आरएसडीसी लघुवित्तले हकप्रद सेयर निष्कासन गर्दै, असार १७ देखि साउन २० सम्म खुला हुने

<p>काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  चुक्तापुँजी बढाउन संस्थाले ५ कित्ता बराबर ३ कित्ता अनुपातमा २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असार १७ देखि साउन २० गतेसम्म खुला हुने निष्कासन [&hellip;]</p>

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  चुक्तापुँजी बढाउन संस्थाले ५ कित्ता बराबर ३ कित्ता अनुपातमा २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन असार १७ देखि साउन २० गतेसम्म खुला हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यलय रहेको आरएसडीसीको हकप्रद बाँडफाँडपछि चुक्तापुँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्ने छ । हाल संस्थाको चुक्तापुँजी ३५करोड ९९ लाख रुपैयाँ छ ।

संस्थामा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणको स्वामित्व रहेको छ । जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् ।

 

Share News