बैंकबीच ब्याजदर बढाउन प्रतिस्पर्धा, सेञ्चुरी कर्मर्शियल बैंकले साढे १२ प्रतिशत दिने
काठमाडौं । वाणिज्य बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १२.५ प्रतिशत पुर्याएका छन् । बैंकहरुबीच निक्षेपको ब्याजदर नबढाउन भद्र सहमति तेडिएपछि धमाधम बढ्न थालेको हो । बैंकहरुले ब्याजदर बढाउन तछाडमछाड सुरु गरेका छन् । सोमबार एनआईसी एसिया बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको भोलीपल्ट सिभिल बैंकले १२.२२ र मंगलबार सेञ्चुरी कर्मर्शियल बैंकले बढाएर साढे १२ प्रतिशत पुर्याएको छ । आर्थिक वर्ष सकिन अब १ महिना मात्र बाँकी भएकाले भएको निक्षेप बढाउन धमाधम ब्याजदरमा वृद्धि गर्न थालेका हुन् । सेञ्चुरीले ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक १२.५ प्रतिशत ब्याज दिने गरी नयाँ योजना ल्याएको छ । यसबाट वाणिज्य बैंकहरु निक्षेप बढाउन फेरी प्रतिस्पर्धामा उत्रिएका छन् । बैंकहरुले निक्षेप बढाउन मुद्धतिको ब्याजदरमा वृद्धि गर्न थालेका छन् । यसअघि बैंकबीच साधारण वचतमा ८ र मुद्धति निक्षेपमा अधिकतम ११ प्रतिशतसम्म ब्याज दिने सहमति गरेका थिए । ब्याजदर वृद्धिबाट संस्थागत र व्यक्तिगत निक्षेपकर्तालाई फाइदा हुन्छ भने बैंकको ऋण लिने उद्योगी व्यवसायी मारमा पर्नेछन् । यसले मूल्य बढाउने छ । ब्याजदर बढेकाले थप जोखिम बढ्न थालेको पुर्वबैंकर अनलराज भट्टराईले बताए । मौद्रीक नीति तर्जुमाका लागि नेपाल राष्ट्र बैंकले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै बैंकबीच ब्याजदर बढाउन होडबाजी सुरु भएको र यसले वित्तीय स्थिायित्वमा समस्या ल्याउने भन्दै यसको विषयमा गम्भीर हुन राष्ट्र बैंकलाई सुझाए । उनले बैंकको आधार ब्याजदर ९ बाट बढेर १०.९४ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत पनि बढेर औसत ६.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
चार कम्पनीको २ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद
काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाको कुल २ करोड ३ लाख ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन विभिन्न कम्पनीको हकप्रद र बोनस गरी सो मात्राको सेयर थपिएका हुन् । सो मध्ये प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद र बोनस गरी कुल एक करोड १७ लाख सेयर सूचिकृत भएको छ । कम्पनीको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० कित्ता बोनस गरी सो मात्राको सेयर सूचिकृत भएको हो । त्यस्तै, सिद्धार्थ बैंकको ६८ लाख २६ हजार ११७ कित्ता र वेष्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार कित्ता सेयर सूचिकृत भएका छन् । त्यसैगरी, मल्टीप्रपोज फाइनान्स कम्पनीको एक लाख ६४ हजार ७३६ कित्ता बोनस नेपाल स्टक एक्स्चेञ्जमा थपिएको छ ।
नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं । मंगलबारको सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । दिनभरको बजारमा उतारचढाव देखिएको छ । कारोबार खुलेको केही समयसम्म ओरालो लागेको बजार करिब १ बजेदेखि उकालो लागेको थियो । त्यसपछि करिब पौने ३ बजे बढेर १२४४ अंकमा पुगेको परिसूचक पछि पुनः ओरालो लागेको छ । अन्ततः सेयर बजार सामान्य १.९३ अंकले घटेर १२३९ अंकमा झरेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन १६० कम्पनीको २९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार बीमा, फाइनान्स र उत्पादनमूलक समूहबाहेक सबैसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूह १४ अंकले घटेको छ ।
ब्राजिलको मार्क्सवादी स्कुलको अध्ययन गरेर फर्किए माधव नेपाल र नारायणकाजी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिलको मार्क्सवादी स्कुलको अध्ययन भ्रमण सम्पन्न गरेर नेपाल फर्किएका छन् । उनीहरुले ब्राजिलमा रहेको फ्लोस्र्टन फर्नाण्डेज नेशनल स्कुलका अवलोकन भ्रमण गरेका थिए । त्यहाँ बरिष्ठ नेता नेपाल र श्रेष्ठले नेपालको मार्क्सवादी आन्दोलनबारे प्रशिक्षण समेत दिएका थिए । नेकपाले नेपालमा पनि मदन भण्डारी एसियन स्कुल सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसकै तयारीका लागि नेता नेपाल र श्रेष्ठले ब्राजिलको १० दिन लामो भ्रमण गरेका थिए । ब्राजिलमा सञ्चालित मार्क्सवादी स्कुलबाट पाठ सिकेर नेपालमा एसियनस्तरको मार्क्सवादी स्कुल सञ्चालन गर्न लागिएको हो ।
अल्फबिटा कन्सलटेन्सीद्धारा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्तदान
काठमाडौं । अल्फाबिटा कन्सलटेन्सीले रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । मंगलबार विहान १० देखी दिउँसाे २ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । नेपालमा पनि रगतको अभावमा ज्यान गुमाउनेको अवस्थालाई मध्यनजर गर्दै आज अल्फाबिटा कम्पेक्समा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कन्सलटेन्सीले समाज सेवालाई पनि प्राथमिकतामा राख्दै उक्त कार्यक्रम गरेको हो । हाल यस कन्सलटेन्सीले विद्यार्थीलाई विदेश अध्ययनका लागि सेवा प्रदान गरिरहेको छ ।
तत्कालै १२ अर्ब तरलता थपिने, सरकारी संस्थानहरुको खाता अब बाणिज्य बैंकमा मात्रै
काठमाडौं । नेपाल राष्ट्र बैंकमा रहेका सरकारी संस्थानहरुको खाता बन्द हुने भएको छ । राष्ट्र बैंकले सरकारी संस्थानहरुको खाता बन्द गरेर बाणिज्य बैंकमा सार्न सकिने व्यवस्था गरेको हो । अब सबै सरकारी संस्थानहरुले बाणिज्य बैंकहरुमा मात्रै खाता खोल्नुपर्नेछ । केन्द्रिय बैंकको यस्तो निर्णयले तत्कालै १२ अर्ब तरलता थपिने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने । हाल कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, खाद्य संस्थान, नेपाल विद्युत प्राधिकरण लगायतका दर्जनौं सरकारी संस्थानहरुको राष्ट्र बैंकमा चालु खाता छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाका वित्तिय तथ्यांक अनुसार सरकारी संस्थानहरुको ११ अर्ब ३३ करोड ४९ लाख ५० हजार रुपैंयाँ केन्द्रिय बैंकको चालु खातामा रहेको थियो । सरकारी संस्थानको खाता बन्द गर्दै राष्ट्र बैंक, बाणिज्य बैंकहरुलाई तत्कालै ११ अर्ब ३३ करोडको राहत केन्द्रिय बैंकमा खोलिएको चालु खातामा राखिएको रकमलाई सरकारी संस्थानहरुले चालु खर्चका लागि उपयोग गर्दै आएका छन् । केन्द्रिय बैंकको खातामा राखिएको रकमबाट ती निकायहरुले ब्याज पाउँदैनन् । संस्थानहरुले निक्षेपको ब्याज पनि पाउने र बजारमा तरलता अभावको समस्या पनि हट्ने भन्दै राष्ट्र बैंकले सो योजना अघि सारेको हो ।
किम जोङ उन साह्रै प्रतिभाशाली छन् र आफ्नो देशको माया गर्छनः डोनाल्ड ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन प्रतिभाशाली भएको र आफ्नो देशको साह्रै माया गर्ने बताएका छन् । भेटपछि आयोजीत पत्रकार सम्मेलनमा ट्रम्पले भने–किम साह्रै प्रतिभाशाली छन् र आफ्नो देशलाई धेरै माया गर्छन् । ट्रम्पले कोरिया प्रायदिप र उत्तर कोरियासँगको आफ्नो पुरानो सम्बन्धमा धेरै परिवर्तन आएको दावी समेत गरेका थिए । ट्रम्पले उन र आफुबीच घनिष्ट सम्बन्ध स्थापीत भएको जिकिर समेत गरेका थिए । पत्रकार सम्मेलनमा उत्तर कोरियाली सर्वाेच्च नेता उनले अब विश्वले ठूलो परिवर्तनको महशुस गर्ने बताएका थिए । पत्रकारले के उत्तर कोरियाको परमाणु कार्यक्रम रद्ध हुन्छ भन्ने प्रश्न गर्दा उनले कुनै प्रतिक्रिया जनाएनन् । बरु ट्रम्पले सबै कुरा राम्रो ढंगले अघि बढिरहेको धारणा राखेका थिए । वान टु वान छलफल, द्धिपक्षिय वार्ता तथा संयुक्त पत्रकार सम्मेलनपछि दुई बीच केहि बुँदे सम्झौतामा हस्ताक्षर समेत भएको छ । तर के बिषयमा सम्झौता भएको हो भन्नेबारे चाँही हालसम्म केहि पनि खुलाइएको छैन् ।
सेञ्चुरी बैंकको मुद्दती ब्याजदरमा वृद्धि, वार्षिक १२.५ प्रतिशत दिने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत ब्याजदर दिने भएको छ । साथै, बैंकले ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँ योजना ल्याएको छ ।