फुटबल टेनिस होइन, मेसीलाई रोक्नी कुनै सुत्र छैन: इभान राकेटिक
काठमाडौं । क्रोयोसियका मिडफिल्डर इभान राकेटिकले २०१८ को विश्वकपमा अर्जेन्टिनाका मेसीलाई रोक्ने कुनैपनि सुत्र नहुने बताएका छन् । स्पेनीस अनलाईन मार्कालाई अन्तर्वाता दिदैं राकेटिकले मेसी जादुमई खेलाडी भएको बताएका हुन् । राकेटिकले मेसीबारे बोल्दै भने-“मेसीलाई रोक्ने सुत्र कसैले पाउन सक्दैन । यो मेरा लागि अरुका लागि जो कसैका लागि वास्तवमै कठिन छ । हामी उनीसँगै हाम्रो क्षमताको आधारमा तुलना गर्छौ । एक उत्कृष्ट खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि ठूलो भाग्य हो । तर हामी कति खतरनाक छौं त्यो उनले बुझिसकेका छन् । साच्चिनै उनले विश्वकप जित्नेछन र देखाउनेछन् को हुन् मेसी, तर फुटबल टेनिस हाेइन, मेसी एक्लैको लबबाबले कप जित्न सक्दैनन् । कपको लागि ३२ देशको ३२ सपना छ । यदि अन्तिममा उनले कप जित्छन् भने त्यसमा हामी मेसीका लागि खुशि हुनेछौं । यदि उनी उत्कृष्ट छन् यदि कोहि उत्कृष्ट छ उसले एउटा कप जितोस वा ५० हजार ! एउटा विश्व कपले को हुन् मेसी भनेर चिनाउँदैन । मेसी र राकेटिक बार्सिलोना फुटबल क्लबबाट सँगै फुटबल खेल्दै आएका छन् ।”
सवारी साधन र इलेक्ट्रोनिक वस्तुको भन्सार दर घटाउन डब्ल्युटीओको दवाब, अर्थले भन्यो : यो वर्ष हुदैन्
काठमाडौं । विश्व व्यापार संगठन(डब्ल्युटीओ) नेपाललाई ले सवारी साधन र इलेक्ट्रोनिक समानहरुको भन्सार दरबन्दी घटाउन दवाव दिएको छ । डब्ल्युटीओले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत भन्सार दर घटाउन दवाब दिएको हो । नेपालले डब्ल्युटीओमा गरेको प्रतिवद्धता प्रतिकुल हुने गरी गाडी, इलेक्ट्रोनिक लगायत ४ श्रेणी अन्र्तगत ४० ओटा विभिन्न माल वस्तुको भन्सार दर बढाएपछि डब्लुटीओले सम्झौता अनुसार कायम गर्न भनेको हो । मन्त्रालयमा उपसचिव रामकृष्ण अधिकारीले डब्लुटीओसँग नेपालले प्रतिवद्धता जनाइसकेकोले सोही अनुसारको नियम नेपालले पनि मान्नु पर्ने बताए । ‘तर गाडी, इलेक्ट्रोनिक लगायतका विभिन्न सामाग्रीहरुमा डब्लुटीओको मापदण्ड पालना हुन नसकेको पाइएपछि हामीले अर्थ मन्त्रालयसँग भन्सार दर घटाउन भनेका हौं,’ उनले भने ‘त्यो विषयमा अर्थलाई बजेट आउन हप्तादिन अघि नै सुझाब दिएका थियौं ।’ मन्त्रालयका अनुसार सो सम्बन्धमा उच्चस्तरिय छलफलहरु भइरहेको छ । बजेटमा घोषणा भएको भन्सार दर नै कायम हुन्छ वा पुनःसंरचना हुन्छ । जारी छलफलले निक्र्याैल गर्ने उपसचिव अधिकारीको भनाइ छ । अहिलेसम्म टुङ्गोमा भने पुग्न सकेको छैन । उनका अनुसार व्यापार घाटा घटाउन भन्सार दर बढाउनुभन्दा पनि त्यो बाहेकका डब्ल्युटीओकै मापदण्डमा रहेर अरु विभिन्न विकल्पहरु खोज्न सकिने छ । ‘व्यापार घाटालाई सम्बोधन गर्ने थुप्रै विकल्पहरु हुनसक्छन् । त्यो विषयमा पनि छलफल भइरहेको छ,’ उनले भने । यता राजश्वसचिव शिशीरकुमार ढुङानाले डब्ल्युटीओले भन्सार दरबन्दी घटाउन दवाव दिएको बताए । “दवावका बावजुद यो वर्ष पनि भन्सार दर बढाएका छौं” उनले भने “उद्योग सचिवज्यूले गाह्रो भो भनिरहनु भएको छ, जे होलाहोला भनेर यो पटक ४ वटा वस्तुको दर बढाएका छौं ।” डब्ल्युटीओमा भएको प्रावधानअनुसार नेपालले भन्सार दरवन्दी कम गर्दै लैजानु पर्ने छ । पछिल्लो समयमा सरकारले भन्सार शुल्क भन्दा पनि आन्तरिक राजश्वलाई बढी जोड दिएको छ । भन्सारबाट हुने राजश्व कम हुदै गएको छ । नेपालले विस्तारै भन्सार दरवन्दी शुन्यमा झार्ने तयारी गरेको छ ।
कुमारी बैंकको हकप्रद सेयर भर्ने अन्तिम दिन बिहीबार
काठमाडौं । कुमारी बैंकको हकप्रद निष्कासन बिहीबारसम्म मात्र हुने भएको छ । बैंकको हकप्रद निष्कासन बिहीबार बैंकिङ समयपछि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासन ३ दिन मात्र बाँकी रहेको छ । बैंकले चुक्तापुँजी बढाउन बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको हो ।बैंकले चुक्तापुँजी बढाउन २० प्रतिशत अर्थात १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयर निष्कासन बन्द जेठ ३१ गते हुने छ । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ ।
सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर असार १७ देखि, बैशाख ३० गतेसम्म कायम रहेकाले भर्न पाउने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले असार १७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ३५ प्रतिशत अर्थात २२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन साउन २० गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बैंशाख ३० गतेसम्म कायम रहेका सेयरधनी मात्र हकप्रद सेयरका लागि आवेदन दिन योग्य हुने भएका छन् । हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर ८६ करोड ५१ लाख रुपैयाँ पुग्ने छ । हाल सिद्धार्थको चुक्तापुँजी ६४ करोड १४ लाख रुपैयाँ छ ।
आरएसडीसी लघुवित्तले हकप्रद सेयर निष्कासन गर्दै, असार १७ देखि साउन २० सम्म खुला हुने
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन संस्थाले ५ कित्ता बराबर ३ कित्ता अनुपातमा २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असार १७ देखि साउन २० गतेसम्म खुला हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यलय रहेको आरएसडीसीको हकप्रद बाँडफाँडपछि चुक्तापुँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्ने छ । हाल संस्थाको चुक्तापुँजी ३५करोड ९९ लाख रुपैयाँ छ । संस्थामा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणको स्वामित्व रहेको छ । जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् ।
सिंगापुरमा दुई अतिवादको मिलन, कोरियाली प्रायदिपमा उत्साह
काठमाडौं । सिंगापुरको क्यापेल्ला होटलमा दुई अतिवाद अर्थात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनबीच भेट वार्ता भएको छ । लामो समयदेखि दुई कित्तामा उभिएर एक अर्का विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका ट्रम्प र उनबीचको वार्ताले कोरियाली प्रायदिपमा उत्साह थपिएको छ । दुई नेताबीच होटलको पुस्तकालयमा करिब ५० मिनेट वाट टु वान वार्ता भएको थियो । वान टु वान वार्तापछि ट्रम्प र उनले बरिष्ठ अधिकारीहरुका साथ सामुहिक छलफल गरिरहेका छन् । अमेरिकाले उत्तर कोरियाबाट विश्व शान्तिमा जोखिम रहेको आरोप लगाउँदै कोरियाली प्रायदिपमा सैन्य तैनाथीलाई बढाउँदै आएको थियो । उत्तर कोरियाले पनि अमेरिकाबाट आफ्ना नागरिकलाई खतरा रहेको आरोप लगाउँदै परमाणु बम परिक्षण गर्दै आएको थियो । उग्र दक्षिण पन्थी ट्रम्प र उग्र बामपन्थी उनबीचको भेटलाई विश्वभर चासोका रुपमा हेरिएको छ । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम निसस्त्रीकरण हुनुपर्नेमा जोड दिँदै आएको छ भने उत्तर कोरियाली आफु माथीको नाका बन्दी र सुरक्षा जोखिम हटाउनुपर्ने माग गर्दै आएको छ ।
एनएमबी बैंकको एफपीओ निष्कासन भोलिदेखि, ५७ हजार ७० कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । एनएमबी बैंकले भोलीदेखि थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले प्रमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ । एफपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २८ गतेसम्मलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । बैंकले इक्रा नेपाल लिमिटेडबाट आईपीओको ग्रेडी थ्री प्रमाणपत्र दिएको छ । बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । बैंकले आउदो ३ वर्षमा नाफा १५५ प्रतिशत बढाउने भएको छ । बैंकले थप निष्कासन (एफपीओ) ल्याउनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको तुलनामा नाफा १५५ प्रतिशत बढाएर ३ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको हो । बैंकले चालु आर्थिक वर्षमा खुदनाफा बढाएर २ अर्ब ३२ करोड ७६ लाख, आगामी आर्थिक वर्षमा ३ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुर्याउने जानकारी दिएको छ । नाफामा बढोत्तरी ल्याउन बैंकले ३ वर्षमा ब्याज आम्दानी बढाएर १४ अर्ब ३८ करोड रुपैयाँ पुर्याउने भएको छ । चालु आवमा ब्याज आम्दानी ९ अर्ब ४९ करोड ४५ लाख, आगामी वर्ष ११ अर्ब ५२ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ । चालु आवमा बढाएर ईपीएस २९ रुपैयाँ १० पैसा र आगामी वर्ष ३८ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान बैंकको छ ।
मुलुकमा अझै पूँजी अभाव, वार्षिक १० खर्ब लगानी गर्न निजी क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आग्रह
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई वार्षिक १० खर्ब बढी लगानी गर्न आग्रह गरे । कुल लगानीको दुई तिहाई अर्थात १० खर्ब रूपैयाँभन्दाबढी लगानी निजी क्षेत्रले गर्नु पर्ने उनको जोड छ । त्यसको लागि निजी क्षेत्रले मुलुकबाहिरको निजी क्षेत्रसँग सहकार्य गर्नु पर्ने उनले बताए । ‘वाह्रयबाट लगानी भित्र्याउने तथा मुलुकमा लगानी गर्ने सम्बन्धमा आइए, एआइए, वन लगायतका जति पनि समस्याहरु छन् त्यसलाई हल गनेर्छौ’, उनले भने । उनको अनुसार आवश्यकताअनुसार नयाँ नियम बनाएर समेत आएका समस्या निवाकरण गर्नेमा सरकार प्रतिवद्ध छ । संस्थागत कम्पनी दर्तादेखि सञ्चालनसम्ममा सुधार गरिनेछ । मुलुकमा अहिले पूँजीको अभाव भएको भन्दै बाहिरबाट पूँजी नल्याइ आर्थिक वृद्धि नहुने उनको बुझाइ छ । रेमिटेन्स, ऋणले मुलुकको अर्थतन्त्र नधानिने भन्दै बैंकहरुलाई समेत बाह्रयबाट पूँजी भित्र्याउन अग्रह गरे । ‘अहिले बैंकहरुले अल्पकालिन ऋण लगानी गर्दै आएको छ,’ उनले भने ‘अब दिर्घकालीन प्रकृतिको ऋण लगनी गर्न जरुरी भइसकेको छ ।’ उनले बैकिङ क्षेत्रबाट ३ देखि साढे ३ खर्ब रूपैयाँसम्म वार्षिक लगानी गरिनु पर्ने बताए । बैंकहरुलाई त्यसतर्फ अघि बढ्न सुझाब दिए । उनले निजी क्षेत्रको प्रत्यक्ष लगानीलाई बढी जोड दिए । लगानी वोर्डको उपाध्यक्षको जिम्मेवारी समेत आफ्नो काधमा आएको भन्दै उनले लागानी बोर्डमार्फत अत्यन्त धेरै लगानी भित्र्उनका लागि औपचारिक/अनौपचारिक रुपमा निजी क्षेत्रसँग यथेष्ट छलफल गर्ने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बजेट २०७५/७६ को बजेटपछिको अन्तरक्रियामा उनले सरकारले ल्याएको बजेट लगायत नीति तथा कार्यक्रमहरुलार्ई कार्यान्वयन गर्न निजी क्षेत्रको सहयोग तथा सहकार्य अपरिहार्य हुने बताए । निजी क्षेत्रको सहयोगले सहजै मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने उनको भनाइ छ । त्यस्तै कार्यक्रममा महासंघ अन्तर्गतका वस्तुगत विभिन्न संघका प्रमुख तथा उद्योगीहरुले भन्सार वृद्धि, सकारी अनुदान, व्यापार घाटा लगायत सम्बन्धमा प्रश्न तथा सुधार गर्नु पर्र्ने माग गरेका थिए । जवाफ दिदै अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङगानाले मुल्य अभिवृद्धि कर बाहेकमा सकारले सम्बोधन गर्ने बताए । यद्यपि कर प्रणालीमा भने सरकार कठोर भएको उनको भनाइ छ । ‘हामी बैकल्पिक उपायको माध्यमबाट निजी क्षेत्रलाई सम्बोधन गर्नेछौं,’ उनले भने ‘त्यसको लागि विभिन्न अनुदान, छुट, सहुलियत लगायतका कार्यक्रमहरु अघि सारेका छौं ।’ त्यतिहुदाहुदै मुल्य अभिवृद्धि करमा भने संवोधन गर्न सक्ने ठाउ नरहेको उनको भनाइ छ । अन्य देशहरुमा पनि यस्तै अभ्यास रहेको उनको भनाइ छ ।