एनआईसी एशियाको २ नयाँ शाखा सर्लाहीमा, झापामा शाखारहित बैंकिङ्ग सेवा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले सर्लाहीमा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार(आज)देखि सर्लाहीको बरहथवा र बाग्मतीमा शाखा कार्यालय विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको हो । बरहथवा शाखाको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जनप्रसाद दासले र बाग्मती शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर भरतकुमार थापाले गरेका छन् । साथै, बैंकले झापा जिल्ला बिर्तामोड नगरपालिकाको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले सर्लाहीमा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार(आज)देखि सर्लाहीको बरहथवा र बाग्मतीमा शाखा कार्यालय विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको हो ।

बरहथवा शाखाको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जनप्रसाद दासले र बाग्मती शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर भरतकुमार थापाले गरेका छन् ।

साथै, बैंकले झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवाैं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. १(२ क) का प्रदेश सभासद एकराज कार्कीले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा राजमणि पौडेललाई नियुक्त गरेको छ ।

हाल बैंकले २१८ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News