कुमारी बैंकको हकप्रद सेयर भर्ने अन्तिम दिन बिहीबार

<p>काठमाडौं । कुमारी बैंकको हकप्रद निष्कासन बिहीबारसम्म मात्र हुने भएको छ । बैंकको हकप्रद निष्कासन बिहीबार बैंकिङ समयपछि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासन ३ दिन मात्र बाँकी रहेको छ । बैंकले चुक्तापुँजी बढाउन बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको हो ।बैंकले चुक्तापुँजी बढाउन २० [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकको हकप्रद निष्कासन बिहीबारसम्म मात्र हुने भएको छ । बैंकको हकप्रद निष्कासन बिहीबार बैंकिङ समयपछि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासन ३ दिन मात्र बाँकी रहेको छ ।

बैंकले चुक्तापुँजी बढाउन बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको हो ।बैंकले चुक्तापुँजी बढाउन २० प्रतिशत अर्थात १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्कासन बन्द जेठ ३१ गते हुने छ । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ ।

Share News