काठमाडौं । सिंगापुरको क्यापेल्ला होटलमा दुई अतिवाद अर्थात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनबीच भेट वार्ता भएको छ । लामो समयदेखि दुई कित्तामा उभिएर एक अर्का विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका ट्रम्प र उनबीचको वार्ताले कोरियाली प्रायदिपमा उत्साह थपिएको छ ।

दुई नेताबीच होटलको पुस्तकालयमा करिब ५० मिनेट वाट टु वान वार्ता भएको थियो । वान टु वान वार्तापछि ट्रम्प र उनले बरिष्ठ अधिकारीहरुका साथ सामुहिक छलफल गरिरहेका छन् । अमेरिकाले उत्तर कोरियाबाट विश्व शान्तिमा जोखिम रहेको आरोप लगाउँदै कोरियाली प्रायदिपमा सैन्य तैनाथीलाई बढाउँदै आएको थियो । उत्तर कोरियाले पनि अमेरिकाबाट आफ्ना नागरिकलाई खतरा रहेको आरोप लगाउँदै परमाणु बम परिक्षण गर्दै आएको थियो ।
उग्र दक्षिण पन्थी ट्रम्प र उग्र बामपन्थी उनबीचको भेटलाई विश्वभर चासोका रुपमा हेरिएको छ । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम निसस्त्रीकरण हुनुपर्नेमा जोड दिँदै आएको छ भने उत्तर कोरियाली आफु माथीको नाका बन्दी र सुरक्षा जोखिम हटाउनुपर्ने माग गर्दै आएको छ ।