले पनि ब्याजदर नियन्त्रण गर्ने कुनै नीति नलिएकाले बजारको मागअनुसार ब्याजदरमा घटबढ हुने उनको भनाई छ । “जसले आक्रमक रुपमा बजार विस्तार गर्न चाहेको छ उसले ब्याजदर बढ्यो, यसमा दुःख मान्नुपर्ने कारण छैन” उनले भने । बैंकको आधार ब्याजदर ९ बाट बढेर १०.९४ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत पनि बढेर औसत ६.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
इटहरीमा यामाहाको एफजी २५ ‘राइड आउट’ सम्पन्न
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी २५ ‘राइड आउट’ चौथो संस्करणको आयोजना गरेको छ । यसपटक १ नम्बर प्रान्तका एफजी २५ राइडरर्सलाई इटहरीको यामाहा सोरुमबाट धरान हुँदै भेडेटार नाम्जेसम्मको यात्रा गराएको थियो । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायतका सामुहिक टास्क दिइएको थियो । कार्यक्रमको अन्तमा सहभागी सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो । तिरुपति अटोसिटीका प्रबन्ध निर्देशक संयोग पराजुलीले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताएका छन् । अत्याधुनिक फ्युलइन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको कम्पनीले जनाएकाे छ । एफजी२५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी ओटा विक्री भइसकेको छ ।
घर घडेरी किन्दै हुनुहुन्छ ? एनआइसी एसिया बैंकले ऋण दिने, मेलाको तयारी पुरा
काठमाडौं । एनआइसी एसिया बैंकले सस्तो ब्याजदरमा घरजग्गालाई कर्जा दिने भएको छ । बैंकले घरजग्गा धितो राखेर ऋण उपलब्ध गराउने भएको हो । असार १ देखि ५ गतेसम्म राजधानीमा हुने घरजग्गा मेलाको प्रायोजन एनआइसी एसियाले गर्ने भएको छ । मेलाको तयारीबारे जानकारी दिदैं नेपाल जग्गा तथा आवास विकास संघले मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्टलहरु रहने जनाएको हो । कार्यक्रममा संघका महासचिव मीनमान श्रेष्ठले सरकारले वर्षमा ३ पटकसम्म जग्गा कित्ताकाट गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा मान्यता प्राप्त संस्थाबाट मात्रै घरजग्गा कारोबार गर्ने नियमको स्वागत गर्दै यसबाट सरकारको कर असुलीमा सहयोग पुग्ने बताए । संघले अब थोरै आम्दानी हुनेहरुलाई पनि लक्षित गरी हाउजिङको विकास गर्ने तयारी गरेको मेला आयोजक समितिका संयोजक विपिन चित्रकारले बताए । घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामाग्री बिक्रेता तथा सेवा प्रदायक संस्थाहरुका लागि मेला साझा मञ्च बन्ने आयोजकले विश्वास लिएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालले सयुक्त रुपमा गर्ने आयोजकले जनाएको छ ।नेपाल राष्ट्र बैंकले रियलस्टेटमा ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ।
सेयर बजार र घरजग्गा कारोबारमा मौद्रिक नीतिको आस, गभर्नरलाई तरलता अभावको त्रास
काठमाडौं । ‘अझै केहि बर्षसम्म तरलता अभावको समस्या टर्ने अवस्था छैन्, निक्षेप वृद्धि र कर्जाको मागलाई हेर्ने हो भने अझै केहि बर्ष तरलता अभावको समस्या टर्दैन्’, पूर्व बैंकर अनलराज भट्टराईले यसो भनिरहँदा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गम्भिर मुद्रामा सुनिरहेका थिए । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले मार्जिन लेण्डिङ(सेयर कर्जा)को सिमा ८० प्रतिशतसम्म पुर्याउन माग गरिरहेका थिए । उनले सेयर कर्जाको सिमा बढाउन मात्रै माग गरेनन् साथमा आवास कर्जाको सिमा पनि बढाउन माग गरे । ‘मार्जिन लेण्डिङलाई ८० प्रतिशतसम्म बनाउनु पर्छ र उपत्यका भित्रको रियलस्टेक कर्जालाई ६० प्रतिशतसम्म बढाउनु पर्छ’, तुलाधारले भने । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले पनि आवास कर्जा २ करोड पुर्याउनुपर्नेमा जोड दिए । ‘आवास कर्जाको सिमा २ करोड बनाईयोस, त्यो भन्दा कम मूल्यमा घर बन्न छाडिसक्यो ।’, नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले भने । मार्जिन लेण्डिङ, अटो लोन र आवास कर्जाको सिमा तोक्ने कुराको विपक्षमा पूर्व बैंकर भट्टराई पनि उभिएका छन् । उनी भन्छन–‘सेयर मार्केटमा ५० प्रतिशत, गाडीमा यति प्रतिशत ऋण देऊ भनेर भन्नु भन्दा जोखिममा आधारित भएर १०० प्रतिशत वा २०० प्रतिशत देऊ तर क्यापिटल वेज राख्नुपर्छ, यसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस’, भट्टराईले भने । सबैका कुरा सुनिसकेपछि आफ्ना कुरा राखेका गभर्नर डा.नेपालले भने–‘उत्पादन बढाउन र व्यापार घाटा कम गर्न आगामी मौद्रिक नीति केन्द्रित हुनेछ, यो भन्दा बढि अहिले केहि नबोलौं ।’ यद्यपी उनले पैसा कमाउन मात्रै केन्द्रित नभएर उत्पादन बढाउन पनि बैंक तथा वित्तिय संस्थाहरुलाई लगानी केन्द्रित गराउनै पर्ने बाध्यता आएको धारणा राखेका थिए । उता, सेयर बजारका लगानीकर्ताले पनि मार्जिन लेण्डिङको सिमा बढाउन लबिङ गरिदिन धितोपत्र बोर्डलाई आग्रह गरिरहेका छन् । सोमबार बोर्डले आयोजना गरेको कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल लगायतले मार्जिन लेण्डिङको सुबिधालाई बढाएर ८० प्रतिशतसम्म पुर्याउन बोर्डले भूमिका खेल्नुपर्ने सुझाव दिए । त्यति मात्रै होइन, अटोमोबाइल क्षेत्रका व्यवसायीहरुले समेत अटो लोनको सिमा बढाउन जोडबल गरिरहेका छन् । सेयर बजार, घर जग्गा कारोबार, अटोमोबाइल क्षेत्रका व्यवसायीहरुले कर्जाको सिमा बढ्ने आस गरिरहेका बेला गभर्नर डा. नेपाललाई भने तरलता अभावको त्रासले सताईरहेको छ । निक्षेपको तुलनामा कर्जाको माग बढेको, ब्याजदर अनियन्त्रित बन्दै गएको , उत्पादन मुलक क्षेत्रमा २५ प्रतिशत लगानी गराउन नसकेको जस्ता जोखिमले गभर्नर नेपाललाई सताईरहेको छ । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकले सेयरमा ७२ करोड, घरजग्गामा १३ अर्ब ९३ करोड र सवारीसाधन खरिदमा १६ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि उद्योगको वृद्धिद १२ प्रतिशत, कृषिको ४.५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ८.५ प्रतिशत हुने बताएका छन् । त्यसका लागि उत्पादनशिल क्षेत्रमै लगानी बढाउनुपर्ने बाध्यतामा गभर्नर डा. नेपाल छन् । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था बैंक तथा वित्तिय संस्थाहरुलाई गर्दै आएको छ । केन्द्रिय बैंकले १० प्रतिशत कृषिमा, ५ प्रतिशत पर्यटन, ५ प्रतिशत उर्जा र ५ प्रशित अन्य उत्पादन मुलक क्षेत्रमा लगानी गर्नै पर्ने व्यवस्था कार्यान्वयनमै राष्ट्र बैंक चुकेको पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले आरोप लगाए ।
एनआईसी एशियाको २ नयाँ शाखा सर्लाहीमा, झापामा शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले सर्लाहीमा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार(आज)देखि सर्लाहीको बरहथवा र बाग्मतीमा शाखा कार्यालय विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको हो । बरहथवा शाखाको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जनप्रसाद दासले र बाग्मती शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर भरतकुमार थापाले गरेका छन् । साथै, बैंकले झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवाैं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. १(२ क) का प्रदेश सभासद एकराज कार्कीले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा राजमणि पौडेललाई नियुक्त गरेको छ । हाल बैंकले २१८ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
शिवम सिमेन्टले शुरु गर्यो विश्वकप भविष्यवाणी कार्यक्रम, विजेतालाई आकर्षक पुरस्कार
काठमाडौं । शिवम् सिमेन्टले आगामी ‘फिफा विश्वकप २०१८’ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वर्ल्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएकाे छ । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रिडिक्ट एण्ड वीनपोष्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ । साथै, हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा गएर पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त प्रिडिक्ट एण्ड वीन खेल यस पटक पनि निरन्तर्ता दिएको कम्पनीले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आम व्यक्तिहरुलाई थप उत्साह एवं मनोरञ्जन प्रदान गर्ने गरि यस प्रिडिक्ट एण्ड वीन खेल संचालन गरिरहेको छ ।
अब बचत र मुद्दती दुबैमा सिभिल बैंकको सर्वाधिक ब्याज
काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना “चन्द्रसूर्य बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा पाँच लाख रुपैयाँसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा सेवा प्रदान गरिने बैंकले जनाएको छ । त्यसैगरी, आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात तीन लाख रुपैयाँ रहेको छ । साथै, बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताएका छन् ।